कोरोनाको कारण नेपालको पर्यटनमा साढे एक खर्ब क्षति हुन सक्ने, १३ लाख कर्मचारी प्रभावित
काठमाडौं । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा निकै असर परिरहेको छ । यो असर नेपाली अर्थतन्त्रमा पनि परेको छ । विशेष गरेर कोभिड १९ ले नेपालको पर्यटन क्षेत्रलाई चौपट बनाएको छ । नेपाल भ्रमण वर्ष २०२० सुरु भएकै समयमा यो भाइरस देखिनुले पनि नेपाली पर्यटन बजारमा यसको ठूलो धक्का लागेको बताइएको छ । नेपाल सरकारले कोरोना भाइरसको कारण नेपालको पर्यटनमा करिब १ खर्ब ६० अर्ब क्षति हुने बताएका छन् । कोरोनाको असरबाट पर्यटन क्षेत्रमा करिब १ खर्ब ६० अर्ब क्षति हुने अनुमान गरिएको नेपाल पर्यटन बोर्डका पुर्व कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले बताए । पर्यटन क्षेत्रमा १३ लाख जनशक्तीलाई समेत असर गरेको जोशीले बताए । सरकारले सन् २०२२ सम्मको गुरु योजना बनाएर पर्यटन क्षेत्रको पुनर्उत्थान गर्न आवश्यक रहेको जोशीको भनाइ छ । ‘मन्त्रालयले नीतिगत परिवर्तन गरेर नयाँ संयन्त्र बनाउन आवश्यक छ, यो एउटा नयाँपन ल्याउने ठूलो अवसर पनि हो,’ उनले भने । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको असर र आगामी बाटो’ विषयको भिडियो अन्र्त्क्रियामा उनले सो कूरा बताएका हन् । यकिन तथ्याकं संकलन गरेर विशेष योजना बनाइनेः मन्त्री भट्टराई संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटनको पुनर्उत्थानका लागि विशेष तथ्याकं संकलन गर्ेर अगाडि बढ्ने बताएका छन् । ‘यो महाब्याधी नियन्त्रणका बारेमा अहिलेनै भन्न सकिने अवस्था छैन, संक्रमण रोकिएपनि वाह्य पर्यटक आउने सम्भावना कम छ,’ उनले भने, ‘त्यसैले नेपालको पर्यटन क्षेत्र भाइब्रेन्ट बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ ।’ उनले पर्यटन क्षेत्रको वित्तिय संकट समाधानका लागि अर्थमन्त्रालयसँग छलफल गरेको बताए । मन्त्री भट्टराईले होटल लगायतका क्षेत्रमा कार्यरत जनशक्तिलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको समेत बताए । उनका अनुसार ती जनशक्तिलाई हिमाल सरसफाई, साइनेजिङ, फुट ट्रेल निर्माणमा लगाउन सकिनेछ । सन् २०१९ मा पर्यटन क्षेत्रबाट डलर आम्दानी ६७ अर्ब रुपैयाँ भएको उल्लेख गर्दै मन्त्री भट्टराईले सन् २०२० का सबै योजना स्थगित भएकोले नयाँ ढंगले अगाडी बढ्ने समेत बताए । मन्त्री भट्टराइले नेपालको पर्यटन क्षेत्रमा कति लगानी भन्ने विषयमा समेत अहिलेसम्म खास तथ्यांक नरहेकोले अहिले तथ्यांक संकलनसंगै क्षतिको विवरण संकलनको काम भइरहेको समेत बताए । ‘तथ्यांकको संकलन पर्यटन क्षेत्रमा लगानी कति छ? बैंकहरुको लगानी कति छ ? श्रमिक कति छन् र क्षति के कति हो भन्ने आउछ,’ मन्त्री भट्टराईले भने । तथ्यांक आएपछि सरकारले लगानीकर्ता र श्रमिकमा विषयमा खास कदम चाल्ने समेत छलफलमा जानकारी दिएका छन् ।
पर्यटन मन्त्री भन्छन्: सबै कर्मचारीलाई एक महिना बिदा दिउँ र घुम्न पठाउँ
काठमाडौं । कोरोनाका कारण धरासायी भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले वार्षिक एक महिना पर्यटन बिदा दिने योजना बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना विदा दिने गरि योजना बनाइरहेको जानकारी दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको असर र आगामी बाटो’ विषयको भिडियो अन्र्तक्रियामा मन्त्री भट्टराईले पर्यटनको पुनर्उत्थानमा सरकार र निजी क्षेत्र मिलेर अगाडी बढ्ने बताएका हुन् । ‘यो महाब्याधी नियन्त्रणका बारेमा अहिलेनै भन्न सकिने अवस्था छैन, संक्रमण रोकिएपनि वाह्य पर्यटक आउने सम्भावना कम छ,’ उनले भने, ‘त्यसैले नेपालको पर्यटन क्षेत्र भाइब्रेन्ट बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ ।’ उनले पर्यटन क्षेत्रको वित्तिय संकट समाधानका लागि अर्थमन्त्रालयसँग छलफल गरेको बताए । मन्त्री भट्टराईले होटल लगायतका क्षेत्रमा कार्यरत जनशक्तिलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको समेत बताए । उनका अनुसार ती जनशक्तिलाई हिमाल सरसफाई, साइनेजिङ, फुट ट्रेल निर्माणमा लगाउन सकिनेछ । सन् २०१९ मा पर्यटन क्षेत्रबाट डलर आम्दानी ६७ अर्ब रुपैयाँ भएको उल्लेख गर्दै मन्त्री भट्टराईले सन् २०२० का सबै योजना स्थगित भएकोले नयाँ ढंगले अगाडी बढ्ने समेत बताए । मन्त्री भट्टराइले नेपालको पर्यटन क्षेत्रमा कति लगानी भन्ने विषयमा समेत अहिलेसम्म खास तथ्यांक नरहेकोले अहिले तथ्यांक संकलनसंगै क्षतिको विवरण संकलनको काम भइरहेको समेत बताए । ‘तथ्यांकको संकलन पर्यटन क्षेत्रमा लगानी कति छ रु बैंकहरुको लगानी कति छ रु श्रमिक कति छन् र क्षति के कति हो भन्ने आउछ,’ मन्त्री भट्टराईले भने । तथ्यांक आएपछि सरकारले लगानीकर्ता र श्रमिकमा विषयमा खास कदम चाल्ने समेत छलफलमा जानकारी दिएका छन् । नेपालको पर्यटन क्षेत्रमा कोरोनाको असरबाट पर्यटन क्षेत्रमा करिब १ खर्ब ६० अर्ब क्षति हुने अनुमान गरिएको नेपाल पर्यटन बोर्डका पुर्व कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले बताए । पर्यटन क्षेत्रमा १३ लाख जनशक्तीलाई समेत असर गरेको जोशीले बताए । सरकारले सन् २०२२ सम्मको गुरु योजना बनाएर पर्यटन क्षेत्रको पुनर्उत्थान गर्न आवश्यक रहेको जोशीले बताए । ‘मन्त्रालयले नीतिगत परिवर्तन गरेर नयाँ संयन्त्र बनाउन आवश्यक छ’, उनले भने- ‘यो एउटा नयाँपन ल्याउने ठूलो अवसर पनि हो ।’ सरकारले यो अवस्थामा मुलुकको हरेक क्षेत्रमा सुरक्षा अवलम्बनका लागि म्यानुअल संयन्त्र बनाउन आवश्यक रहेको जोशीले बताए । सरकार र निजी क्षेत्रको सहकार्यमा सन् २०२० मा पर्यटन उद्योगलाई बचाउने, सन् २०२१ मा पुर्नउत्थान गर्ने र सन् २०२२ मा पूर्ण रुपमा पर्यटकीय गतिविधि विस्तार गर्ने रणनीति लिनुपर्ने उनले बताए । जोशीले साना उद्योगी र श्रमिक बचाउने खालको प्याकेज समेत सरकारले ल्याउनुपर्ने बताए । होटल संघ नेपालका द्धितिय उपाध्यक्ष प्रविण पाण्डेले पर्यटन उद्योग बचाउन निजी क्षेत्रले जम्मा गरेको सामाजिक सुरक्षा कोष प्रयोगमा ल्याउनुपर्ने बताए । ‘अब लकडाउन खुलिहालेपनि विदेशी पर्यटक आउने सम्भावना कम छ । हवाई यात्रामा पनि सामाजिक दुरी कायम गर्दा भाडा महँगो हुने भएकाले पर्यटक घुमफिरको सम्भावना कम देखिन्छ,’ उनले भने- ‘अब विकल्प भनेकै आन्तरिक पर्यटन हो ।’ उनले श्रमिकको तलव खुवाउन होटल व्यवसायीलाई समस्या पर्ने भएकोले त्यसतर्फ ध्यान सवैको जानुपर्ने बताए । अव सरकारले नयाँ बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग कसरी गर्ने र धेरै भन्दा धेरै पर्यटक भित्र्याउने विषयमा केन्द्रित हुनुपर्ने बताए । ‘सरकार र निजी क्षेत्र मिलेर ३ वर्ष पर्यटनको पुर्नउत्थान गर्नेमा केन्द्रित हुन आवस्यक छ,’ पाण्डेले भने । सरकारले रिफाइनान्स र सस्तो ब्वाजको व्यवस्था गर्न समेत पाण्डेले सुझाव दिएका छन् ।
११० रुसी नागरिक बोकेर फर्कियो रोयल फ्लाइट, अमेरिकी जहाज भाेलि आउँदै
काठमाडाैं । रोयल फ्लाइट एयरलाइन्सले ११० रुसी नागरिक बोकेर गन्तव्यतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुसी नागरिक लिएर रोयल फ्लाइटको चार्टर्ड जहाज रसिया उडेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । रसियाको जोइन्ट स्टक कम्पनीद्वारा सञ्चालित चार्टर वायुसेवा कम्पनी रोयल फ्लाइट रुसी नागरिक लिन आज बिहान काठमाडौं आएको थियो । लकडाउनका कारण नेपालमा रोकिएका नागरिक लैजान उक्त जहाजले चार्टर्ड उडान भरेको हो । नेपालस्थित रुसी दूतावासको पहलमा रसियाले आफ्ना नागरिक जहाज चार्टर्ड गरी स्वदेश फर्काएको जनाइएको छ । यसैबीच नेपालमा रोकिएका आफ्ना नागरिक लैजान अमेरिकाले मङ्गलबार काठमाडौंमा जहाज पठाउने भएको छ । अमेरिकी जहाज भोलि बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी अमेरिकन नागरिकलाई लिएर फर्किने विमानस्थलले जनाएको छ । यसअघि अमेरिकाले कतार एयरवेजको जहाज चार्टर्ड गरी आफ्ना नागरिक लगेको थियो । यो पटक भने अमेरिकाले आफ्नै जहाज पठाउन लागेको जनाइएको छ । तर कुन कम्पनीको जहाज आउने भने विमानस्थलले खुलाएको छैन । रासस