बस र ट्याम्पोमा यात्रा गर्नेको सुबिधाको लागि ‘मोटरभाडा’ एप

काठमाडौं, नेपालको यातायातप्रणालीलाई डिजिटल बनाउने उद्देश्यले कार्यालय भेन्चर्स प्रालिको इन्फर्मेशन टेक्नोलोजी कम्पनी कार्यालय आइटीले दुई भाषामा प्रयोग गर्न सकिने सार्वजनिक यातायात एप ‘मोटरभाडा’ र ‘बिटुबि’ एप ‘मोटरभाडा कम्पनी’ को सुरुवात गरेको छ । कम्पनीले उक्त एप नेपालकै पहिलो र विस्तृत रहेको दावी गरेको छ । गाडी भाडा, रुट, गाडी आउने समय, लाइभ ट्रयाकिंग र प्रत्यक्ष ट्राफिक अपडेट अब एपबाटै   एप एण्ड्रोइड र आइओएस दुवै प्लाटफर्ममा उपलब्ध हुने जनाइएको छ । मोटरभाडा एपले यात्रालाई धेरै सहज बनाउने कम्पनीको भनाइ छ । एपबाट प्रयोगकर्ताले मोटर भाडा, रुट, नजिकैको स्टेशन, गाडी आउने समय, लाइभ ट्रयाकिंग र प्रत्यक्ष ट्राफिक अपडेट सजिलै प्राप्तगर्न सक्ने जनाइएको छ । त्यस्तै कम्पनीको अनुसार बिटुबी एप मोटरभाडा कम्पनी एण्ड्रोइड प्लाटफर्म माउपलब्ध छ । यस एपबाट सार्वजनिक सवारी, भाडाका सवारी, गैर सरकारी संस्था, ट्राभल एजेन्सी, विद्यालय, अस्पताल, सरकारी तथा निजी संघ–संस्था र कुनै समूह वा व्यक्तिले प्रत्यक्ष आफ्नो गाडी ट्रयाक गर्न सक्नेछ । यस एपमा भएको प्रोफाईल, स्टार्ट, नोटिफिकेशन, ट्राफिकजाम, खाना, गाडी बिग्रियो, दुर्घटना, बन्द/हडताल, प्राकृतिक प्रकोप, बाटो निर्माण, मेडिकल इमर्जेन्सी र सुरक्षा जाँच जस्ता फिचरहरुबा टकम्पनीले रियल–टाइममा सजिलै आफ्नो गाडीको जानकारी र अवस्था थाहा पाउन सक्ने जनाइएको छ । यो विशेष सेवाको लागि कम्पनीहरुले पहिला दर्ता गर्नुपर्ने हुन्छ ।

लडर्स मोबाइल गेम २०१७ को उत्कृष्ट, खेलाडीको संख्या ९० लाख

काठमाडौं । “सबैेभन्दा प्रतिस्पर्धात्मक गेम” भनेर २०१६े मा उपाधि पाएको लर्डस् मोबाइल गेमलाई २०१७ मा “उत्कृष्ट मल्टिप्लियर अनलाई गेम” को उपाधिका लागि मनोनित गरिएको छ । यो गेम गृगल प्लेमा “सम्पादकको छनोट”े को विधामा पनि परेको छ । २०१६ मा विश्वभरका ६५ लाख खेलाडीहरुले खेलेको यो गेम हाल २०१७ मा विश्वभरका खेलाडीहरु बढेर ९० लाख पुगेको छ । यसको रेट गृगल प्लेमा ४.५ रहेको छ । लर्डस् मोबाइल गेम उत्पादक कम्पनी आइ गट गेमस् हो । एप ऐनीको अनुसार “लर्डस् मोबाइल” गेमले एप स्टोर, आईओएस र गृगल प्लेमा अत्याधिक गर्सिप प्राप्त गरेको छ । गृगल प्लेमा यो गेम गर्सिप चार्टको दोस्रो स्थामा रहेको छ र तेस्रो स्थानमा सोही गेम कम्पनिको अर्को गेम “क्ल्यस अपm कल्यान” परेको छ । क्ल्यस अपm कल्यान पनि गृगल प्लेमा “सम्पादकको छनोट”को विधामा यरेको छ । ४० नायकहरु रहेको यस गेममा सबै नायकहरुको विभिन्न क्षमता , विशेषता , डिजाईन र सबैको पृष्ठभुमि भिन्न रहेको छ । यो रणनीति भिडियो गेम र व्यापक मल्टीप्लेयर अनलाइन गेम हो । यो गेम उत्पादक कम्पनी आइ गट गेमस्का अनुसार यसमा भयानाक राक्षसहरु र शक्तिशाली दुश्मनहरुको अराजकतामा रहेका विदेशी जादुई भूमिहरुलाई स्वतन्त्र गराउन आवश्यक नायकको र साथीको छनोट गर्नुहोस् अनि युदमा गई विजय प्राप्त गरी आपmनो समराज्य बनाउनुहोस् । दुश्मनहरुलाई कैद गर्नुहोस् र आपmनो समराज्य बढाउनुहोस् ।

ललितपुरमा बिट मार्दै एनसेल मेला २०७४ सम्पन्न, नयाँ प्रस्तुतिमा फोरजी थिममा आधारित गेमहरु

काठमाडौं । एनसेल प्रा.लि.ले आयोजना गरेको एनसेल मेला २०७४ शनिवार जाउलाखेल, ललितपुरमा आयोजना पश्चात बिट मारेको छ । ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोड व्याण्ड सेवालङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न, कम्पनीले पोखरा, विराटनगर र ललितपुरमा एनसेल मेला आयोजना गरेको हो । तीनै शहरहरुमा हजारौको संख्यामा दर्शक तथा आगन्तुकहरुले सहभागिताजनाई गीत, संगीत, फोरजी थिममा आधारित गेमहरु लगायत विविध क्रियाकलावहरुबाट मनोरञ्जन लिएका छन् । एनसेल मेला पुस ८ गते पोखरामा, पुस १५ गते विराटनगरमा र पुस २९ गते ललितपुरमा आयोजना गरिएको थियो । मेलामा प्रख्यात कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुति, फोरजी थिममा आधारित विभिन्न गेमहरु, किड्स जोन, जादु र फुड स्टलहरु लगायतविविध रोचक क्रियाकलापहरु समावेश गरिएका थिए । मेलाको मुख्य आकर्षण कन्सर्ट रहेको थियो । मेलामा कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), अनि सांगीतिक समुहहरुमाकबवेभ र द एज ब्याण्डले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । दर्शकहरुले उनीहरुको प्रस्तुतिसँगै नाच्दै झुमेका थिए । रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागिताले मेलामाआकर्षण थपिएको थियो । “एनसेल मेला २०७४ मा उत्साहजनक रुपमा सहभागी भई मेलालाई सफल बनाउनु भएकोमा हामी हाम्रा सबै ग्राहक तथा शुभचिन्तकहरु प्रति आभारी छौं,” एनसेलका कर्पोरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने । “जुन उत्सुकताका साथ मेलामा आगन्तुकहरुले देशको २१ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको परिक्षण तथा अनुभव लिनु भयो यसले हामीलाई थप उर्जा दिएको छ । डिजिटल नेपालको भिजनमा योगदान पुर्याउदै अझ धेरै नेपालीहरुलाई मोवाइलब्रोडब्याण्डले ल्याउने अवसरहरुसँग जोड्न एनसेल प्रतिवद्घ छ ।” मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका थिए । बालबालिकाले ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणको मजा लिएका थिए ।