नयाँ रिचार्ज कार्डको पिन नम्बर अस्पष्ट वा कोरिएर चिन्तित हुनुहुन्छ ? अब यस्ताे गर्नुहाेस्

काठमाडौं । नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिएर कमसेकम ६ वटा नम्बर मात्र देखिएका छन् भने पनि रिचार्ज गर्न सकिने भएको छ । यसका लागि ग्राहकले पहिलो चरणमा कम्पनीको वेबसाइटबाट आफैंले रिचार्ज गर्न सक्नेछन् । कार्डको पिन नम्बर प्रष्ट नभएमा वा कोरिएमा ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनु पर्छ । यसका लागि कम्पनीको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्ने वा सिधै http://pinrecovery.ntc.net.np/ मा लग अन गर्नुपर्छ । रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिने हुनुपर्छ । यसरी देखिने पिन नम्बरलाई कार्डमा लेखिएको अवस्थामा राख्नुपर्छ र मेटिएको अंकमा ‘८’ चिन्ह राख्नुपर्छ । जस्तो कि पिन नम्बरको फर्म्याट १२३४५६७८९०१२३४५६ छ र बीच बीचका पिन नम्बर मेटिएको वा नबुझिने छ भने त्यही अनुसार १**४५*७८**१२**५* संरचना बमोजिम राख्नुपर्छ । यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ । यो भन्दा बढी पटक गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुँदैन र रिचार्ज कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै जानुपर्ने हुन्छ । कमसेकम ६ अंक पनि नदेखिएमा भने साट्न वा रिचार्जका लागि काउन्टरमै जानुपर्छ । यसअघि सबै प्रकारका कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै पुग्नुपर्ने बाध्यता रहेकोमा यो व्यवस्था पश्चात हटेको छ । काउन्टरमा गएपछि यसको जाँच गरेर सोही मूल्यको नयाँ रिचार्ज कार्ड दिने व्यवस्था छ । वेबसाइटबाटै ग्राहकले आफैं नै रिचार्ज गर्ने व्यवस्थाले सेवाग्राहीलाई निकै नै सहज हुने अपेक्षा गरिएको छ । भविष्यमा कम्पनीको एप ‘नेपाल टेलिकम’ र सर्ट कोडमार्फत एसएमएस पठाएर समेत रिचार्ज कार्ड साट्न सकिने व्यवस्था गर्ने कम्पनीको योजना छ ।

ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

काठमाडौं । पछिल्लो समय विश्व बजारमा प्रविधिको पहुँच दैनिक बढ्दै गएको छ । प्रविधि भन्ने बित्तिकै हामी विज्ञानका सुक्ष्मदेखि बृहत किसिमका आविष्कार सम्झी हाल्छौं । विगत देखि हालसम्म विज्ञानको आविष्कारमा महत्वपूर्ण हिस्सा कम्प्युटर तथा ल्यापटपले ओगट्दै आएको छ । नविनतम प्रविधिमध्ये कम्प्युटर तथा ल्यापटप घर, कार्यालय, अस्पताल, शिक्षण संस्था हरेक क्षेत्रमा प्रयोग हुँदै आएको पाइन्छ । तर, हालसम्म पनि कस्तो किसिमको र कुन ब्राण्डको कम्प्युटर किन्ने भन्ने विषयमा ग्राहकहरूलाई छनोट गर्न त्यति सजिलो छैन । कम्प्युटर अत्यावश्यक र अत्याधुनिक प्रविधि हो । यद्यपि यो खरिद गर्नको लागि भने केही आधारहरू चाहिन्छ । सामान्यतया कम्प्युटर किन्न जाने मान्छेले आफूले कस्तो कम्प्यूटर रोज्ने भन्ने विषयमा केही अनुसन्धान त पक्कै गर्छन् । पछिल्लो समय नाम चलेका ब्राण्डमा ल्यापटप तथा कम्प्युटरहरूमा ग्राहकको ध्यान तानिएको हुन्छ । यति हुँदा हुँदै पनि ग्राहकले यस विषयमा ध्यान पुर्याउन सकिरहेका हुँदैनन् । ल्यापटप किन्दा ग्राहकहरूले केही कुरामा ध्यान पुर्याउन आवश्यक हुन्छ ।  ग्राहकहरूले ¥याम, हाडडिक्स, ग्राफिक्सको बारेमा जान्न आवश्यक हुन्छ । यस्तै, प्रोसेसर स्किन साइज व्याट्रीको अवस्थाको बारेमा जानकारी हासिल गर्न जरुरी हुन्छ । कसरी पहिचान गर्ने राम्रो कम्प्युटर ? पहिला उइन्डोजको आइकनमा रन लेखेर ओपन गर्ने । डिएक्सडीआईएजी टाइप गर्ने । रनमा गएर एमएस इनफो थर्टी टु टाइप गर्ने र कम्प्युटरको अवस्थाको बारेमा जानकारी लिने । केही महत्वपूर्ण टिप्सहरु प्रोसेसर सकेसम्म नयाँ जेनेरेसनको लिनु पर्छ । ¥याम कम्तीमा पनि ४ जीवीको हुनुपर्छ । साथै, ८ जिबी ¥याम भएको कम्प्युटरको स्पिड राम्रो मानिन्छ । अहिलेको प्रविधि युक्त युगमा हार्ड डिक्स लिँदा एसएसडी दिनु राम्रो हुन्छ । एचडीडी हार्ड डिक्स पुरानो भएपनि नेपालमा अझै बिक्री भइरहेको पाइन्छ । नयाँ हार्ड डिक्स लिन ग्राहक आफै सचेत हुन आवश्यक हुन्छ । २ जिबी ग्राफिक्स भएमा राम्रो मानिन्छ । ल्यापटपको स्किन ठूलो छ भने त्यसालाई राम्रो मानिदैन । नेपालमा १५.६ को स्किन चल्तीमा छ भने १४ स्ट्याण्डर्डलाई सुरक्षित मान्न सकिन्छ । कम्प्युटर र इन्टरनेट एक अर्काका अभिन्न अंग जस्तै भएका छन् । नेपाल दूर सञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार अहिले नेपालमा इन्टरनेट प्रयोगकर्ता ६७ प्रतिशत रहेका छन् ।

ह्वावेद्धारा ६ नयाँ उत्पादन सार्वजनिक, मूल्य रेञ्ज तीन हजारदेखि डेढ लाख रूपैयाँ

काठमाडाैं । ह्वावे नेपालले ६ वटा नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ । ह्वावेको आफ्नै इन्टेलिजेन्ट इकोसिस्टम वावे मोबाइल सर्भिसेसयुक्त (एचएमएस) ह्वावेको  पछिल्लो फ्ल्यागशिप ह्वावे मेट ३० प्रो, वाइ नाइन एस स्मार्टफोनसहित वाच जीटी टु, ब्यान्ड फोर, ब्यान्ड फोर ई, फ्रि बड्स श्री तथा फ्रिल्यान्सजस्ता बेयरेबलहरू आइतबार सार्वजनिक गरेको हो । ह्वावेका प्रयोगकर्ताहरूका लागि सम्पूर्ण मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य  लिएको ह्वावे कन्ज्युमर बिजनेस रुपको एक हिस्सा ह्वावे नेक्स्ट अर्थात ह्वावे  मोबाइल सर्भिसेस (एचएमएस) को बारेमा प्रकाश पारिएको थियो ।  ह्वावे नेक्स्टमा स्मार्ट, छिटो तथा समस्यारहित अनुभव प्रदान गर्नका लागि ह्वावेद्धारा बनाइएको एप्लिकेशनहरू तथा सर्भिसहरू राखिएको छ । ह्वावे मोबाइल सर्भिसेसमा ह्वावे एप ग्यालरी, ह्वावे ब्राउजर ह्वावे मोबाइल क्लाउड, बावे थिमहरू, ह्वावे म्युजिक, बावे भिडियो, ह्वावे असिसटेन्ट तथा अन्य एचएमएस एपहरू  ह्वावे आइडी, ह्वावे हेल्थ, ह्वावे थिम, ह्वावे म्युजिक तथा अन्य धेरै रहेका छन् । ह्वावेले एचएमएस इकोसिस्टमका लागि एक वर्षभित्र तीन अर्ब अमेरिकी डलर र तीन हजार रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी परिचालन गर्ने जनाएको छ । अब दुई वर्षभित्र उक्त लगानी रकम बढाएर पाँच अर्ब अमेरिकी डलर पुर्याउने योजना रहेको छ ।  अहिलेसम्म १ सय ७० भन्दा बढी देशमा यसले ५७० मिलियनभन्दा बढी विश्वव्यापी  प्रयोगकर्ताहरूलाई सेवा प्रदान गरिरहेको बताइएको छ । प्रयोगकर्ताहरूका लागि टिकाउ ब्याट्री, उच्च स्तरको फोटो र भिडियो खिच्ने, ४० एमपी सुपर सेन्सिङ क्यामरा, एमपीको टेलिफोटो क्यामरा तथा श्रीडी डेप्य सेन्सिङ क्यामरा जडित छ। मूल्य कति पर्छ ? ह्वावे मेट ३० प्रोको एक लाख २९ हजार ९ सय, हाइवे वाच जीटी टु ४६ एमएमको २९ हजार ९ सय, ह्वावे ब्याण्ड फोरको ४ हजार ४ सय, ह्वावे ब्याण्ड फोर ईको ३ हजार ४ सय, ह्वाई फ्रि बड्स थ्रीको २० हजार ९ सय, ह्वावे फ्री लेसको ९ हजार ९ सय मूल्य रहेको छ । हवावे विश्व बजारमा दोस्रो ठलो स्मार्टफोन सप्लायर हो । अक्टोबरसम्म २०० मिलियन यनिटहरू निर्यात गरिसकेको छ। यो आँकडा अघिल्ला वर्षको तुलनामा २६ प्रतिशतले वद्धि भएको हो ।