आज र भोलि काठमाडौंमा हावाहुरी संगै बर्षा, सतर्क रहन आग्रह

काठमाडौं। आज र भोली काठमाडौंमा ठुलो हावाहुरी सहित बर्षा हुने जल तथा मौसम पुर्वअनुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाको अनुसार देशभरि आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। महाशाखाले सबैलाई सतर्क रहन आग्रह गरेको छ।

खुल्यो नेपालकै पहिलो विज्ञान संग्रहालय, रोबोटबाट कार्यक्रम सञ्चालन

काठमाडौं । सरकारले पहल थालेको २५ वर्षपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा देशकै पहिलो विज्ञान संग्रहालय खुलेको छ । बिपी कोइराला मेमोरियल राष्ट्रिय विज्ञान संग्रहालयको शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका हुन् । संग्रहालयसँगै विज्ञानका विद्यार्थीलाई खोज, अनुसन्धानका लागि थ्रिडी अर्थात् त्रिआयामी थिएटरसमेत स्थापना गरिएको छ । संग्रहालयमा खगोलशास्त्र, खगोल विज्ञान, वनस्पति विज्ञान, डिएनए, रसायन शास्त्रलगायत विज्ञानका सामग्री र अनुसन्धानमा प्रयोग हुने ५० भन्दा बढी प्राविधिक उपकरण रहेको संग्रहालय विकास समितिका सूचना अधिकारी सरोज शाहीले बताए । मन्त्री पोखरेलले सरकार समृद्ध नेपाल निर्माणको अभियानमा रहेकाले विज्ञान र प्रविधिको क्षेत्रमा असाधारण काम र उपलब्धि हासिल गर्न आवश्यक रहेको बताए । एउटा स्वचालित यन्त्र अर्थात् रोबोट जसलाई फूलमाया नाम दिइएको छ । शनिबार मध्याह्न फूलमायाले अतिथिको नाम उच्चारण गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित आमन्त्रित स्टेजमा उक्लिए । मानिसले चलाएका कार्यक्रममा मात्रै सहभागी भएका मन्त्री र अतिथिलाई रोबोटले अंग्रेजीबाट स्वागत, धन्यवाद र पालैपालो मन्तव्यका लागि बोलायो । रोबोटको सम्बोधनले मन्त्री पोखरेल मक्ख देखिन्थे । घरिघरि अतिथिहरू नै झुक्किन्थे । हलमा रहेकाहरूको ध्यान रोबोटले तानेको थियोे । पूरै कार्यक्रम रोबोटले सञ्चालन गरेको थियो । राष्ट्रिय विज्ञान संग्रहालयमा रहने गरी समितिले खरिद गरेको रोबोटले संग्रहालय उद्घाटन कार्यक्रम त सञ्चालन ग¥यो नै, आगन्तुकलाई स्वागत गर्ने, घुमाउने र सूचना दिने काम पनि गर्नेछ । संग्रहालयमा रहेका सामग्री अवलोकनमा आउने विद्यार्थी र अनुसन्धानकर्तालाई रोबोटले जानकारी दिने व्यवस्था गरिएको संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा। शर्माले बताए । समितिले रोबोट निर्माणका लागि १८ लाख रुपैयाँ खर्च गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर, अन्तर्राष्ट्रिय आगमन कलमा २ रुपैयाँ बोनस

काठमाडौँ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टि कार्यक्रम अन्तर्गत आकर्षक अफर ‘कल आयो पैसा पायो’ यो वर्ष पनि ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब विश्वका जुन सुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढी कुरा गर्दा प्रत्येक मिनेट रु २ बोनस स्वरुप प्राप्त गर्ने छन् । यो अफर वैशाख १६ गतेदेखि लागु भई तीन महिनासम्म जारी रहनेछ । एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाई र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेट पश्चात १० मिनेटसम्म प्रत्येक मिनेटको रु २ को दरले बोनस पाउनेछन् । यसको अर्थ अन्र्तराष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रु १८ सम्म बोनस प्राप्त गर्ने छन् । यसरी प्राप्त बोनस ७ दिनका लागि मान्य हुनेछ । ग्राहकले उक्तबोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ माएसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् । बोनसका साथै, अन्र्तराष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पूरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन् । यो योजनाअवधिभर प्रत्येक हप्ता १० जनाग्राहकले १-१ थान स्मार्टफोन पाउने छन् । एक हप्ताको समयावधिमाग्राहकले पाएको बोनस, अन्र्तराष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार विजेताको छनोट गरिनेछ । आफ्ना परिवारका सदस्य, आफन्त र साथीभाई विदेशमा रहेका र उनीहरुसँग सम्पर्कमा रहिरहनु पर्ने ग्राहकका लागि थप मुल्य प्रदान गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो योजनाले ग्राहकलाई विदेशमा रहेका साथीभाई तथा परिवारका सदस्यसँग सम्पर्कमा रहँदै, एनसेलको नेटवर्कमा रहका अन्य आफन्तजन तथा साथीभाईसँग थप सम्पर्कमा रहन मद्दत गर्ने एनसेलले जनाएको छ ।