टिकटकको ‘सेफ्टी एम्बेसडर’ कार्यक्रम सम्पन्न, डिजिटल सुरक्षाबारे छलफल
काठमाडौं । टिकटकले आफ्नो सेफ्टी एम्बेसडर कार्यक्रमअन्तर्गत नेपालमा डिजिटल सुरक्षाको बारेमा चेतना जगाउन एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ओशिन सिटौला, पराक्रम राणा, मञ्जिता मानन्धर, सुशान्त प्रधान, राष्ट्र विमोचन तिमल्सेना र श्री पाण्डेलगायत सहितको प्यानल छलफल प्रस्तुत गरिएको थियो । प्यानलका सदस्यहरूले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगीहरू लगायतका डिजिटल सुरक्षाका विभिन्न पक्षहरूबारे छलफल गरे । विश्वव्यापी रूपमा १ बिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू रहेको यस प्लेटफर्मको नेपालमा सेफर टुगेदर अभियान सकारात्मक कदम हो । उक्त अवसरमा आकर्षक कन्टेन्ट सिर्जना गरेर कसरी राम्रो कन्टेन्ट क्रिएटर बन्न सकिन्छ भन्नेबारे कार्यक्रमका अतिथिहरूलाई सुझाव र दिशानिर्देशहरू पनि दिइएको थियो । प्रश्न-उत्तर सत्रको क्रममा दर्शकहरूले क्रियटरहरूसँग अन्तरक्रिया गरेर कन्टेन्ट निर्माणका विभिन्न चुनौतीहरूमा रोमाञ्चक अन्तर्दृष्टि पनि प्राप्त गरे । यो अभियान टिकटकको जीवन्त र विविधतायुक्त कम्युनिटीहरूका लागि सुरक्षित र स्वागतयोग्य प्लेटफर्म निर्माण गर्ने लक्ष्यको एक हिस्सा हो । सेफर टुगेदर पहलमार्फत् टिकटकका प्रयोगकर्ताहरूले प्लेटफर्ममा उपलब्ध विभिन्न इन- एप सुरक्षा सुविधाहरूको फाइदा कसरी लिन सक्छन् भन्ने बारे जागरुकता सिर्जना गर्ने लक्ष्य राखेको छ । प्रयोगकर्ताहरूको सुरक्षा टिकटकको शीर्ष प्राथमिकतामा रहेको छ । प्लेटफर्मले सेफ्टी सेन्टर भनिने सुरक्षा अपडेटहरूका लागि केन्द्रीकृत स्थान प्रदान गर्दछ जसले प्लेटफर्ममा सुरक्षा र यसलाई निरन्तर बढावा दिन टिकटकले लागू गर्ने सबै कार्यहरू सम्बन्धि नवीनतम जानकारीहरू प्रदान गर्दछ । सुरक्षा केन्द्रले नयाँ प्रयोगकर्ता सुरक्षा गाइड, अभिभावकहरूका लागि गाइड, सुरक्षा सुनिश्चित गर्न के गर्ने भन्ने बारेका स्रोतहरू र पूर्ण गोपनीयता गाइड सहित टिकटकका सुरक्षा सुविधा र उपायहरूबारे सबै टुल्स र सुझावहरू पनि समावेश गर्दछ । यसबाहेक, सेफ्टी सेन्टरलाई अनुकुल राख्न यसका प्रयोगकर्ताहरूका लागि तयार दिशानिर्देशहरू नियमित रूपमा अद्यावधिक पनि गरिन्छ । टिकटकसँग अनुपयुक्त सामग्री र व्यवहारलाई मध्यस्थता गर्न सामुदायिक दिशानिर्देशहरूको बलियो सेट रहेको छ । सामुदायिक दिशानिर्देशनहरू उल्लङ्घन गर्ने कुनै पनि सामग्री वा अन्य प्रयोगकर्ताविरुद्ध हिंसालाई उक्साउने हानिकारक सामग्रीको लागि शून्य सहनशीलताका साथ टिकटकले आफ्ना प्रयोगकर्ताहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न कुनै कसुर बाँकी राख्दैन । सेफ्टी एम्बेसडर कार्यक्रमले नेपालमा डिजिटल सुरक्षाको लागि टिकटकको प्रतिबद्धतालाई सुदृढ बनाउँछ किनभने यस प्लेटफर्मले प्रयोगकर्ताहरूको अनलाइन र अफलाइन सुरक्षाका लागि निरन्तर लडिरहेको छ । यो अभियान प्रयोगकर्ताहरूलाई सुरक्षा, गलत सूचना र प्रामाणिक सामग्रीको शक्तिको बारेमा शिक्षित गर्ने टिकटकको सक्रिय प्रयासहरूको एक उदाहरण पनि हो । टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो । टिकटकका लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जाकार्ता, जोहानेसबर्ग, सियोल र टोकियो लगायतका शहरहरूमा विश्वव्यापी कार्यालयहरू छन् ।
भिभोको क्रिककार्निवलमा केटीएम आरसी २०० जित्ने मौका
काठमाडौं । स्मार्टफोन ब्रान्ड र नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदार भिभोले ‘क्रिककार्निवल’ को सुरुवात गरेको छ । नेपालमा आफ्नो सफल सात वर्ष पूरा गरेको खुसीमा भीभोले आफ्नो ७ औं सेल्स कार्निवलको सुरु गरेको हो । यो कार्यक्रम ४ डिसेम्बरदेखि सुरु भइसकेको छ भने ३१ डिसेम्बरसम्म सञ्चालन हुने भीभो नेपालले जनाएको छ । क्रिककार्निवलमा भिभो स्मार्टफोन खरिद गर्दा आकर्षक पुरस्कार र विशेष सुविधा प्राप्त गर्न सकिने जनाइएको छ । क्रिककार्निवलअन्तर्गत भिभोले ग्राहकहरूलाई केटीएम आरसी २०० बम्पर पुरस्कार जित्ने मौका दिएको छ । अन्य पुरस्कारहरूमा भिभो स्मार्टफोन, टीडब्ल्यूएस इयरबड्स, ६ महिना सम्मको विस्तारित वारेन्टी र थप सरप्राइजहरू समावेश छन् । भिभोले नेपालमा आफ्नो ७ वर्ष पुरा भएको उपलक्ष्यमा आफ्नो पुरानो ग्राहकहरूको सम्मानमा ७ भाग्यशाली भिभो भी ७ प्रयोगकर्ताहरूका लागि विशेष एक्सचेन्ज अफर ल्याएको छ । यी ग्राहकहरूले आफ्नो भिभो भी ७, भिभो भी ४० सँग केवल ३१ हजारमा एक्सचेन्ज गर्न पाउनेछन् ।
एनपीएल उत्सव : एनसेलले चौकावापत १ हजार ५०० शैक्षिक सामग्री वितरण गर्ने
काठमाडौं । एनसेल फाउन्डेसनले बुधबारसम्म खेलिएका सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा हानिएका कुल ३७५ चौकावापत १ हजार ५०० वटा शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गर्ने भएको छ । यी सामग्रीहरू दुर्गम र ग्रामीण भेगका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई वितरण गरिने छ । गत बिहीबार क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका प्रत्येक चौकावापत चारवटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको थियो । बुधबारसम्म खेलिएका १९ वटा खेलमा ७३ जना खेलाडीले कुल ३७५ वटा चौका हानेका छन् । लुम्बिनी लायन्सका क्याप्टेन रोहितकुमार पौडेलले सबैभन्दा बढी २४ वटा चौका हानेर ९६ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन् । जनकपुर बोल्टका लाहिरु मिलन्थाले अहिले सम्मको दोस्रो धेरै २२ चौकासहित ८८ शैक्षिक सामग्री र पोखरा एभेन्जर्सका आन्द्रियस गौसले १९ चौकाबाट ७६ शैक्षिक सामग्रीको वितरण पक्का गरेका छन् । यस पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखिएको छ । विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीजस्तै स्कुल ब्याग, कापी, सिसाकलम, कटर, इरेजर लगायतका सामग्री समावेश हुनेछन् । यी सामग्रीले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान गर्ने विश्वास लिइएको छ । एनसेल फाउन्डेसनले एनपीएलका खेलहरू सकिएपछि क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा शैक्षिक सामग्रीहरूको वितरण गर्नेछ ।