एनसेलको फोरजी सेवा शुल्क घट्यो, इन्टरनेट प्रति एमबि २ पैसा भन्दा कममा

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले छिटो चल्ने इन्टरनेट सेवा  सस्ताेमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै  बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् । यसकाे करसहित न्युनतम २ पैसा प्रति एमबिसम्ममा डेटा सेवाको मजा लिन सक्ने कम्पनीले जनाएको छ । नयाँ डेटा प्याक कुनै पनि बेला प्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजे देखि बिहान ५ बजे सम्मको समयमा प्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन् । जस अन्तर्गत ग्राहकले अब १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबि देखि १० हजार एमबि सम्मका डेटा प्याकहरु १० रुपैयाँदेखि १५ सयसम्मको प्याक शुल्कमा खरिद गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनि डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । कुनै पनि डेटा प्याक सुचारु गर्ने ग्राहकले आफुले खरिद गरेको प्याक बराबरकै फोरजी डेटा पाउने यो योजनाको प्रमुख विषेशता हो । उदाहरणका लागि १ सयमा ५ सय एमबि अल टाइम डेटा खरिद गर्दा ग्राहकले थप ५ सय एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यस योजना अन्र्तगतका प्याकहरु ग्राहकले टुजि, थ्रिजी र फोरजी कुनैपनि नेटवर्कमा प्रयोग गर्न सक्छन् भने बोनस स्वरुप प्राप्त थप फोरजी डेटा फोरजी नेटवर्कमा मात्र मान्य हुनेछ । अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले १० रुपैयाँमा ३० एमबि डेटा प्राप्त गर्नेछन् र यो प्याक सुचारु गर्ने ग्राहकले ३० एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यसरी ग्राहकले १० रुपैयाँमा ६० एमबि डेटाको मजा लिन सक्नेछन् । त्यस्तै, अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले ३० रुपैयाँमा १ सय एमबि, ५० रुपैयाँमा २ सय एमबि र ७० रुपैयाँमा २ सय ५० एमबि लिन सक्नेछन् र सोहि भोल्युम बराबरको फोरजी डेटाको मजालिन सक्ने कम्पनीले जानकारी दिएको छ । साथै ठूलो भोल्युमको अल टाइम डेटा प्याक अन्तर्गत, ग्राहकले १ सय रुपैयाँमा ५ सय एमबि, ३ सय रुपैयाँमा १२ सय ५० एमबि, ५सय रुपैयाँमा २५ सय एमबि र १५ सय रुपैयाँमा १० हजार एमबि डेटा प्राप्त गर्नेछन् र यसका साथै खरिद गरिएको भोल्युम बराबरकै फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।    

एनसेलले ल्यायो नयाँ डेटा प्याक सुविधा, यस्ता छन् अफरहरु

काठमाडौं । एनसेलले ग्राहकका लागि नयाँ डेटा प्याक सुविधा ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यसमा कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डेटा सेवा लिन सकिनेछ । नयाँ डेटा प्याक कुनै पनि बेलाप्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजे देखि बिहान ५ बजे सम्मको समयमाप्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन् । यो योजना बुधबार देखि ९० दिनको लागिलागु हुनेछ र फोरजी बोनस ३० दिनकालागि मान्य हुने कम्पनीले जानकारी दिएको छ । अब १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबि देखि १०,००० एमबि सम्मका डेटा प्याकहरु १० रुपैयाँ देखि १५०० रुपैयाँसम्मको प्याक शुल्कमा खरिद गर्न सकिनेछ । आवश्यकताअनुसार कुनै पनि डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । कुनै पनि डेटा प्याक सुचारु गर्ने ग्राहकले आफुले खरिद गरेको प्याक बराबरकै फोरजी डेटा पाउने यो योजनाको प्रमुख विषेशता रहेको कम्पनीले जानकारी दिएको छ । यस योजना अन्तर्गतका प्याकहरु ग्राहकले टुजि, थ्रिजी र फोरजी कुनैपनि नेटवर्कमा प्रयोग गर्न सक्छन् भने बोनस स्वरुपप्राप्त थप फोरजी डेटा फोरजी नेटवर्कमा मात्र मान्य हुनेछ । अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले १० रुपैयाँमा ३० एमबि डेटा प्राप्तगर्नेछन् र यो प्याक सुचारु गर्नुहुने ग्राहकले ३० एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । त्यस्तै अरु अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले ३० रुपैयाँमा १०० एमबि, ५० रुपैयाँमा २०० एमबि र ७० रुपैयाँमा २५० एमबि लिन सक्नेछन् र सोहि भोल्युम बराबरको फोरजी डेटाको प्रयोग गर्न मिल्ने कम्पनीले जानकारी दिएको छ । साथै ठूलो भोल्युमको अल टाइम डेटा प्याक अन्तर्गत, ग्राहकले १०० रुपैयाँमा ५०० एमबि, ३०० रुपैयाँमा १२५० एमबि, ५०० रुपैयाँमा २५०० एमबि र १५०० रुपैयाँमा १०००० एमबि डेटा प्राप्तगर्नेछन् र यसका साथै खरिद गरिएको भोल्युम बराबरकै फोरजी डेटा बोनस प्राप्त गर्नेछन् । नाइट भोल्युम प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युमको सेवा लिन सक्नेछन् । यसका साथै नाइट प्याक सुचारु गर्ने ग्राहकले सोही डेटा भोल्युम बाहेक त्यति नै भोल्युमको फोरजी डेटा बोनस पाउनेछन् । जस्तै १५०० रुपैयाँमा ४०००० एमबि नाइट प्याक सुचारु गर्ने ग्राहकले थप ४०००० एमबि फोरजी डेटा बोनस प्राप्तगर्नेछन् र न्युनतम २ पैसा प्रतिएमबिमा डेटा सेवा लिन सक्नेछन् । पहिलो पटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा फोरजी सेवा संचालनमा ल्याएपछि एनसेलले तदारुकताका साथ यो सेवा विस्तार गरेको बताएको छ ।

टेलिकमले लम्ब्यायो तिज अफरलाई, डिस्काउन्ट अब असोज ४ गतेसम्म

काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा उपलब्ध गराएका विभिन्न प्रकारका अफरलाई लम्ब्याएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् । गत भदौ ५ देखि १९ गते सम्म उपलब्ध गराइएका अफरहरु उपभोक्ताले अत्यधिक रुपमा रुचाएकोको भन्दै टेलिकमले भदौ २० गते देखि आगामी असोज ४ गतेसम्म लम्ब्याएको हो । युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ । डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत प्याक १५० र प्याक २५० उपलब्ध हुनेछ । प्याक १५० अन्तर्गत १५० रुपैयाँमा ६०० एमबी र प्याक २५० अन्तर्गत २५० रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध हुनेछ । यी प्याक अन्तर्गतको स्किमबाट कम्पनीकै नेटवर्कमा कल वा एसएमएस गर्दा २० प्रतिशत छुट समेत उपलब्ध हुनेछ । यी दुई प्याक क्रमशः खरिद गरेको १४ दिन र २८ दिनको समयावधीसम्म प्रयोग गर्न सकिन्छ । डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधीसम्म नै २० प्रतिशत छुट प्राप्त हुनेछ ।