बिजुलीको महशुल तिर्न अब विद्युत प्राधिकरण धाउनु नपर्ने , महालक्ष्मी विकास बैंकबाट दिन सकिने
काठमाडौं । महशुल तिर्न नेपाल विद्युत प्राधिकरण मै धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ । महालक्ष्मी विकास बैंकका सबै शाखाबाट बिजुलीको महशुल तिर्ने व्यवस्था गरेकाे छ । महालक्ष्मीले बिद्युत महशुल भुत्तानी सेवा सुरु गरेको जानकारी दिएकाे छ । जुनसुकै शाखा कार्यालयबाट विद्युत प्राधिकरणको बिजुली महशुल भुत्तानी हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । विद्युत प्राधिकरणको बिजुली महशुल भुत्तानी सेवा दिने महालक्ष्मी पहिलो र एक मात्र बैंक भएको छ । यस्तै महालक्ष्मी स्मार्ट एपमा पनि यो सेवा उपलब्ध रहेको बैंकले जनाएको छ । यसबाट विद्युत प्राधिकरण कार्यालयमा गएर बिजुलीको महशुल भुत्तानी र लामो लाइन बस्नु पर्ने अवस्थाको अन्त्य भएको छ । यसबाट ग्राहको समयको बचत हुनुका साथै आफुलाई पायक पर्ने शाखाबाट बिजुलीको महशुल भुत्तानी गर्न सहज हुने छ ।
चीनमा इन्टरनेट प्रयोगकर्ता संख्या ५७.७ प्रतिशत, ८० करोड २० लाखमा पंहुच
बेईजिङ । छिमेकी चीनमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ५७.७ प्रतिशत पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । इन्टरनेट प्रयोग गर्नेमध्ये २६.३ प्रतिशत ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिक रहेको समाचारमा जनाइएको छ । चिनियाँ अनलाइन प्रयोगकर्ताहरूको सङ्ख्या ८० करोड २० लाख पुगेको सोमबार सार्वजनिक गरिएको चिनियाँ अनलाईन विकास विवरणमा उल्लेख छ । गत जुन महिनाको अन्त्यसम्मको यो तथ्याङ्कमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या छ महिना अगाडीको भन्दा ३.८ प्रतिशत बढेको देखिएको छ । चीनमा कुल ७८ करोड ८० लाख नागरिकले मोवाइलमा इन्टरनेट प्रयोग गर्दछन् । इन्टरनेट प्रयोग गर्नेमध्ये मोवाईलमै इन्टरनेट प्रयोग गर्नेहरूको सङ्ख्या ९८.३ प्रतिशत भएको चाइना इन्टरनेट नेटवर्क इन्फर्ममेसन सेन्टरले जनाएको छ । रासस
डिसहोमले रिजार्च गर्दा जडाउन उपकरण सित्तैमा दिने
काठमाडौं । डिसहोमले “डिस होम फ्रि अफर” नामक नयाँ योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् । यो योजना गत भदौ १ गते शुरु भई सिमित अवधिको लागी लागु हुनेछ । नेपालमा सरकारले लागु गरेको अनिवार्य डिजिटलाइजेशनको निति नेपालभर लागु भइसकेको अवस्थामा ग्राहकहरुलाई सजिलै गुणस्तरिय डिसहोमको सेवा प्रदान गर्नका लागी र आम सर्वसाधारणलाई समेत यो सेवामा आकर्षित गर्न यो योजना लागु गरिएको कम्पनीले जनाएको छ । डिसहोमको जडान उपकरणहरु फ्रि मा पाउने भएपछि यो डिजिटल सेवा लिने ग्राहकहरु गुणात्मक रुपमा वृद्धि हुने देखिएको छ । सेट अप बक्स बिनाको एनालग सेवा हेरिरहेका ग्राहकहरुलाई यो योजना निकै आकर्षक हुने देखिएको छ । २००९ मा स्थापित डिसहोम नेपालको सबैभन्दा अग्रणी र गुणस्तरीय पे टिभी सर्भिस हो । २४ घण्टा ग्राहक सेवा, हरेक वडाहरुमा दक्ष प्राविधिक, आफ्नै लोकप्रिय च्यानलहरुका कारण डिसहोमको सेवा लाखौँ घरहरुमा जडान भइसकेको छ । डिसहोम केहि समय अगाडि पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको छ र छिट्टै सर्वसाधारणहरुका लागि सेयर जारी गर्ने तयारीमा छ ।