यो वर्ष गुगलमा धेरै खोजियो आइफोन ८, गुगल ट्रेन्डिङको टप १०मा कुन-कुन परे ?
काठमाडौं । अंग्रेजी पात्रो अनुसार नयाँ वर्षको शुरुवात हुनै लागेको छ । हरेक वर्षजस्तै यो वर्षको अन्तिममा पनि गूगलले सबै भन्दा बढी सर्च गरिएका शिर्षकको सूची जारी गरेको छ । २०१७ आइफोन ८ ट्रेन्डिङ प्रडक्टमा अगाडी रह्यो । यसलाई सबैभन्दा बढी सर्च गरिएका सूचीमध्ये दोस्रो स्थान दिइएको छ । यसका साथै यसले भर्खरै सार्वजनिक भएको आईफोन एक्सलाई पनि पछि पारेको छ । गूगलले हरेक वर्ष ईयर इन सर्च जारी गर्दछ, जसमा वर्षभरीमा सबैभन्दा धेरैपटक सर्च गरिएका शिर्षक नै सूचिमा पर्छन् । यो सूची २०१६ को तुलनामा २०१७ मा धेरै सर्च गरिएका शब्दलाई आधार मानेर तयार पारिन्छ । यस्ता छन् २०१७ का टप १० ग्लोबल ट्रेन्डिङ सर्च लिस्ट: यी हुन् गूगलको टप १० ग्लोबल ट्रेन्डिङ सर्च किवर्ड्स १. हुरिक्यान इर्मा २. आइफोन ८ ३. आइफोन एक्स ४. म्याट लाउर ५. मेघान मार्केल ६. १३ रिजन ह्वाइ ७. टम पेटी ८. फिजेट स्पिनर ९. चेस्टर बेनिङटन १०. इन्डियन नेशनल क्रिकेट टिम प्रविधीको दुनियाँमा ट्रेन्डिङ लिस्ट २०१७ मा यी किवर्ड्स सबैभन्दा बढी सर्च गरिएको थियो । टप १० को सूची: १. आइफोन ८ २. आइफोन एक्स ३. निन्टेन्डो स्विच ४. सामसङ ग्यालेक्सी एस८ ५. एक्सबक्स वन एक्स ६. नोकिया ३३१० ७. रेजर फोन ८. ओप्पो एफ५ ९. वान प्लस ५ १०. नोकिया सिक्स
एनसेलले सुरु गर्यो अनलाइन रिचार्ज सेवा
काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ । यो सेवा अन्तर्गत एनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियनपेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहाँ सुकै र जहाँ भएपनि प्रिपेड मोवाइल रिचार्ज तथा पोस्टपेड मोवाइलको बिल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । अनलाइन रिचार्ज सेवा मंसिर २६ (मंगलबार) बाट सुरु भएको छ । एनसेलका अनुसार, डिजिटल सेवा मार्फत ग्राहक अनुभवलाई थप अभिवृद्धि गर्ने उद्देश्य स्वरुप यो सेवा ल्याइएको हो । एनसेलका ग्राहकले एनसेलको वेबसाइट payment.ncell.axiata.com मा गई डेबिट/क्रेडिट कार्ड रिचार्ज छनोट गरी आवश्यक विवरणहरु (रिचार्ज गर्न लागेको मोवाइल नम्बर, रिचार्ज गर्ने रकम, कार्ड नम्बर र कार्डको पछाडि उल्लेखित तीन वटा सेक्युरिटी कोड) भरेर रिचार्ज सेवाको फाइदा लिन सक्नेछन् । एनसेलका ग्राहकले यो वेबसाइटबाट रिचार्ज कार्ड पिन प्रयोग गरी कुनै पनि एनसेल नम्बरमा ब्यालेन्स रिचार्ज पनि गर्न सक्नेछन् । ग्राहकले एनसेल एपबाट पनि अनलाइन रिचार्ज सेवा लिन सक्ने एनसेलले जनाएको छ । नयाँ-नयाँ सेवा तथा प्रविधिहरु अवलम्बन गर्दै ग्राहक सेवा तथा अनुभवलाई थप परिस्कृत गर्ने कार्यमा एनसेल सधै अग्रपंक्तिमा रहने गरेको छ । एनसेलले ग्राहक अनुभवलाई अभिवृद्धि गर्ने उद्देश्य अनुरुप नै अनलाइन च्याट सेवा पनि प्रदान गर्दै आइरहेको छ ।
क्रिसमस र नयाँ वर्षमा कुलप्याडको उपहार, ३ वटा स्मार्टफोनको मूल्य घटाउने
काठमाडौं । क्रिसमस र नयाँ वर्ष बोन्नाजाको अवसरमा कुलप्याड नेपालको ३ वटा स्मार्टफोनका मोडलहरुको मूल्य घटाउने निर्णय गरेको छ । कम्पनीका अनुसार यो अफर डिसेम्बर ४ देखि कुलवान(४ं६४ जीबी)नोट थ्रि यस र एन एक्स वानमा सिमित अवधिको लागि लागू हुनेछ । कुलवान १ नेपालकै पहिलो १३ं१३ एमपी डवल रियर क्यामेरा सेटअप भएको उत्कृष्ट स्मार्टफोन सेगमेन्टमा पर्दछ । कुलवान १ नोट थ्रि यसले यसको सुन्दर, उत्कृष्ट आइडी डिजाइनको लागि ई आई यस ए अवार्ड जित्न सफलभएको छ भने यसको पावर, पर्फेमेन्स ले राम्रो प्रभाव पारेको छ । कुलवान १ मा ३ हजार रुपैयाँको छुट दिइएको छ भने नोट थ्री एसमा दुई हजार रुपैयाँसम्मको छुट दिइएको छ । त्यस्तै एनएक्स वानलाई १२ सय ३० रुपैयाँ छुट दिइएको कम्पनीले जानकारी दिएको छ । यस बोन्नाजाअन्तर्गत अर्को मोडल कुलप्याड एन एक्स वान रहेको छ जसले फोरजी फोनको लक्जरी ल्याउने उद्देश्यले सस्तो मूल्यमा बजारमा उपलब्ध भईरहेको छ । डिसेम्बर २०१७को अन्त्य देखी कुलप्याड नेपालर जे आई पिएलले केही नयाँ फोन सानदार सुबिधाका साथ बजारमा ल्याउने योजना गरेको छ । जे आईपिएल र जयमा इन्टरकन्टिनेन्टल प्रा. लि. कुलप्याड स्मार्टफोनको एक मात्र आधिकारिक बिक्रेता तथा बजार प्रवर्धक हो । जे आई पिएल ले नयाँ प्रविधीद्वारा उत्कृष्ट सुविधा सही ठाउँमा दिने उद्देश्य राखेको छ । त्यसैले कुलप्याड नेपालले हालै काठमाडौंमा सुसज्जित सर्भिस सेन्टरको उद्घाटन गरेको छ ।