अष्ट्रेलियन एयरलाइन्सहरुमा ह्यान्डब्यागकाे ताैल ताेकियाे, ७ किलाे भन्दा बढीकाे सामान बाेक्न नपाइने
अस्ट्रेलिया। आफ्ना नजिक र प्रिय साथीभाइ र आफ्न्तलाई उपहार लगिदेने सबैलाई यस डिसेम्बर बिदामा घर जाँदा अब तनाव हुनसक्नेछ। अब अष्ट्रेलिया एयरलाइन्सले वर्षको व्यस्त समयमा हाते झोलाको वजन सीमा लागू गर्न निर्णय गरेको छ। भर्जिन अष्ट्रेलिया र कन्टास एयरलाईन्सले आफ्न घरेलू यात्रुहरूलाई आफ्नो हाते झोला ७ किलो (१५ पाउण्ड) भन्दा बढी नबोक्न आग्रह गरेको छ र त्यसलाई सुनिश्चित गर्न विभिन्न ठाउँमा सामनको जाँच गरिने बताएको छ। सिएनएनसँगको कुराकानीमा भर्जिन अस्ट्रेलियाका ग्राउन्ड अपरेसनका जेनेरल म्यानेजर पल वुसनाम भन्छन्, “एक उद्योगको रूपमा हामीहरुले यात्रुहरुले सबै चीजहरू ल्याउन प्रयास गरेको देख्छौं अझै त्यतिमात्र नभएर भान्साको सरसामन पनि ल्याउने गरेको देखेका छौ जसको कारणले गर्दा उडान ढिलो हुने र त्यसका साथै क्याबिन चालक दलको सुरक्षामा पनि समस्याहरू आउने गरेको छ। ” यसकारणले कन्टास एयरलाईन्सले नभेम्बरको अन्तिम साता देखी कडासँग हाते झोलाको वजन जाँच्न थालेको छ र भर्जिन अस्ट्रेलियाले पनि डेसेम्बर १० तारिख देखि यसको लागि कडा नियम लागु गरेको छ। टाईगर एयर र जेस्टर एयरलाईन्सले भने पहिले देखि नै आफ्नो यात्रुहरुको सामनको वजन जोख्ने गर्थियो। क्याबिनका भारी लगेज ब्यागहरुको कारणले गर्दा एयरलाइन्सका क्याबिन चालकहरु सामान मिलाउने र यात्रुहरुलाई सघाउने बेला घाइते भएको पल वुसनामले बताए। हामी हाम्रो यात्रुहरु समयमा आफ्नो गन्तव्यमा पुगुन् भन्ने चाहन्छौ तर यस्ता यी क्याबिनमा राखिने सामानको कारण हामीहरुको उडानमा ढिलाई भईरहेको वुसनाम बताउँछन्। यसमा अस्ट्रेलियन सिभिल एभिएसन सेफ्टी अथोरिटीले समर्थन जनाएको छ जो भन्छ कि अत्याधिक नचाहिने सामन क्याबिनमा ल्याउँदा क्याबिन चालक लाई समस्या हुनुको साथै उडानमा पनि ढिलाई हुने बताएको छ। भर्जिन अस्ट्रेलियाले आफ्नो यात्रुलाई ३० केजी सम्मको लगेज ब्याग, साथै २३ किलोग्राम सम्मको अर्को ब्याग र ७ किलो सम्मको हाते झोला लैजान दिने गरेको छ। त्यसका साथै प्रत्येक यात्रीलाई ल्याप्टप ब्याग र अर्को सानो हाते झोलाको पनि अनुमति एयरलाइन्सले दिएको छ। क्यानटसमा यात्रा गर्ने घरेलु यात्रीहरुले कम्तिमा पनि ३० किलोग्राम सम्मको लगेज ब्याग, र दुईवटा ७/७ किलोको हाते ब्याग बोक्न पाउँछन्। क्रिसमस अत्यन्त ब्यस्त समय भएकोले यस समयमा अझै यो कुरालाई बिशेष ध्यान दिईने, वुसनाम बताउँछन्। यदि तपाई पनि यो समयमा अस्ट्रेलियाबाट यात्रा गर्दै हुनुहुन्छ र झोला जाँच्नबाट जोगिन चाहानुहुन्छ भने, तपाईले कसरी ठीकसँग सामान प्याक गर्ने भनेर जान्न आवश्यक छ। यदी तपाईंले ठीकसँग सामान प्याक गर्न जान्नुभयो भने तपाईंको यात्रा हल्का सामानको साथ आनन्दमय हुनेछ। यदी तपाईंले ठीक तरिकाले सामान प्याक गर्नुभएन र नचाहिने कपडा राख्नुभयो भने तपाईंको यात्रा कस्टकर हुनको साथै हुनेछ। [ सिएनएन ]
मोबाइल एप्प प्रयाेगमा भारतीय उपभाेक्ता अगाडि, एउटै माेवाइलमा २०७ एप्स प्रयोग
नयाँ दिल्ली : भारतीय नागरिकहरूमध्ये सबैभन्दा बढी मोबाइल एप्स प्रयोग गर्नेले २०७ वटासम्म एप्सको आफ्ना स्मार्ट फोनमा प्रयोग गर्ने गरेको पाइएको एक सर्वेक्षणले देखाएको छ । एआरसी डिजिट प्राबिधिक कम्पनीले गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा भारतीय नागरिकले आफ्ना मोबाइलमा उनीहरूले प्रयोग गर्नेभन्दा धेरै एप्स प्रयोग गर्ने गरेको पाइएको देखिइएको छ । सर्वेक्षणमा औषत ५१ एप्सको प्रयो भारतीयहरूले प्रयोग गर्ने गरेका छन् । अधिकांश भारतीयले आफ्ना मोबाइलमा भएका एप्समध्ये २४ एप्सको प्रयोग गर्ने गरेका छन् । धेरै भारतीयहरूले एप्सलाई प्रयोग गर्ने नभएपनि मोबाइलमा ती सफ्टवेयरलाई प्रयोग गर्ने गरेका र जसका कारण उनीहरूका फोन सेट नै खतरामा पर्ने देखिएको प्रतिवेदनमा देखिएको छ । हरेक ३८ प्रतिशत स्मार्ट फोन प्रयोगकर्ताले दैनिक ६–१० एप्सको उपयोग गर्छन् । यसमध्ये सबैभन्दा बढी व्यक्ति अर्थात् ७६ प्रतिशत मोबाइल प्रयोगकर्ताले फेसबुक, यु–टुवजस्ता सामाजिक सञ्जालका लागि एप्सको प्रयोग गर्ने देखिएको छ । यस्तै ७० प्रतिशत एप्स मोबाइलमा खेल खेल्न चलाइने गरेको अध्ययनले देखाएको छ । झण्डै ४७ प्रतिशत स्मार्ट फोन प्रयोग गर्ने व्यक्तिले बैंकिङ, वित्तीय तथा ‘वालेट’ एप्सलाई प्रयोग गर्ने गरेका र यिनीहरूको प्रयोग आफ्नो आर्थिक कारोबार गर्न वा कारोबारबारे जानकारी लिन प्रयोग हुने गर्छन् । यसबाहेक केही एप्सलाई भिडियो तथा तस्वीर ‘डाउनलोड’ गर्न र टेलिभिजन हेर्न एवम् रेडियो सुन्न प्रयोग गर्ने भेटिएको छ । एजेन्सी
सरकारी कर्मचारी अनलाइन फारम भर्न जानेनन्, सबै सरकारी कार्यालयमा हेल्प डेस्क सञ्चालन हुने
काठमाडौं । सरकारी कर्मचारीहरूकाे लागि नसुहाउदाे समाचार छ । सरकारी कर्मचारीले अनलाइन फारम भर्न नजानेपछि उनीहरूलाई फारम भर्न सिकाउन सरकारले अर्काे व्यवस्था गर्नु परेकाे छ । यसले सरकारी कर्मचारीहरू सूचना प्रविधि प्रयाेगमा निकै कमजाेर भएकाे संकेत गरेकाे छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनका लागि अनलाइन फारम भर्न सबै सरकारी कार्यालयमा ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याउने भएको छ । समायोजनमा जाने कर्मचारीलाई सहज र सुलभका लागि हेल्प डेस्क सञ्चालन गर्न थालिएको मन्त्रालयका समायोजन शाखाका प्रमुख केदार पनेरुले जानकारी दिए । समायोजनमा जाने सबै कर्मचारीले सोही डेस्कबाट नै फारम भर्नुपर्नेछ । उनका अनुसार मन्त्रालय, आयोग, सचिवालय, सातवटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र सबै स्थानीय तहमा सो डेस्क सञ्चालन हुनेछन् । सबै सरकारी कार्यालयमा डेस्क सञ्चालन गर्नका लागि मन्त्रालयले पत्राचार गरिसकेको छ । उनले पुसको पहिलो हप्ताभित्रमा डेस्क सञ्चालन गरिने बताए । समायोजनमा जाने कर्मचारीका लागि सबै स्थानीय तहमा बिहान ८ देखि साँझ ६ बजेसम्म डेस्क सञ्चालन हुनेछ । मन्त्रालयले पुस मसान्तभित्र कर्मचारी समायोजन गरिसक्ने गरी आवश्यक सबै तयारी शुरु गरेको छ । अनलाइन फारम भर्नका लागि मन्त्रालयले अहिले सफ्टवेयर बनाइरहेको छ । सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा सरकारले कर्मचारी समायोजन गर्न थालेको हो ।