‘बिप एप’ सार्वजनिक, १० जना प्रयोगकर्ताले एकैसाथ भिडियो कल गर्न मिल्ने

काठमाडौं । सिजी लाईफसेलले नेपालमै डाटा सेन्टर रहने गरी एक सामाजिक सञ्जाल एप सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सूचना सम्प्रेषणमा सहजता ल्याउने लक्ष्यका साथ सिजी ‘बिप एप’ सार्वजनिक गरेको हो । ‘सिजी लाईफसेल’ चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने नयाँ विजनेश भर्टिकल हो । सिजी ग्रुपले नेपालमै उक्त एपका लागि डाटा सेन्टरको स्थापना गर्दै उक्त एप संचालनमा ल्याएको जानकारी दिएको छ । यो एपका लागि नेपालमै यसको डाटा सेन्टर स्थापना गरेका छ । सामाजिक सञ्जाल एप सार्वजनिक कार्यक्रममा सिजी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले यसले नेपालीको डाटा बाहिर देशमा जानबाट जोगिनुका साथै नेपालको राजश्वमा पनि योगदान पुग्ने बताए । बिप एपबाट सिधै फोनमा पनि कल गर्न सकिने छ । बिप एपबाट भ्वाईस कल, भिडियो कल गर्न र म्यासेज एवम् फाईलको आदान प्रदान गर्न सकिने छ । साथै विनिमय दर, मौसम सम्बन्धी जानकारी र समाचारहरुका बारेमा सजिलै जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यो एप आईओएस र एन्ड्रोईड दुवै मोवाईल अपरेटिङ सिस्टममा चल्छ । कम्पनीले ल्याएको उक्त एपमा फोनको भाषा परिवर्तन गर्न सकिन्छ भने निःशुल्क गेमहरु अनलाईनमार्फत खेल्न सकिने लगायतका सुविधा रहेका छन् ।  यस्तै एपमा १० जना प्रयोगकर्ताले एकैसाथ भिडियो कल गर्न सकिने समेत विशेषता रहेको कम्पनीले जनाएको छ ।

दूरसञ्चार सेवा प्रदायकलाई बक्यौता बुझाउन असारसम्म मौका, नबुझाए लाइसेन्स खारेज गर्ने

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता बुझाउन बाँकी रहेका दूरसञ्चार सेवा प्रदायकलाई आगामी असारसम्म मौका दिने भएको छ । सेवा प्रदायकलाई यसअघि बक्यौता बुझाउन बारम्बार पत्राचार गरे पनि प्राधिकरणले अन्तिम मौकाका रूपमा असारसम्मको समयसीमा तोकेको कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । संसद्को अर्थ समितिको निर्देशनलाई सम्मान गर्दै दूरसञ्चार ऐनमा भएको व्यवस्थाअनुसार सेवा प्रदायकलाई अन्तिम मौका दिने निर्णय भएको हो, उनले भने । प्राधिकरणका अनुसार विभिन्न दूरसञ्चार सेवा प्रदायकले फ्रिक्वेन्सी शुल्क, नवीकरण शुल्कलगायत विभिन्न शीर्षकमा करिब तीन अर्ब तीन करोड रुपियाँ बक्यौता बुझाउन बाँकी छ । दूरसञ्चार ऐन २०५३ को दफा २८ को उपदफा २ मा भएको व्यवस्था अनुसार अन्तिम पटकका लागि मौका दिइएको खनालले स्पष्ट पारे । कानुनी रूपमै प्राधिकरणले निश्चित अवधि दिएर काममा सुधार गर्न निर्देशन दिने व्यवस्था रहेको उनले बताए । सो दफाको उपदफा २ अनुसार ‘अनुमतिपत्र प्राप्त व्यक्तिले यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम र अनुमतिपत्रमा उल्लिखित शर्तविपरीत कुनै काम गरेमा प्राधिकरणले त्यस्तो काममा सुधार गर्न निश्चित अवधिसमेत तोकी सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई आदेश दिन सक्ने’ उल्लेख छ । त्यस्तै उपदफा ३ मा सो अनुसार काम नगरे अनुमतिपत्र खारेज गर्न सक्ने व्यवस्था उल्लेख गरिएको छ । प्राधिकरणका अनुसार स्मार्ट टेलिकम, भारतीय लगानीको युनाइटेड टेलिकम (यूटीएल), नेपाल स्याटेलाइट र केही इन्टरनेट सेवाप्रदायकको गरी करिब तीन अर्ब बक्यौता छ । तत्काल नै अनुमति खारेज गर्दा उनीहरूको ग्राहक र उपकरण व्यवस्थापनमा पनि समस्या हुनसक्ने भएकाले प्राधिकरणले मौका दिएको उनको भनाइ छ । प्राधिकरणको सोमबार बसेको बोर्ड बैठकले असारसम्म मौका दिने र त्यो समयभित्र पनि नबुझाए १५ दिनको स्पष्टीकरण सोधेर लाइसेन्स खारेज गर्ने खनालले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

मोबाईल पानीमा भिज्यो ? यसरी घरमै बनाउनुहोस्

काठमाडौं। विभिन्न कारणले गर्दा मोबाईल पानीमा पर्ने गर्दछ र यो धेरै मानिसहरुको तनावको बिषय बनेको छ। पानीमा परेपछी मोबाईल बनाउनु धेरै पैसा खर्च हुनेगर्दछ। तर हामी घरमै पनि यस समस्यालाई सुल्झाउन सक्छौं। त्यसैले यदी तपाईको पनि मोबाइल झ्नुक्किएर पानीमा पर्‍यो भने नात्तिनुहोस् बरु चाँडो चाँडो केही तरिका अप्नाउनुभयो भने तपाईंले आफ्नो फोनलाई बिग्रिनबाट जोगाउन सक्नुहुन्छ। के गर्ने ? सर्वप्रथम त मोबाईललाई पानीबाट चाँडो निकाल्नुहोस् किनभने जती लामो समय फोन पानीमा हुन्छ त्यती समय खुल्ला ठाउँहरुबाट पानी त्यती नै धेरै छिर्ने सम्भावना बढेर जान्छ। १। फोन अफ छैन भने त्यसलाई अफ गर्नुहोस् २। फोनमा भएको सिम कार्ड र मेमोरी कार्ड झिक्नुहोस् ३। यदि तपाईसँग पुरानो फोन छ भने पछाडिबाट ब्याट्री खोल्नुहोस् र छुट्टै राख्नुहोस्। यदी तपाईको हालैका स्मार्टफोन हो भने पक्कै पनि त्यसको ब्याट्री निकाल्न मिल्दैन। यसको लागि कि युट्युब भिडियो हेरेर ब्याट्री निकाल्ने काम गर्नुहोस् नत्र भए फोन मर्मत गर्ने पसल जानुहोस्। ४। फोनको पानी हटाउन सुख्खा कपडाको प्रयोग गर्नुहोस्। फोनलाई नहल्लाई कपडाले सफा गर्नुहोस् र सक्ने जति फोनमा लागेको पानीलाई हटाउन प्रयास गर्नुहोस्। ५। यदी फोनमा धेरै पानी पसेको छ भने त्यसलाई तपाईले भ्याक्युमले पनि होसियार भएर निकाल्न सक्नुहुन्छ। ६। फोनलाई चामलको बोरामा राख्नुहोस् यसो गर्दा चामलले फोनमा भएको पानी सोस्ने गर्दछ। ७। फोनलाई २ दिन जति सुक्न दिनुहोस्। सुक्यो भन्दैमा एकै दिनमा फोन सुचारु नगर्नुहोस्। ८। यदी तपाईको फोन अन भएन भने फोनलाई चार्ज गर्नुहोस्। फोन चार्ज भएन भने फोनको ब्याट्री बिग्रिएको हो। के नगर्ने ? १। फोनलाई अन नगर्नुहोस् २। फोनको कुनै पनि नम्बरहरु नथिच्नुहोस् ३। चार्ज नगर्नुहोस् ४। फोनमा नफुक्नुहोस् किनभने यसो गर्दा पानी अझै भित्र पस्न सक्छ। ५। ड्रायरको प्रयोग नगर्नुहोस् किनभने तातोले अझै फोनलाई बिगार्न सक्छ। भविस्यमा भने पानी भएका ठाउँमा फोनलाई नलैजाउनुहोस् अथवा पानीबाट बचाउन सक्ने वाटरप्रुफ ब्यागहरुको प्रयोग गर्नुहोस्। बजारमा पाईने वाटरप्रुफ मोबाईल  साम्सुङ ग्यालेक्सी S9/ S9+ नोट ९ गुगल पिक्सेल ३/३XL एचटिसी यु १२ + हुवावे मेटा २० प्रो एलजी भि४० थिन्क् आईफोन XS/ XS Max/ XR