गर्भनर नेपालद्धारा ग्लोबल आइएमईको नवनिर्मित रजिर्ष्टड कार्यालयको उद्घाटन
काठमाडौं । ग्लोबल आइएमई बैंक लि. को ११औँ वार्षिकोत्सवको अवसरमा बैंकको नवनिर्मित कर्पोरेट/रजिर्ष्टड कार्यालयकोे नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजिवी नेपालले मंगलबार उद्घाटन गरेका छन् । सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड कार्यालय राखि स्थापना भएको यस बैंकले स्थापनाको ११ वर्ष मा नै आफ्नौ कर्पोरेट/रजिर्ष्टड कार्यालय स्थापना गर्न सफल भएको हो । कर्पोरेट/रजिर्ष्टड कार्यालय उद्घाटन समारोहमा बोल्दै गर्भनर नेपालले स्थापनाको छोटो समयमा नै आफ्नै लगानीमा कर्पोरेट/रजिर्ष्टड कार्यालय खोल्न सफल भएकोमा ग्लोबल आइएमई बैंकलाई बधाई दिएका छन् । उक्त कर्पोरेट/रजिर्ष्टड कार्यालय उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । ११ औँ वार्षिकोत्सवकै अवसरमा एकै दिन देशका विभिन्न ५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरेको छ । बैंकले नवनिर्मत भवन कमलादी, भक्तपुर जिल्लाको गोठाटार, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका, गुल्मी जिल्लाको गौडाकोट र झापा जिल्लाको दमक नगरपालिकामा गरि ५ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो । उक्त ५ वटा शाखा संचालनमा ल्याएसंगै हाल बैंकको शाखा संख्या ११३ पुगेको छ । बैंकले शाखा मुलुकका हरेक क्षेत्र र वर्ग सम्म सेवा पुर्याउने उद्देश्यले ७ वटै प्रदेशमा शाखा विस्तार गरिसकेको छ । साथै, नवनिर्मित कर्पोरेट/रजिष्र्टड कार्यालय परिसरमा एटिएम सेवा समेत सञ्चालनमा ल्याएको छ । उक्त एटिएम सेवा संगै बैंकको एटिएम संख्या १२७ पुगेको छ ।
इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर रााष्ट्रिय ट्रमा सेन्टरमा, बिरामीले सुविधा पाउने
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौं महानगरपालिकाको माहांकालस्थित रााष्ट्रिय ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टर परिसरमा खोलिएको काउन्टरले ट्रमा सेन्टरको आर्थिक कारोबार गर्न सहयोग गर्ने छ । काउन्टरले ट्रमा सेन्टरमा आउने बिरामीको उपचारका क्रममा टिकट काट्नेदेखि विल भुक्तानीमा पनि सहयोग गर्ने छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । यसै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३६५ दिन, २४ सै घण्टा सेवा संचालन हुने गरी ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको हो । यस सेवाले अस्पतालमा आउने विरामीले सुविधा पाउनेमा बैंक विश्वस्त छ । साथै बैंकले निकट भविस्यमै ट्रमा सेन्टरको परिसर मै आफनो ९८औं एटिएम संचालनमा ल्याउने छ । राष्ट्रिय ट्रमा सेन्टरको प्रबेशद्धार रहने एटिएमबाट अस्पतालमा आउने सेवाग्राहीका साथै सर्वसाधारणले पनि सेवा लिन सक्नेछन् । आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणगढ र पर्सा शाखा स्थानान्तरणको प्रक्रियासहित) तथा ९७ वटा एटिएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको बैंकको ५४ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ । निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी १० अर्ब ६३ करोड रुपैयाँ रहेको यस बैंकको हाल निक्षेप १३१ अर्ब रुपैयाँ तथा कूल कर्जा लगानी १०७ अर्ब रुपैयाँ पुगेको छ ।
स्मार्ट टेलिकमको स्मार्ट सेन्टर ललितपुरमा, काठमाडौं र भक्तपुरमा पनि विस्तार गरिने
काठमाडौं । स्मार्ट टेलिकमले ललितपुरको कुमारीपाटीस्थित लब बिल्डिङमा स्मार्ट सेन्टर सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रवाह गर्न प्रदान गर्न यो सेन्टर स्थापना गरेको कम्पनीले जनाएको छ । स्मार्ट टेलिकमसँग सम्बन्धित सबै सेवा र सुविधा उपलब्ध गराउने संरचनामा यो केन्द्र स्थापना गरिएको कम्पनीले जनाएको छ । स्मार्ट सेन्टरको उद्घाटन गर्दै कम्पनीका अध्यक्ष सर्वेश जोशीले ग्राहकले आफ्ना सबै जिज्ञासा र समस्याको समाधान यस सेन्टरबाट पाउन सक्ने बताए । यस्तो सेन्टर काठमाडौं र भक्तपुरमा पनि विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।