एनसेलकाे ‘रिचार्जमा चमत्कार’ योजना, हरेक महिना १० लाख रूपैयाँ जित्ने माैका
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’को बारेमा जानकारी सार्वजनिक गर्दै एक टिभी कार्यक्रम र आफ्नो फेसबुक पेज मार्फत पाँच भाग्यशाली कोडहरुको घोषणा गरेको छ । यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बर बाहक एनसेल ग्राहकले जनही रु २ लाख नगद पुरस्कार जितेका छन् । आफ्नो कष्टमर लोयल्टी योजना अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख र प्रत्येक महिना रु १० लाख जित्ने मौका पाउँछन् । योजनाको पहिलो हप्ता (मंसिर १–७) का विजेता ग्राहकहरुलाई एनसेलले शुक्रबार (मंसिर १३, २०७६) भित्र पुरस्कार रकम हस्तान्तरण गर्नेछ । एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरि साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ । ग्राहकहरुले रु १०० वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक रु १०० बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले रु ३५० रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले रु ५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् । यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । एनसेलले आफ्ना ग्राहकहरुका लागि कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको जनाएको छ । यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पुर्याई प्रत्येक हप्ताको शुक्रबार भित्र अघिल्लो हप्ताका विजयीहरुलाई नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।
स्मार्ट मिटर प्रतिस्थापनमा तिव्रता, रत्नपार्क र महाराजगञ्जका एक लाख घरमा जोडिँदै
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान कार्यक्रममा तिब्रता दिएको छ । प्राधिकरणले आम उपभोक्ताको घरमा स्मार्ट मिटर जडान गर्नका लागि सर्वेक्षणमा तिब्रता दिएको हो । प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना अन्तर्गत पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका घरहरुमा स्मार्ट मिटर जडान गर्ने कार्यक्रमका साथ घरहरुमा सर्वेक्षण गर्ने कार्यमा तिब्रता दिएको हो । प्राधिकरणका प्रवक्ता प्रविण अधिकारीले स्मार्ट मिटरिङ जडान गर्ने कार्यक्रममा तिब्रता दिएको बताए । प्राधिकरणले रत्नपार्क र महाराजगञ्जका करिब एक लाख उपभोक्ताहरुको घरमा स्मार्ट मिटर जोडिने बताए । नेपाल विद्युत प्राधिकरणले नेपाल सरकार र एशियाली विकास बैैंकको संयुक्त लगानीमा काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजनामार्फत रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रहरुमा स्मार्ट मिटर जडान गर्दैछ । रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकको स्मार्ट मिटर डिजाइन, आपूर्ति, जडान र सञ्चालनका लागि चिनियाँ कम्पनी पिङगाओ विज्डम ज्वाइन्ट भेन्चरले ठेक्का पाएको छ । यो काम आगामी वर्षको पुस भित्रमा सक्ने लक्ष्य राखिएको छ । ग्राहकहरुको लागि स्मार्ट मिटर जडान गर्न ठेकेदार पिङगाओ विस्डम जोइन्ट भेन्चर सँग ठेक्का सम्झौता गरी काम सुरु गरिसकेको छ । ठेकेदार कम्पनीले ग्राहकको घरघरमा गएर डाटा संकलनको काम गरिरहेको आयोजना संयोजक जुजुरत्न शाक्यले बताए । स्मार्ट मिटर जडान भएपछि मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानु पर्ने हालको व्यवस्थाको अन्त्य भई टेलिफोन सेवामाजस्तै स्वचालित विलिङ लागू हुने उनले बताए । जसले गर्दा मिटर रिडिङको लागत घट्ने छ । यसबाट वितरण सेवालाई आधुनिकरण गर्ने, वितरण चुहावटलाई घटाइ प्राधिकरणको वित्तीय स्वास्थ्यमा सुधार ल्याउने र समग्र वितरण प्रणाली सञ्चालन दक्षता बढाउने अधिकारीको भनाइ छ । कुनै ग्राहकले बदमासी गरेपनि कार्यालयबाटै निगरानी गर्न सकिने उनले बताए । महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रको वितरण प्रणालीलाई भूमिगत बनाउने काम अगाडि बढेको अधिकारीको भनाइ छ । उनले विस्तारै काठमाडौं उपत्यकाभरिनै स्मार्ट मिटर जडान गर्ने काम गर्ने बताए । स्मार्ट मिटरिङ लागुपछि टेलिकमका उपभोक्ताले जस्तै विद्युत प्राधिकरणका उपभोक्ताले पनि तिरेको पैसाको मात्रै विद्युत उपयोग गर्न पाउने बताइएको छ । अहिले टेलिकमका हजारौं कर्मचारीहरु बिजुलीको बिल लिएर ३० लाख ग्राहकको घरघरमा जाने गरेका छन् । यो व्यवस्था निकै झन्झटिलो र खर्चिलो छ । यो डिभाइसमा टु वे कम्युनिकेशन अर्थात दोहोरो सञ्चार प्रणाली जडान गरिएको छ । जुन सञ्चार प्रणालीका कारण प्राधिकणको केन्द्रिय सिस्टमले पलपलमा त्यस्ता स्मार्ट मिटरिङ गरिरहेको हुन्छ । उपभोक्ताले बिल तिरेको नतिरेको छिनभरमै प्राधिकरणको केन्द्रिय प्रणालीलाई थाहा हुन्छ । विकशिल देशहरुमा पछिल्ला वर्षमा स्मार्ट मिटरको प्रयोग बढ्दै गएको छ । यस्तो मिटर जडान गरेपछि उपभोक्ता र विद्युत बिक्रेता प्राधिकरण दुबैलाई सजिलो हुनेछ । स्मार्ट मिटर डिजिटल डिस्प्लेयुक्त हुने भएकोले उपभोक्ताले खपत भइरहेको बिजुली र त्यसबाफत खर्च भइरहेको पैसासमेत सजिलै थाहा पाउन सक्छन् । स्मार्ट मिटर जोडेपछि प्राधिकरणका कर्मचारी घरघरमा आएर मिटर हेरेर बिल काट्नु पर्ने बाध्यता हट्नेछ । साथै प्राधिकरणले कुन समयमा उपभोक्ताले धेरै बिजुली खपत गर्छन् भन्ने सही र रियलटाइम तथ्याकं पाउनेछ । देशभरका ८ हजार टिओडी मिटरमा स्मार्ट मिटर नेपाल विद्युत प्राधिकरणले देशभरका ८ हजार उद्योग तथा कलकारखानाका टिओेडी (टाइम अफ डे) मिटरमा स्मार्ट मिटर जडान गरिसकेको छ । प्राधिकरणले देशभरका उद्योगी, व्यापारीलगायत बढी विद्युत खपत गर्ने ग्राहकको मिटरमा स्मार्ट प्रविधि जोड्न सुरु गरि ८ हजारको आवासमा जडान गरिसकेकाे बताएको हो । ‘वितरण प्रणालीलाई डिजिटल बनाउन स्मार्ट मिटर जडान सुरु गरेका छौं,’ अधिकारीलेले भने,‘ १० हजार डिओटी मिटरमा स्मार्ट प्रविधि जोडिनेछ ।’ अहिले टिओडी मिटर जडान गर्ने प्राधिकरणका १० हजार ग्राहक छन् । धेरै विद्युत खपत गर्ने ग्राहकले डिओडी मिटर जडान गरेको प्राधिकरणले जनाएको छ । यो वर्गका ग्राहकले विद्युत खपत गरे बापत बिहान बेलुका, हिउँसो र राती फरक समयको फरक महसुल तिर्दै आएका छन् । टिओडी तथा थ्रीफेज मिटरमा स्मार्ट प्रविधि जडान भएपछि वितरण प्रणाली पारदर्शी हुने प्राधिकरणको दाबी छ । अनियमितरुपमा भइरहेको विद्युत चुहावट पनि नियन्त्रण हुनेछ । स्मार्ट मिटर जडानलाई मलुकभर नै विस्तार गर्ने प्राधिकरणको योजना छ ।
भायनेटले ल्यायो ‘क्या लभ्ली अफर’, नेट जडानमा विभिन्न आकर्षक प्याकेज
काठमाडौं । भायनेट कम्युनिकेसन्सले ग्राहकहरुको लागि ‘क्या लभ्ली अफर’ नामक आकर्षक योजना ल्याएको छ । कम्पनीले संचालनको २० औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरुको लागि उक्त योजना बजारमा ल्याएको हो । यस योजनाअन्तर्गत ग्राहकहरुले मात्र ३४ हजार रुपैयाँमा एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र ६४ मेगा पिक्सल क्यामरा भएको जिओमी रेडमी नोट ८ प्रो पाउने छन् । त्यसैगरी, २७ हजार ७०० रुपैयाँमा ग्राहकहरुले एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र जिओमी रेडमी नोट ८ प्राप्त गर्नेछन् । यसका साथै भायनेट इन्टरनेट प्याकेजसँग ग्राहकहरुले मात्र १८ हजार ७९० रुपैयाँदेखि सामसंङ र स्काईवोर्थको ३२ इन्चदेखि ४३ इन्चसम्म एलईडी टिभीहरुका साथै इन्टरनेट र फ्रि नेट टि.भी. प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिनाको लागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराएको छ ।