माघ ११ देखि सुरु हुँदैछ सूचनाप्रविधिको कुम्भ मेला-क्यान ईन्फोटेक, अनलाईन टिकटमा २० प्रतिशत छुट

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सूचना प्रविधिको कुम्भ मेला क्यान ईन्फोटेक मेला सुरु हुनेभएको छ । कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान महासंघ)ले आगामी माघ ११ देखि २४ औं संस्करणको क्यान ईन्फोटेक मेला आयोजना गर्दैछ । ६ दिनसम्म चल्ने मेलामा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने छ । प्रदर्शनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पुर्‍याउने क्यानले बताएको छ । “सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हालसम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ६० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेका छन् । मेला अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क १०० रुपैयाँ  र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ । क्यानले माघ १४ गते आईतबारलाई विजनेश डे को रुपमा घोषणा गरेको छ । उक्त दिनको प्रवेश शुल्क सम्पुर्ण अवलोकनकर्ताहरुको लागि १०० रुपैयाँ तोकिएको छ । उक्त दिन विषेश गरी विजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल गर्न सक्ने क्यानले जानकारी दिएको छ । यस पटकको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई जोड दिइएको छ । जस अन्तर्गत ब्रोडब्याण्ड ईन्टरनेट सेवामा विशेष सहुलियत प्रमुख आकर्षण बन्ने क्यानको दाबी छ । साथै टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आउंदैछ । मेला अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आमजनमानस माझ सुचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस “सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोलामा अनलाईन टिकट खरीदको अग्रीम रुपमा व्यवस्था मिलाईनेछ भने अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीने क्यानले जानकारी दिएको छ । ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु केबलनेट प्रा.ली  रहेको तथा एशोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारीक बिक्रेता लाईफकम प्रा.लि रहेको हुनाले यस संस्करणको अफिसियल नाम नै “सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” रहेको छ । त्यस्तै प्लाटिनम स्पोन्सर– वल्र्डलिंक कम्युनिकेसन , डायमण्ड स्पोन्सर– नेपाल टेलिकम र टि.पी लिंक  गोल्ड स्पोन्सरहरु– हुवावे,  एम.आई. स्मार्ट फोन र महालक्ष्मी मोबाईल , सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर, लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, टेक्नोस कर्पोरेशन (नेपाल) प्रा.ली रहेका छन् भने प्रिन्ट स्पोन्सरमा– नबिन डिस्ट्रिब्युटर्स प्रा. ली रहेको छ । अफिसियलहरुमा बैंक– सन्राइज बैंक, ईन्स्योरेन्स– प्रडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु,  अनलाईन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, एस.एम.एस.मा– स्प्यारो एस.एम.एस. र क्रियटिभ– विटी प्रिन्टिङ्गस् रहेका छन् ।

यो वर्ष गुगलमा धेरै खोजियो आइफोन ८, गुगल ट्रेन्डिङको टप १०मा कुन-कुन परे ?

काठमाडौं । अंग्रेजी पात्रो अनुसार नयाँ वर्षको शुरुवात  हुनै लागेको छ । हरेक वर्षजस्तै यो वर्षको अन्तिममा पनि गूगलले सबै भन्दा बढी सर्च गरिएका शिर्षकको सूची जारी गरेको छ । २०१७ आइफोन ८ ट्रेन्डिङ प्रडक्टमा अगाडी रह्यो । यसलाई सबैभन्दा बढी सर्च गरिएका सूचीमध्ये दोस्रो स्थान दिइएको छ । यसका साथै यसले भर्खरै सार्वजनिक भएको आईफोन एक्सलाई पनि पछि पारेको छ । गूगलले हरेक वर्ष ईयर इन सर्च जारी गर्दछ, जसमा वर्षभरीमा सबैभन्दा धेरैपटक सर्च गरिएका शिर्षक नै सूचिमा पर्छन् । यो सूची २०१६ को तुलनामा २०१७ मा धेरै सर्च गरिएका शब्दलाई आधार मानेर तयार पारिन्छ । यस्ता छन् २०१७ का टप १० ग्लोबल ट्रेन्डिङ सर्च लिस्ट: यी हुन् गूगलको टप १०  ग्लोबल ट्रेन्डिङ सर्च किवर्ड्स १. हुरिक्यान इर्मा २. आइफोन ८ ३. आइफोन एक्स ४. म्याट लाउर ५. मेघान मार्केल ६. १३ रिजन ह्वाइ ७. टम पेटी ८. फिजेट स्पिनर ९. चेस्टर बेनिङटन १०. इन्डियन नेशनल क्रिकेट टिम प्रविधीको दुनियाँमा ट्रेन्डिङ लिस्ट २०१७ मा यी किवर्ड्स सबैभन्दा बढी सर्च गरिएको थियो । टप १० को सूची: १. आइफोन ८ २.  आइफोन एक्स ३. निन्टेन्डो स्विच ४. सामसङ ग्यालेक्सी एस८ ५. एक्सबक्स वन एक्स ६. नोकिया ३३१० ७. रेजर फोन ८. ओप्पो एफ५ ९. वान प्लस ५ १०. नोकिया सिक्स

एनसेलले सुरु गर्यो अनलाइन रिचार्ज सेवा

काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ । यो सेवा अन्तर्गत एनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियनपेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहाँ सुकै र जहाँ भएपनि प्रिपेड मोवाइल रिचार्ज तथा पोस्टपेड मोवाइलको बिल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । अनलाइन रिचार्ज सेवा मंसिर २६ (मंगलबार) बाट सुरु भएको छ । एनसेलका अनुसार, डिजिटल सेवा मार्फत ग्राहक अनुभवलाई थप अभिवृद्धि गर्ने उद्देश्य स्वरुप यो सेवा ल्याइएको हो । एनसेलका ग्राहकले एनसेलको वेबसाइट payment.ncell.axiata.com मा गई डेबिट/क्रेडिट कार्ड रिचार्ज छनोट गरी आवश्यक विवरणहरु (रिचार्ज गर्न लागेको मोवाइल नम्बर, रिचार्ज गर्ने रकम, कार्ड नम्बर र कार्डको पछाडि उल्लेखित तीन वटा सेक्युरिटी कोड) भरेर रिचार्ज सेवाको फाइदा लिन सक्नेछन् । एनसेलका ग्राहकले यो वेबसाइटबाट रिचार्ज कार्ड पिन प्रयोग गरी कुनै पनि एनसेल नम्बरमा ब्यालेन्स रिचार्ज पनि गर्न सक्नेछन् । ग्राहकले एनसेल एपबाट पनि अनलाइन रिचार्ज सेवा लिन सक्ने एनसेलले जनाएको छ । नयाँ-नयाँ सेवा तथा प्रविधिहरु अवलम्बन गर्दै ग्राहक सेवा तथा अनुभवलाई थप परिस्कृत गर्ने कार्यमा एनसेल सधै अग्रपंक्तिमा रहने गरेको छ । एनसेलले ग्राहक अनुभवलाई अभिवृद्धि गर्ने उद्देश्य अनुरुप नै अनलाइन च्याट सेवा पनि प्रदान गर्दै आइरहेको छ ।