क्यान इन्फोटेक मेला : सामग्रीमा ७० प्रतिशतसम्म छुट, यस्ता छन् मुख्य आकर्षण
काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बिहीबारदेखि ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ सुरु भएको छ । मेलाको आज दोस्रो दिन हो । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन भइरहेको मेला पाँच दिनसम्म चल्ने आयोजकले जनाएको छ । क्यान इन्फोटेकको यो ३०औं संस्करण हो । मेलामा विभिन्न कम्पनीले आफ्ना वस्तु तथा सेवाहरू प्रर्दशनमा राखेका छन् । मुख्य आकर्षण मेलामै राष्ट्रिय परिचयपत्र बनाउन सकिने क्यान इन्फोटेक मेलामा राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट सुविधा रहेको छ । यसका लागि अविवाहितको हकमा सक्कल नागरिता र विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र र नागरिता अनिवार्य गरिएको छ । यसपटकको मेलामा यो सुविधा राखिएको हुँदा अवलोकनकर्ताको आकर्षण परिचयपत्र बनाउने स्टलमा बढी देखिएको छ । प्रदर्शनीमा स्टार्ट–अप, रोबोटिक्स, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, इमर्जिङ टेक्नोलोजी, ई-गभर्नेन्स, इन्टरनेट कनेक्टिभिटी, लर्निङ सेन्टर, ट्रेनिङ इन्स्युट्युटदेखि बुक स्टल, कफी स्टललगायत सेवा तथा उत्पादन राखिएका छन् । अवलोकनकर्ताले नयाँ तथा पूराना प्रविधिको अवलोकन गर्न सक्नुका साथै विभिन्न वस्तुहरु छुट मूल्यमा किन्न पनि सक्ने सुविधा रहेको छ । छुट मूल्यमा सामान मेलामा विभिन्न कम्पनीले अवलोकनकर्तालाई आकर्षण गर्नका लागि आफ्ना कम्पनीका उत्पादन ३० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । विभिन्न कम्पनीले स्मार्टवाच, टिभी, ल्यापटप, प्रिन्टर, कम्प्युटरलगायतका सामानमा मेलाअविधभर ७० प्रतिशतसम्म छुट दिएको छ । मेलाअवधिभर पसलमै जाँदा पनि ३० देखि ७० प्रतिशत छुटमा ल्यापटप खरिद गर्न सकिने जनाइएको छ । त्यस्तै किकले एयर बर्ड र स्मार्टवाच खरिद गर्दा ७० प्रतिशतसम्म छुट दिएको छ । आकर्षक उपहार प्रदरशनीमा स्टल भिजिट अवलोकन गर्न आउनेका लागि कम्पनीले मनोरञ्जनात्मक खेल राखेका छन् । जसमा अवलोकनकर्ताले सहभागी भएर उपहार जित्न सक्नेछन् । स्टलअनुसार फरक–फरक उपहार जित्न सकिन्छ । जसमा कुनै स्टलमा सुनको सिक्का जित्न सकिने अवसर छ । कुनैमा रिचार्ज कार्ड, कुनैमा ब्लुटुथलगायत छन् । त्यसबाहेक कुनै पनि सामान खरिदमा डिस्काउन्ट अफरसमेत पाउने व्यवस्था छ । त्यस्तै, एउटा किन्दा अर्को फ्रि अफर पनि उपलब्ध रहेको छ । प्रर्दशनीमा राखिएकामध्ये केही स्टलहरू प्रर्दशनीमा डिजिटल एड्रेसिङ सिस्टम ‘कता हो’ को स्टल राखिएको छ । जुन नेपालको आफ्नै डिजिटल ठेगाना प्रणाली हो । देशभर जहाँसुकैको डिजिटल ठेगाना प्लेट तयार गर्न सकिने ग्रिडमा आधारित सप्टवेयर तथा मोबाइल एप्लिकेशन हो । नेपाली शब्दमार्फत सजिलै सम्झन र बोलेर सेयर गर्न सकिने देशभरको जुनसुकै स्थानको डिजिटल ठेगाना तयार गर्न सकिने नवीनतम प्रविधि ‘कता हो’ हो । यो एप निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । प्रदर्शनीमा भोला फुड्सको पनि स्टल देख्न सकिन्छ । जसले विभिन्न स्कुल, अफिसलाई खाजा डेलिभरी गर्दै आएको छ । त्यस्तै, भोला फुड्अन्तर्गतकै कौशला तालिम घरले एक दिने बरिस्टा तालिम कोर्ष १५ सय रुपैयाँमा सञ्चालन गरिने अफर ल्याएको छ । त्यसैगरी, प्रर्दशनीमा कोइली मर्चेन्ट क्युआरको स्टल अवलोकन गर्न सकिने छ । विभिन्न होटल रेष्टुरेन्टमा क्युआर कोडमार्फत बिल तिर्दा भ्वाइस नोटिफिकेसनको विशेषता यसमा रहेको छ । यो सेवा लिनका लागि नजिकैको खाता भएको बैंकमा गएर बुझ्न सक्नेछन् । त्यस्तै, प्रदर्शनीमा बुक स्टलसमेत रहेको छ । किताब पढ्ने अवलोकनकर्ताले डिस्काउन्ट अफरमा किताब किन्न सक्छन् । प्रदर्शनीमा राइड सेयरिङ एप ‘टुटल’को पनि स्टल देख्न सकिन्छ । त्यस्तै, रोबटिक्स एशोसिएन नेपालले आफ्नो नवीनतम उत्पादन स्टल प्रदर्शनमा राखिएको छ । ग्रिन लाइफ एक्सपिरेन्सको स्टलमा छुटसहितको एयरबर्ड, वाचलगायतका उत्पादन अवलोकन गर्नुका साथै खरिद गर्न सकिने सुविधा छ । त्यसबाहेक प्रर्दशनीमा नेपाल क्यान मुभको स्टल भिजिट गर्न सकिन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा कुरिअर सेवा उपलब्ध गराउँदै आएको उक्त कम्पनीको बारेमा त्यहाँ गएर थप बुझ्न सकिन्छ । ३०औं क्यान इन्फोटेकको प्रमुख प्रायोजनमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजन मर्कन्टाइल अफिस सिस्टम रहेका छन् । त्यस्तै, गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालि (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रालि र अनलिमिटेड टेक्नोलोजी प्रालि (ज्याप) रहेका छन् । प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स प्रालि, एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि, डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि (कताहो) र इनर्जी पार्टनरमा एग्जिबिशन लाइट हाउस रहेका छन् ।
अमेजनले यो वर्ष एआईमा १०० अर्ब डलर खर्च गर्ने
काठमाडौं । अमेजनले सन् २०२५ मा कृत्रिम बौद्धिकता (एआई) मा १०० बिलियन डलर खर्च गर्ने भएको छ । अमेजनले आफ्नो पूँजीगत खर्च बढाएर १०० अर्ब डलर पुर्याउने योजना सार्वजनिक गरेको हो । कम्पनीले २०२४ मा करिब ८३ अर्ब डलर खर्च गरेको थियो, जुन यस वर्षको खर्चभन्दा कम थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी जसीका अनुसार २०२५ मा लगानी मुख्य रूपमा जेनेरेटिभ एआईको वृद्धिले सहयोग गर्नेछ । डेटा सेन्टर र एआई उत्पादनहरूमा व्यापक लगानी अमेजन अहिले डेटा सेन्टर, नेटवर्क उपकरण र हार्डवेयरमा ठूलो लगानी गर्दैछ, ताकि जेनेरेटिभ एआईको बढ्दो मागलाई पूरा गर्न सकियोस । ओपनएआईको च्याटजीपीटी लन्च भएपछि एआई क्षेत्रमा ठूलो क्रान्ति आएको छ, जसका कारण अमेजनले पनि एआईमा आफ्ना उत्पादनहरू ल्याएको हो । अमेजनका प्रमुख एआई उत्पादनहरू नोभा एआई मोडेलहरू ट्रेनियम चिप्स शपिङ च्याटबट थर्ड-पार्टी एआई मोडेलहरूको लागि ‘बेडरक’ मार्केटप्लेस अन्य कम्पनीहरू पनि एआईमा ठूलो लगानी गर्दै अमेजनमात्र नभई अन्य ठूला प्रविधि कम्पनीहरूले पनि एआई क्षेत्रमा अर्बौं डलर लगानी गरिरहेका छन् । गुगलको मूल कम्पनी अल्फाबेटले २०२५ मा ७५ अर्ब डलर लगानी गर्ने योजना बनाएको छ । यसैगरी, माइक्रोसफ्टले यो वर्ष ८० अर्ब खर्च गर्ने जनाइएको छ । नयाँ चिनियाँ प्रतिस्पर्धी डीपसीकको उदय चिनियाँ एआई स्टार्टअप डीपसीकको चमत्कारी विकासले एआई बजारलाई चुनौती दिएको छ । डीपसीकले मात्र दुई महिनामा र ६ मिलियनभित्रै ‘आर वान मोडेल’ विकास गरेको दाबी गरेको छ, जसले ओपन एआईको ‘ओ वान’ मोडेललाई चुनौती दिन सक्छ । यस घटनाले एनभीडीया र ब्रोडकमजस्ता चिप निर्माता कम्पनीहरूको संयुक्त बजार पूँजीकरणमा ८०० बिलियनको घाटा पुर्यायो । अमेजनले एआई बजारमा अग्रणी बन्नको लागि ठूलो जोखिम लिँदै छ । १०० अर्बको पूँजीगत खर्च गरी एडब्ल्यूएस, जेनेरेटिभ एआई र हार्डवेयर क्षेत्रमा लगानी गर्दैछ । हाल एआई क्षेत्रमा अन्य ठूला प्रविधि कम्पनीहरूको तीव्र प्रतिस्पर्धा छ । नयाँ चिनियाँ स्टार्टअपहरू कम लागतमा प्रतिस्पर्धी एआई मोडेलहरू ल्याइरहेकाले ठूला प्रविधि कम्पनीहरू दबाबमा छन् । अमेजनको यो विशाल लगानी दीर्घकालीन रूपमा सफल हुने वा असफल हुने भन्ने समयले नै देखाउनेछ । एकदिनमै विश्वको एआई उद्योग हल्लाउने डीपसीकका संस्थापक को हुन् ? कति छ उनको नेटवर्थ ? चिनियाँ एआई मोडल डीपसीकको फन्दामा अमेरिका, सामान्य पृष्ठभूमिका लियाङ ‘मास्टरमाइन्ड’ विश्वकै सबैभन्दा ठूलो डेटा सेन्टर बनाउँदै मुकेश अम्बानी
क्यान इन्फोटेक मेला आजदेखि सुरु
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को ३०औं संस्करणको क्यान इन्फोटेक मेला बिहीबारदेखि शुभारम्भ भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा कार्यक्रमको उद्घाटन गरेसँगै मेला सुरु भएको हो । कम्युटर एशोसिएसन नेपाल (क्यान) भृकुटीमण्डपमा आयोजना भएको मेला ३० औं सस्करण हो । आजदेखि सुरु भएको क्यान इन्फोटेक माघ २८ गतेसम्म चल्ने छ । क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनि राखिएको छ । ३०औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ । क्यान इन्फोटेक २०२५ को गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालि (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रालि र अनलिमिटेड टेक्नोलोजी प्रालि (ज्याप) रहेका छन् । प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रालि, एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि, डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि र इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस रहेका छन् ।