डिशहोमले दिने भयो सबैभन्दा सस्तोमा विभिन्न सेवा, प्रतिमहिना २५० देखि ४०० रुपैयाँ मात्र
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागी नेपालमा नै मासिक शुल्क सबैभन्दा कम मूल्यमा आफ्नो सेवाहरु दिन शुरु गरेको छ । डिशहोमले बजारकै सबैभन्दा कम मूल्यको विभिन्न प्याकेजहरु प्रदान गरेको छ । जस अन्तर्गत बाबाआमा, गृहिणी र बच्चाहरुका लगी उपयुक्त च्यानलहरु भएको बेसिक प्याकेजको २५० रुपैयाँ, खेलकुद प्रेमिहरुका लागि लक्षित खेलकुदको सम्पुर्ण एचडी च्यानलहरु समावेश भएको मिडियम प्याकेजको ३०० रुपैयाँ, सम्पुर्ण एसडी र उत्कृष्ट एचडी च्यानलहरु भएको सुपर एच डि प्याकेज ३५० रुपैयाँ र सम्पुर्ण एचडी तथा एसडी च्यानलहरु भएको प्रिमिएम एच डि प्याकेज ४०० रुपैयाँ प्रतिमहिनामा उपलब्ध गराएको छ । २०७५ माघ १० गतेबाट नयाँ एक्टिभेसनमा यो योजना लागु हुने छ । यो मितिभन्दा अगाडि नै डिशहोम जडान गरेका ग्राहाकहरुलाई समेत वार्षिक रिचार्ज गरिमाथि उल्लेखित मासिक मूल्यमा यो सेवा प्राप्त गर्न सक्ने छन् र यो सेवा डिसहोमका आधिकारिक बिक्रेताहरु कहाँ उपलब्ध छ । नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डि.टि.एच. सेवा प्रदायक डिशहोमले ग्राहकको रोजाई अनुसारको उत्कृष्ट तथा गुण्स्तरीय सेवा प्रदान गरिहेको छ । पिक्चर क्वालिटिमा सबैभन्दा गुणस्तरिय सेवा प्रदान गरिरहेको डिशहोम, १६ लाखभन्दा बढी परिवारहरुले प्रयोग गरिरहेका छन् ।
सार्वजनिक यातयातमा यौन हिंसा भोग्नु वा देख्नु भयो ? ११४५ मा डायल गर्नुहोस्
काठमाडौं। सार्वजनिक यातयातमा यौन हिसां भएमा र देखेमा अब ११४५ मा तुरुन्त सम्पर्क गर्नुहोला। यौन हिसां हामीहरुले सुन्दै, देख्दै र भोग्दै आईरहेका कुरा हो। हरेक दिन सार्वजनिक यातयातमा यात्रा गर्दा कोही न कोही यौन हिंसाको शिकार बनिरहेका हुन्छन्। यौन हिंसाको शिकार महिला, पुरुष दुवै हुनेगर्छन् तर तुलनात्मक महिलाहरु बढी यसको शिकार हुने गरेको देखिन्छ।
इन्टरनेट सेवा प्रदायक संघको प्रतिक्रियाः नयाँ भाडादर स्वीकार गर्दैनौं
काठमाडौँ । नेपाल बिधुत प्राधिकरणले यसै आव २०७५/०७६ देखि लागू हुने गरि हामी इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई प्रयोग गर्न दिईरहेको पोलहरु तथा मुलुकभर सेवा संचालन गर्न दिईरहेको OPGW फाइबर प्रयोग गरे वापतको भाडादरमा ५००% भन्दा बढी भाडा बृदि भन्दै इन्टरनेट सेवा प्रदायक संघ नेपालले ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष भोजराज भट्टद्वारा प्रकाशित विज्ञप्तीमा इन्टरनेट सेवा प्रदायकहरूले हाल कायम रहेको ग्राहकसंग लिने इन्टरनेट सेवाको शुल्क पुरानो भाडादरलाई आधार(खर्च) मानी दिईरहेकोमा नयाँ भाडादरले सेवा प्रदायकहरुलाई ठुलो अन्योल सिर्जना गरेको उल्लेख छ । National Broadband Policy मा पनि इन्टरनेट शुल्कलाई अझ सुपथ मुल्यमा उपलब्ध गराउने भन्ने उल्लेख गरिएकोछ, त्यहि अनुरुप गत आर्थिक बर्षको बजेटमा लागू गरिएको १३%TSC (दूरसंचार सेवा शुल्क)लाई पनि संचार तथा सूचना प्रबिधि मन्त्रालय, नेपाल दूरसंचार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघले आपसी समझदारीमा समायोजन गर्ने सहमति कार्यन्वयन भैसकेको विज्ञप्तीमा जनाइएको छ । नेपाल बिधुत प्राधिकरणले हाल बृदि गरिएको पोल तथा इएन्ध् फाइबरको भाडादर सो सहमति बिपरित भएको हुदा हामी सबै सेवा प्रदायकहरूले नयाँ भाडादर स्वीकार नगर्ने विज्ञप्तीमा उल्लेख छ । साथै, यस समस्याको उचित निकास तथा समाधानको लागि संचार तथा सूचना प्रबिधि मन्त्रालय, नेपाल दूरसंचार प्राधिकरण, नेपाल बिधुत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपाल सम्मिलित उच्च स्तरीय समिति गठन गर्न माग समेत गरिएको छ ।