श्री एयरलाइन्‍सले पायाे एसिया क्षेत्रमा कार्गो उडानको अनुमति, बिहिबार सिंगापुरका लागि उड्ने

<p>काठमाडौँ । निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलायन्सले एसिया क्षेत्रमा कार्गो उडानको अनुमति पाएको छ ।एयरलायन्सले पूर्वी एसिया, दक्षिण एसिया र मध्यपूर्वी क्षेत्रमा कार्गो उडानको अनुमति पाएको हाे । नागरिक उड्डयन प्राधिकरणले श्री एयरलायन्सका दुइटा बमबार्डियर सीआरजे–२०० र दुइटा बमबार्डियर सीआरजे–७०० विमानलाई यी क्षेत्रका कुनै पनि मुलुकबाट कार्गो बोक्न पाउने अनुमति आइतबार दिएको बताइएकाे छ । [&hellip;]</p>

काठमाडौँ । निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलायन्सले एसिया क्षेत्रमा कार्गो उडानको अनुमति पाएको छ ।एयरलायन्सले पूर्वी एसिया, दक्षिण एसिया र मध्यपूर्वी क्षेत्रमा कार्गो उडानको अनुमति पाएको हाे ।

नागरिक उड्डयन प्राधिकरणले श्री एयरलायन्सका दुइटा बमबार्डियर सीआरजे–२०० र दुइटा बमबार्डियर सीआरजे–७०० विमानलाई यी क्षेत्रका कुनै पनि मुलुकबाट कार्गो बोक्न पाउने अनुमति आइतबार दिएको बताइएकाे छ ।

अब श्रीले यी ठाउँका जुनसुकै ठाउँमा पनि जान पाउने छ । यो अनुमति पाएसँगै एयरलाइन्सको एउटा सीआरजे विमान बिहीबार सिंगापुर जाने श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले बताए  ।

उनले नेपालबाट सिंगापुरसम्म उड्दा ७ वटा मुलुकहरुको आकाशको रुट अनुमति लिनुपर्ने भएकाेले जहाज ल्याण्डिङका लागि अनुमति पाउन बाँकी रहेकाे बताए । यसकाे बुधबार साँझसम्म नै अनुमति पाउन सक्ने उनकाे भनाइ छ ।

 

 

 

Share News