यात्रुको रोजाईमा बुद्ध एयर, बनायो नयाँ रेकर्ड, थप्यो अर्काे जहाज

काठमाडौं । आन्तरिक वायुसेवामा सबैभन्दा ठूलो बजार हिस्सा ओगेटेको बुद्ध एयर यात्रुहरुको रोजाईमा पर्दै गएको छ । हालसम्म सबै एयरलाइन्सभन्दा बढी यात्रु बोकेर बजारको हिस्सा बढाउँदै गएको बुद्ध एयरले हिजो आफ्नै रेकर्ड तोडेको छ । हिजो मात्रै बुद्ध एयरले हालसम्मकै उच्च यात्रुहरु बोकेको छ । बुद्ध एयरका अनुसार हिजो आइतबार ६ हजार यात्रुले बुद्ध एयरको यात्रा गरेका छन् । जुन बुद्ध एयरको इतिहासमा हालसम्मकै उच्च हो । बढी यात्रु बोक्ने, जहाज संख्या धेरै भएको र सुगम गन्तव्यमा ठूला जहाजबाट उडान गर्ने यो वायुसेवाले वर्षेनी अग्रणी बजार हिस्सा ओगेट्दै आएको छ । अन्य वायुसेवा कम्पनीभन्दा बढी जहाज भएको, यात्रु बढी बोक्ने हवाई कम्पनीका रुपमा परिचित बुद्धले वर्षौंदेखिको आफ्नो रेकर्ड हिजो तोड्न सफल भएको हो । बुद्ध एयरका मार्केटिङ हेड रुपेश जोशी अनुसार हालसम्म दैनिक ६ हजार यात्रुले बुद्ध एयरको यात्रा गरेका थिएनन् । ‘हिजो मात्रै ६ हजार जनाले बुद्ध एयरको सेवा लिए, जुन हाम्रो इतिहासमा सबैभन्दा बढी हो, अझै हाम्रो बजार बढ्छ,’ जोशीले भने । उनले नयाँ जहाज पनि थपेको बताए । उनका अनुसार नयाँ जहाजको आगमन सँगै बुद्ध एयरमा यात्रा गर्नेहरुहरुको संख्या पनि बढेका हुन् । अब बुद्ध एयरसँग ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज हुने जोशीको भनाई छ । उनका अनुसार अब बुद्ध एयरको दैनिक एक सयभन्दा बढी उडान हुनेछन् । ‘हामीले पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर, नेपालगञ्ज, धनगढीका लागि दैनिक ४ उडान भर्नेर्छौं, अरु ठाउँ भने यात्रुको चाप हेरेर उडान विस्तार गर्नेछौं,’ उनले भने । हाल बुद्ध एयरले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेको हवाई सेवा क्षेत्र विस्तारै चलायमान हुन थालेको उनको भनाई छ । उनले बुद्ध एयरले दैनिक सय उडान तथा अवतरण गर्ने गरी तालिकासमेत बनाइसकेको पनि बताए ।

साढे ९ करोड रुपैयाँ बक्यौता तिर्न ११ हवाई कम्पनीलाई क्यानकाे ताकेता, नेकोनले मात्रै ४ करोड तिर्नु पर्ने

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले विभिन्न ११ वटा हवाई सेवा कम्पनीहरुबाट साढे ९ करोड रुपैयाँ बक्यौता उठाउने भएको छ । प्राधिकरणले विभिन्न ११ वटा हवाई सेवा सञ्चालक कम्पनीहरुबाट ९ करोड ६८ लाख ७४ हजार रुपैयाँ बक्यौता असुल गर्नको लागिसूचना नै जारी गरिसकेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै ३० दिन भित्र सो बक्यौता तिर्न ताकेता गरेको हो । प्राधिकरणले सार्वजकि गरेको सूचनाका अनुसार नेकोन एयर, शिवानी एयर, अल्पाईन एयर, गोरखा एयर, कर्णाली एयर, माउण्टेन एयर, कस्मिक एयर, साँग्रिला एयर, स्काईलाईन एयर, एयर काष्टमण्डप र नेपाल एयरवेजलाई बक्यौता तिर्नु पर्ने भएको हो । तर, हाल ती हवाई कम्पनीहरु सञ्चालनमा छैनन् । सूचनामा सबैभन्दा बढी अर्थात ४ करोड ७० लाख ६० हजार रुपैयाँ नेकोनले तिर्नु पर्ने भएको छ । यस्तै, शिवानीले ५५ लाख ५१ हजार, अल्पाईनले ७२ हजार, गोरखा एयरले २० लाख ३५ हजार, कर्णाली एयरले १७ लाख ४६ हजार, माउण्टेन एयरले १२ लाख ७३ हजार, कस्मिक एयरले ३ करोड ४७ लाख ५८ हजार, साँग्रिलाले १५ लाख ३७ हजार, स्काईलाईन एयरवेजले १५ लाख ५० हजार, एयर काष्टमण्डपले ७ लाख ३८ हजार र नेपाल एयरवेजले ५ लाख ५० हजार रुपैयाँ बक्यौता तिर्नु पर्ने भएको छ ।

४२ वर्षपछि फेवातालको बाँध मर्मत, पानी घटेपछि मरे माछा

पाेखरा । ड्यामसाइडस्थित फेवातालको बाँध जीर्ण भएपछि ४२ वर्षपछि मर्मतसम्भार हुन थालेको छ । विसं २०१८ मा बाँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो । शुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्रसङ्घको सहयोगमा पुनःनिर्माण गरिएको थियो । त्यसयता लामो समयसम्म बाँधमर्मत सम्भार हुन नसक्दा जीर्ण हुँदै गएकोले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले मर्मत गर्न लागेको हो । कार्यलय प्रमुख किरण आचार्यले भने, “२०३५ सालमा बाँधको संरचना निर्माणपछि हालसम्म ठूलो किसिमको मर्मत भएको थिएन, पहिला सङ्घले हेर्ने कार्यक्रम प्रदेश मातहतमा आएपछि यसप्रति चासो दिएर मर्मत गर्न लागिएको हो ।” उनका अनुसार ताल सिँचाइ प्रणालीका लागि रु दुई करोड बजेट विनियोजन गरिएको छ । एक करोड बाँध निर्माणको लागि र एक करोड नहरका लागि समुद्र सतहदेखि सात सय ९५।७ मिटरको उचाइमा रहेको बाँधको संरचना २० मिटर उचाइको छ । उक्त बाँधमा अहिले रबर सिल्ड र लन्चिङ एप्रोन राखेर मर्मत गरिनेछ । बाँध मर्मतको लागि हाल पानीको सतह एक मिटरको घटाइएको छ, प्राविधिकको सल्लाहअनुसार आवश्यकता हेरेर पानीको सतह घटाउँदै लगिने उनको भनाइ छ । पानी घटेपछि मरे माछा बाँध निर्माणका लागि बिना जानकारी फेवातालमा पानीको सतह घटाउँदा माछा मरेको जलारी समुदायले गुनासो गरेका छन् । हर्पन फेवा मत्स्त्य सहकारीका निवर्तमान अध्यक्ष ज्ञानबहादुर जलारीले समयमा सही सूचना नपाउँदा पिँजडामा पालेका माछा मरेको बताए । उनले भने,“हामीलाई जानकारी नदिइ बाँध निर्माण शुरु भयो, डेढ दुई मिटर पानीको सतह घट्यो । यसले माछाको बासस्थानलाई असर पा¥यो ।” उनका अनुसार खपौँदीमा ९२ जलारी परिवारले जीविको पार्जन गर्दै आएका छन् । रासस