अब घरमै बसेर लिनुस् वैदेशिक शिक्षाको जानकारी, अल्फाबिटाले ल्यायो मोबाइल एप

काठमाडौं । अल्फाबिटा कन्सल्टेन्सी प्रालीले अल्फाबिटा मोबाइल एप सार्वजनिक गरेको छ । आइतबारदेखि कल्सल्टेन्सी यो एप सञ्चालनमा ल्याएको हो । एपमा अल्फाबिटा कन्सल्टेन्सीबाट वैदेशिक शिक्षाका लागि प्रक्रिया अघि बढाइएका विद्यार्थीहरुले आफ्नो प्रक्रिया कहाँसम्म पुगेको छ भन्ने कुरा घर बसी बसी बुझ्न सकिने सेवा रहेको छ । विद्यार्थीको सहजतालाई ध्यानमा राखेर उक्त मोबाइल एप सञ्चालनमा ल्याएको कन्सल्टेन्सीले जनाएको छ । एपबाट विद्यार्थीहरुले आयल्ट्स, पिटिइ, जिआरइ, जिम्याट, एक्ट लगायतका कक्षाहरुका साथै विद्यार्थीले विभिन्न विश्वविद्यालयका बारेमा बुझ्न र उपलब्ध छात्रवृत्तिको बारेमा जानकारी लिनसक्ने कन्सल्टेन्सीले जानकारी दिएको छ । यो कन्सल्टेन्सीले २६ वर्षदेखि वैदेशिक अध्ययनको सेवा प्रदान गरिरहेको छ । नेपालका कन्सल्टेन्सीमा अल्फाबिटाले पहिलोचोटी एप सार्वजनिक गरेको कन्सल्टेन्सीको दाबी छ । यो एप अल्फाबिटाका विद्यार्थीबाहेक वैदेशिक शिक्षाका लागि इच्छुक जोकोही विद्यार्थीका लागि पनि उपयोगी छ । अल्फाबिटा एपका लागि एन्ड्रोइडका प्रयोगकर्ताले प्लेस्टोरमा गएर निशुल्क एप डाउनलोड गर्नसक्छन् । आइओएसका लागि छिट्टै एप उपलब्ध गराउने तयारीमा रहेको कन्सल्टेन्सीले जनाएको छ । यस एपबाट विद्यार्थीलाई वैदेशिक शिक्षा, भाषा कक्षा र प्रवेश परीक्षाको तयारीबारे बुझ्न मद्दत पुग्ने कन्सल्टेन्सीले जानकारी दिएको छ ।

ग्लोबल आइएमई बैंकको ५० औँ शाखारहित बैकिङ्ग सेवा डडेलधुरामा

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो ५० औ शाखारहित बैकिङ्ग सेवा डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिकामा सुरु गरेको छ । उक्त स्थानमा सुरु गरिएको सेवाको लागि स्थानिय नारायणदत्त अवस्थीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । २०७४ असोज मसान्तसम्म १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५० शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

सिटिजन्स बैंकबाट अष्ट्रेलियन डलरको कारोबार गर्न सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अब अष्ट्रेलियन डलरको कारोबार गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न सेवा सुविधाहरु बृद्धि गर्दै जाने क्रममा अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्निमा आफ्नो अष्ट्रेलियन डलर(एयूडी)खाताखोली उक्त कारोबारको शुरु गरेको हो । यस बाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधा पुग्ने छ । साथै, अष्ट्रेलिया स्थित नेपालीहरुलाई पनि विश्वसनिय र सरल ढङ्गले बैङ्किग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।