भ्रमण वर्षका लागि ठूलो लोगो सहितको प्रबर्द्दनात्मक आकृती अनावरण
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा नेपाल चेम्बर अफ कमर्सद्धारा आयोजित प्रबर्द्दनात्मक कार्यक्रममा ठूलो लोगो सहितको प्रवद्र्धनात्मक आकृति अनावरण गरेको छ । चेम्बर भवन कान्तिपथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले करीब ३० फिट चौडाई तथा ३० फिट लम्बाईको प्रवद्र्धनात्मक सन्देश सहितको भ्रमण वर्ष २०२० को लोगो सहितको आकृतीको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्समा अनावरण गरेको हो । सो अवसरमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै निजी क्षेत्रले स्वफूर्त प्रबद्र्धनात्मक कार्यमा चेम्बरले मुख्य व्यापारीक एंव काठमाडौंको केन्द्रमा भ्रमण वर्ष २०२० को लोगो सहितको प्रवद्धनात्मक सामाग्रीको प्रचार प्रसार गर्न पाएकोमा चेम्बर आफू गौरवाम्वित महसुस गर्दै यस्ता पर्यटन प्रबद्र्धनात्मक क्रियाकलापहरु चेम्बरले विगत देखि गर्दै आइरहेको स्मरण समेत गरे । भविष्यमा समेत पर्यटन प्रबद्र्धन र भ्रमण वर्ष २०२० सफलपार्न चेम्बरबाट आवश्यक सहयोग रहने दृढता समेत व्यक्त गरे । सो अवसरमा भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज बैद्यले सरकारी निजी क्षेत्रको सहकार्यको रुपमा यस्ता प्रबद्र्धनात्मक कार्यहरुको भ्रमण वर्ष २०२० पूर्णत सफल, प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्तगदै यस्तै क्रियाकलाप चेम्बर लगायतनिजी क्षेत्रकाअन्य संघ संस्थाएंव देश व्यापी रुपमा र अन्तर्राष्ट्रिय जगतमा समेत भइरहेको छ । चेम्बरको पर्यटन कमिटीका सभापतितथा चेम्बरका का.स. अर्जुन शर्माले यस किसिमको कार्यले मुलुकले परिलक्षित गरेको २० लाखपर्यटकका साथै स्तरीय पर्यटक भित्र्याउन प्रचार प्रसारको सशक्त माध्यम हुने बताए । सो अवसरमा नेपाल सरकारका सम्बद्ध निकायका उच्च अधिकारीहरु, नेपाल पर्यटन बोर्ड, पर्यटनसँग सम्बद्ध निजी क्षेत्रका संस्थाहरु, का.स. सदस्य, महिला चेम्बर, युथ चेम्बर, चेम्बर पर्यटन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
‘जिबिजि बिजफेस्ट एन्ड बिजस्टार्ट’ मा २१० स्टार्टअपले गरे प्रदर्शनी, दश हजार भन्दा धेरै अवलोकनकर्ता
काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौंले पौष १२ गते शनिबार आयोजना गरेको जिबिजि बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९ मा २१० स्टार्टअपहरुले प्रदर्शनी गरेका छन् । साथै, स्टार्टअपमा रुची भएका दश हजार भन्दा धेरै युवाहरुले उक्त मेला अवलोकन गर्नुका साथै स्टार्टअप संस्थापकहरुसँग प्रत्यक्ष अन्तरकृया गरेका थिए । जिबिजि बिजफेस्ट र बिजस्टार्ट नेपालमा यस प्रकारको पहिलो र एकमात्रै प्रविधि तथा स्टार्टअप व्यबसाय सम्बन्धि प्रदर्शनी हो । नेपालमा गत वर्षदेखि गर्न थालिएकोे कार्यक्रमको यो दोस्रो संस्करण हो । नेपालमा क्लाउड कम्प्युटिङ सम्बन्धि काम गर्ने कम्पनी जेनेस सफ्टवेयर सोलुसन सँगको मुख्य सहकार्यमा गरिएकोे यस मेलाको उद्देश्य देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने रहेको थियो । कृषिमा उपयोगी हुने ड्रोन बनाउने कम्पनीहरु, मोबाईल गेम बनाउने कम्पनीहरु, एनिमेसन, डिजिटल मार्केटिङ, अन्लाईन सपिङ, अनलाईन शिक्षा प्रदान गर्ने, अनलाईन स्वास्थ्य सेवा प्रदान गर्ने, नेपाली ब्रान्डका लुगा उत्पादन गर्ने देखि आधुनिक कृषिमा संलग्न स्टार्टअप कम्पनीहरु उक्त मेलामा सहभागी थिए । मेलाले विद्यार्थी र भविष्यमा आफ्नै स्टार्टअप गर्ने सोच बनाएका युवाहरुलाई स्टार्टअप सुरु गरिसकेकाहरुसँग अन्तरकृया गर्ने र उनीहरुबाट सिक्ने अवसर दिएको थियो । मेलामा देखिएको दृश्यले नेपाली युवाहरुमा स्टार्टअपप्रतिको रुची कति रहेछ र आफैले नवउद्यम खोल्न कति इच्छुक रहेछन् भन्ने दर्शाएको थियो । कार्यक्रममा विशेषज्ञहरूले डिजिटल मार्के्टिङ, क्लाउड कम्प्युटिङ, ग्रोथ ह्याकिङ जस्ता विभिन्न नयाँ नयाँ प्रविधी सम्बन्धी प्रस्तुति पनि दिएका थिए जुन स्टार्टअपहरुको व्यापार प्रवर्धन र विस्तार गर्न एकदमै महत्पूर्ण हुने जनाइएको छ । गुगल बिजनेस ग्रुपले नेपाली स्टार्टअपका यिनै समस्याहरुको मध्यनजर गरी सबैलाई एकै ठाउँमा ल्याउने, निःशुल्क प्रदर्शनी गर्ने र उनीहरुका संभावित ग्राहकसँग जोडिने अवसर प्रदान गर्ने हेतुले यो प्रदर्शनी आयोजना गरेको संयोजक तथा गुगल बिजनेस ग्रुप काठमाडौंका प्रबन्धक अमित अग्रवालले बताए ।
सामाजिक संजालमा गलत लेख्नेलाई ५ वर्ष कैद, १५ लाख जरिवाना
काठमाडौं । सामाजिक सञ्जालमा गलत कुरा लेख्नेलाई ५ वर्ष कैद र १५ लाखसम्म जरिवाना हुने भएको छ । विकास तथा प्रविधि समितीले आइतबार गरेको बैठकमा सामाजिक सञ्जालमा गलत कुरा लेख्नेलाई यस्तो प्रस्ताव अघि सारको हो । कुनै पनि व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी कुनै जातजाती, धर्म, क्षेत्र तथा सम्प्रदायहरुविरुद्ध गलत कुरा लेख्नेलाई यस्तो प्रावधान अघि सारेको जनाएको छ ।