टेलिकमको प्रिपेड मोबाइलमा सापटी पाइने, ब्याज नलाग्ने
काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सापटी योजना सुरु गरेको छ । कम्पनीको १५ औं बार्षिकोत्सवका अवसर पारेर सापटी योजना कार्यान्वयनमा ल्याएको हो । टेलिकमले त्यस्तो सापटी वापत उपभोक्तासँग सेवा शुल्क असुल्ने छैन् । अर्थात नेपाल टेलिकमका उपभोक्ताले कम्पनीसँग सापटीमा ब्यालेन्स लिए वापत अतिरिक्त शुल्क तिर्नु पर्ने छैन् । सापटी योजनाका लागि कम्पनीले नमस्ते क्रेडिट सेवा आगामी एक महिना भित्र व्यवसायीक रुपले सञ्चालनमा ल्याउनेछ । सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले सापटी योजनाको औपचारिक आरम्भ गरेका हुन् । तत्कालिन व्यवस्थापिका संसदको विकास समितिले निर्ब्याजी सापटी योजना कार्यान्वयन गर्न टेलिकमलाई निर्देशन दिएको थियो ।
एनएमबिले ल्यायो डिलाइट सेभिङ अकाउन्ट योजना, जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्ने
काठमाडौं । एनएमबि बैंकले नेपालको एकमात्र विशेष सुबिधा भएको “एनएमबि डिलाइट सेभिङ अकाउन्ट” नामक नयाँ योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहले यस बैंकको डिलाइट सेभिङ अकाउन्टको एटीएम कार्डमार्फत जुनसुकै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने बैंकले जनाएको छ । यसका साथै, निशुल्क मोबाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग तथा आर्कषक ब्याजदर यस डिलाइट सेभिङ अकाउन्टको अन्य बिशेषताहरु हुन् । हाल यस बैंकले ९४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
पेमेन्ट गेटवे ईसेवा नवौँ वर्षमा प्रवेश, सेवा लिने ६० लाख नाघे
काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोन पे प्रा.लि.’ ९ वर्षमा प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जज रिलिज गरी २०१० जनवरी २५ बाट बिधिवत रूपमा सेवा सुरु गरेको ईसेवा नवौँ वर्षमा प्रवेश गरेको हो । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा हाल देशभर विस्तार भइसकेको छ । ९ वर्षको अवधिमा इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ६० लाख बढिले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर ३० हजार भन्दा बढि एजेन्ट छन् । इसेवाको मोबाईल एप्स् प्रयोग गर्नेको संख्या ४ लाख ३० हजार नाघेको छ । इसेवा खाता खोलेर कारोबार गर्नेको संख्या ७ लाख भन्दा बढी छ । यस्तै देशैभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ६० लाख बढीले इसेवाका सेवा लिइरहेका छन् । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका २ सय भन्दा बढि सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४४ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।