सीटीईभीटीले ९४ हजारलाई प्राविधिक शिक्षा दिन खर्चियो ४ अर्ब ५९ करोड

काठमाडौँ । प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले तालिमका लागि साढे ४ अर्ब रुपैयाँ भन्दा बढी खर्च गरेको छ । २ वर्षमा ९४ हजार ८ जनालाई प्राविधिक शिक्षा दिन ४ अर्ब ५९ करोड ६० लाख ४६ हजार खर्च भएको हो । सीटीईभीटीले आर्थिक वर्ष २०७२/ ७३ मा १७ हजार ६१८ जनाले डिप्लोमाको प्राविधिक शिक्षा दिएको थियो । २४ हजार ३८९ जनालाई प्राविधिक शिक्षा दिएको थियो । कार्यलय र प्राविधिक शिक्षाका लागि २ अर्ब ९ करोड ८२ लाख ५८ हजार खर्च भएको थियो । जम्मा ४२ हजार ७ जनालाई प्राविधिक शिक्षा दिएको थियो । आर्थिका वर्ष २०७३/७४ मा १९ हजार २६२ जनालाई डिप्लोमाको प्राविधिक शिक्षा दिएको थियो । २६ हजार २५५ जनालाई प्राविधिक शिक्षा दिएको थियो । सो वर्ष कार्यलय र प्राविधिक शिक्षा संचालका लागि २ अर्ब ४९ करोड ७७ लाख ८८ हजार खर्च भएको थियो । जम्मा ४५ हजार ५१७ जनालाई प्राविधिक शिक्षा दिएको थियो । प्राविधिक तथा व्यावसायिक तालिम परिषद्का सूचना अधिकारी मनोज शर्मा न्यौपानेले आर्थिका वर्षको कार्यलय र प्राविधिक शिक्षा संचालका लागि २ अर्ब ८२ करोड ७० लाख ४० हजार बजेट बिनियोजन भएको बताए । १९ हजार ७१४ जनाले डिप्लोमाको प्राविधिक शिक्षा र २८ हजार ७७७ जनाले प्राविधिक शिक्षा (टेक्निकल एसएलसी) लिहिरहेका छन् । यस वर्ष डिप्लोमा र टेक्निकल एसएलसी गरी जम्मा ४८ हजार ४९१ जनाले तालिम लिइरहेको न्यौपानेले बताए । टेक्निकल एसएलसी १८ महिने प्राविधिक शिक्षा र डिप्लोमा ३ वर्षे प्राविधिक शिक्षा कोर्ष हो । टेक्निकल एसएलसीको १८ महिने कोर्ष लिएपछि प्राविधिक क्षेत्रमा खरीदार सहर मान्यता हुन्छ । डिप्लोमाको ३ वर्षे प्राविधिक शिक्षा लिए पछि सुब्बा वा सो सरहको मान्यता हुन्छ । १८ महिनाको टेक्निकल एसएलसी भन्दा ३ वर्षिए डिप्लोमाको प्राविधिक शिक्षाका लागि धेरैले आवेदन दिने गरेका छन् । ३ वर्षिय डिप्लोमाको प्राविधिक शिक्षा लिएकाहरुले नेपालमानै करिब ६० हजारको हाराहारीमा कमाइ गरिरहेको न्यौपानेले जानकारी दिए । सीटीईभीटीले सन् २०१४/१५ प्राविधिक शिक्षा लिएका १ हजार मध्य १७ जना मात्र बैदेशिक रोजगरिमा गएका न्यौपानेले बताए ।    

मुगु जिल्लाको विभिन्न स्थानमा टेलिकमको जीएसएम सेवा

काठमाडौं । नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको बलम्बुमा अवस्थित सगरमाथा अर्थ स्टेशनमार्फत मुगुको मुगुम कर्मारोङ गाउँपालिकामा अवस्थित भिस्याट प्रविधिलाई लिंक गरी सेवा सञ्चालनमा ल्याएको हो । मुगुम कर्मारोङ जिल्लाको सबैभन्दा विकट र दुर्गम स्थानमा रहनुका साथै चीनको सीमाना तत्कालीन मुगु गाविसको मुगु गाँउ नाक्च्या लाग्नासँग जोडिएको गाउँपालिका हो । यो करिब ३ हजार मिटर उचाईमा अवस्थित छ । मुगु सदरमुकाम गमगढी र प्रसिद्ध राराताल देखि तीन दिन पैदल हिडेर सो स्थानमा पुग्न सकिन्छ । उक्त क्षेत्रमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन । स्थानीय वासिन्दाहरु करिब ३ घण्टा हिडेर मोबाइल सेवा उपभोग गर्ने गरेका थिए । अब भने उनीहरुले घर आँगनमै मोबाइल सेवा प्रयोग गर्न पाउने भएका छन् । अब यो सेवाबाट त्यस स्थानका करिव २ सय जति घरधुरीका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुनेछन् । उनीहरुले जीएसएम मोबाइल मार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्नेछन् । सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको पाइएको छ । स्थानीय वासिन्दाहरुले अव त्यस क्षेत्रमा पनि पर्यटन विकासका लागि सहयोग पुग्ने बताएका छन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।

सुविसुले ‘क्लियर टीभी’ सेवामा २५० भन्दा बढी डीजीटल र एचडी च्यानलहरु विस्तार गर्यो

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आफ्नो क्लियर टीभी सेवामा २५० भन्दा बढी डीजीटल च्यानलहरु बिस्तार गरेको छ । त्यसमा ६० भन्दा बढी एचडी च्यानलहरु रहेका छन् । सुविसु हाल नेपालकै सबैभन्दा बढी एचडी तथा डीजीटल च्यानल सेवा प्रदायक कम्पनी भएको जनाइएको छ । खेलकुद, चलचित्र तथा वृत्रचित्र, संगीत र जीवन शैली अन्तर्गत पर्ने २५०भन्दा बढी डीजीटल एचडी च्यानलहरुले दर्शकहरुको आफ्नो रोजाइको च्यानल छनौट गर्ने अपेक्षा कम्पनीले गरेको छ । क्लियर टीभी सेवामा हाल ग्राहकहरुका लागि रु १ हजार ९९९ को अफर समते कम्पनीले ल्याएको बताएको छ । जसमा ग्राहकहरुले सेट टप बक्स, इन्स्टलीङ र २ महिनाको सबक्रीप्सन सेवा प्राप्त गर्न सक्ने जानकारी दिइएको छ । कम्पनीको अनुसार क्लियर टीभी सेवा बेसिक र प्रिमीयम गरी दुई प्याकेजहरुमा उपलव्ध छ । प्रतिमहिना न्युनतम रु ५०० देखि रु ७०० सेवा शुल्क रहेको छ । साथै एकमुष्ट ३, ६ र १२ महिनाको सेवाखरिद गर्दा बिषेश छुटको व्यवस्था गरिएको छ । ग्राहकहरुले क्लियर टिभी इन्टरनेट सेवाको प्याकेजहरु पनि उपर्युक्त मुल्यमा प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । सुविसुले आफ्ना ग्राहकहरुलार्ई डीजीटल टिभी र इन्टरर्नेट सेवा एउटै तारको माध्यमबाट प्राप्त गर्न सकिने सुविधा प्रदान गर्दै आएको छ ।