बङ्गलादेशमा २० हजार वेबसाइट बन्द, पोर्नसाईटले अश्लीलता बढाएको सरकारको निश्कर्ष

काठमाडौं। बङ्गलादेश सरकारले  २० हजार अश्लील वेबसाइटहरू बन्द गरेको छ। मुस्लिम बहुमत भएको उक्त राष्ट्रमा इन्टरनेट प्रदायकहरूले गत हप्ता दूरसंचार नियामकका आदेश अन्तर्गत पोर्नोग्राफी र जुवाका वेबसाईटहरू बन्द गरेको हो। ‘म बालबालिकाको साथै सबै बङ्गलादेशीहरूको लागि सुरक्षित इन्टरनेटको सिर्जना गर्न चाहन्छु र यो मेरी अश्लील पोर्नोग्राफीको विरुद्धको युद्ध हो र र यो युद्ध निरन्तर हुनेछ, हुलाक तथा दूरसंचार मन्त्री मुस्ताफा जब्बरले एफपीलाई भने। अधिकारीहरुको अनुसार लोकप्रिय एप्स टिकटक र बिगोको दुरप्रयोग भएको कारणले दक्षिण एशियाली राष्ट्रहरुमा पनि यो ब्लक गरिएको जबबारले बताए। बङ्गलादेशको उच्च न्यायालयले नोभेम्बरमा सरकारलाई पोर्नोग्राफी वेबसाइटहरू रोक्न र छानबिनका गर्न आग्रह गरेपछि अश्लील वेबसाइटहरू बन्द गरिएको हो। अदालतले एक संगठनले ठूलो संख्यामा वयस्क वेबसाइटहरू बिना सेंसर अश्लील सामग्री समावेश गरेको भनेर रिपोर्ट गरिसकेपछी त्यस्तो आदेश दिएको हो। १६५ लाख जनसंख्या भएको बङ्गलादेशमा ९० लाख भन्दा धेरै इन्टरनेट प्रयोगकर्ताहरू रहेका छन्। ईन्टरनेटमा खोजिएको नामहरूको सूचीमा पोर्न स्टारहरु शीर्ष स्थानमा पर्दछन्। एपिएफको सहयोगमा

मोबाइल एप एनबीआई शुभारम्भ, वित्तीय साक्षरता र शैक्षिक सामाग्री समावेश

काठमाडौँ । नेशनल बैंकिङ्ग इन्स्टिच्यूट लि.(एनबीआई)ले आफ्नो स्थापनाको दशौं वार्षिकोत्सवको अवसर फागुन ५ गते संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एनबीआई नामको मोबाईल एपको समेत शुभारम्भ गरिएको छ । सो एपमा नेपालकै पहिलो बित्तीय साक्षरता सम्बन्धी जानकारीमूलक एवम् शैक्षिक सामग्री समावेश गरिएको छ । उक्त एपको समावेश वित्तीय साक्षरता सम्बन्धी भागमा वित्तीय साक्षरताको ज्ञान दिलाउने ई–किताव, सो किताव अध्ययन पश्चात परिक्षाको अवसर, बिभिन्न सफलताका कथाहरु लगायत वित्तीय साक्षरता सम्बन्धी गीत समावेश गरिएको छ । नेपालको हरेक क्षेत्रका बासिन्दाहरु अझ मुख्य रुपमा ग्रामीण क्षेत्रका बासिन्दाहरलाई वित्तीय ज्ञान अभिबृद्धि गरी समस्त आर्थिक कारोबारलाई बैंक तथा वित्तीय संस्था मार्फत गराउन अभिप्रेरित गरी देश विकासमा केही योगदान पुगोस भन्ने उद्धेश्यले यो वित्तीय साक्षरता सम्बन्धी मोवाईल एपको निर्माण गरिएको एनबीआईले जनाएको छ । प्रविधिको उचित सदुपयोग गरी देशका बिभिन्न भागमा छरिएर रहेका बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले आ–आफ्नो क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धी ज्ञान एवम् जानकारी प्रवाह गर्न सकिने गरी यो वित्तीय साक्षरता सम्बन्धी एपमा पावरप्वाईन्ट प्रस्तुतिकरण समेत समावेश भएको छ । गैर बैंकिङ्ग क्षेत्रमा छरिएर रहेका कोषहरुलाई बैंकिङ्ग प्रणालीमा ल्याउने प्रयोजनको लागि यो वित्तीय साक्षरता सम्बन्धी एपको प्रयोग गरी बैंकिङ्ग सम्बन्धी ज्ञान प्रवाह गर्न सकिने र यसले समग्रमा वित्तीय ज्ञान फैलाउन महत्वपुर्ण योगदान हुने एनबीआईले बिश्वास लिएको छ । यो एप नि:शुल्क रुपमा एन्ड्रोइड भर्सनको गुगल प्ले स्टोरबाट डाउनलोड गरी अफलाईन मोडमा पनि चलाउन सकिने सुबिधा रहेको छ ।

ह्याक गरियो राजनीतिक दल र संसदको कम्प्युटर, के भयो अष्ट्रेलियामा ?

सिड्नी । अष्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अष्ट्रेलियाको आमनिर्वाचनको सङ्घारमै गोप्य सूचना बाहिरिएको छ । प्रधानमन्त्री स्कट मोरिसनले अनुसन्धाताहरुले दुई हप्ताअघि संसदको कम्प्युटर ह्याक भएको विषयमा छानबिन गरिरहेको सांसदहरुलाई जानकारी दिए । उनले केही राजनीतिक दलको सम्पर्क प्रणाली पनि छिन्नभिन्न पारिएको बताए । “हाम्रा साइबर विज्ञहरुको विश्वासमा कुनै सरकारी पक्षले नै यस्तो दुष्ट गतिविधि गरेका हुन्,” प्रधानमन्त्री मोरिसनले बताए । उनले अरु के कस्ता सामग्री चोरी गरिएको भन्ने बारेमा अझै थाहा नभएको बताए । यसै महिनाको शुरुमा पनि अस्ट्रेलियाको संसदको कम्प्युटर प्रणालीमा अनधिकृत व्यक्तिको पहुँच रहेको समाचार बाहिरिएको थियो । अष्ट्रेलियाले सुरक्षा निकायहरुले यस्तो आक्रमण कसले गरेको हो भन्ने अनुसन्धान गरिरहेको बताएका छन् । उक्त घटनापछि प्रधानमन्त्री र मन्त्रीहरु स्वयंले आफ्ना पासवर्ड परिवर्तन गर्नुका साथै सुरक्षाका अन्य उपाय अवलम्बन गर्न बाध्य भएका थिए । साइबर सुरक्षा विज्ञ फर्गस हान्सोनले एक वा दुई मुलुकका विज्ञले मात्र यस्तो कार्य गर्न सक्ने बताए । उनले सम्भावित शंकास्पद मुलुकमा चीन पहिलो श्रेणीमा रहेको पनि दाबी गर्नुभयो । उहाँले रुससँग पनि यस्तो क्षमता रहेको बताए । रासस/एएफपी