ड्रोन क्यामरा चाहियो ? क्यान इन्फोटेकमा जानुस्, आकर्षक छुटमा पाइन्छ
काठमाडौँ । माघ १५ गतेबाट शुरु भएको क्यान इन्फोटेक २०१९ मा आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस लिटल स्माइल्स्को पनि स्टल रहेको छ । क्यान इन्फोटेको स्टल मार्फत ड्रोन क्यामरा, एरियल फोटोग्राफीको स्टेबलाइजर र भिडियोग्राफीका उत्पादनहरु प्रदर्शनीमा राखिने छ । विश्वमै प्रख्यात छन् । डीजेआईका उत्पादनहरु विश्व प्रख्यात छन् । यसमा विशेष प्रकारको इन्जीनियरिङ टेक्निक र विशेष प्रकारको क्षमता र श्रीजनशिलताका साथ, निर्देशन मान्ने र सिने म्याटोग्राफी भएको डीजेआई, कमउचाई एरियल तस्विर लिनका लागी विशेष उपयोगी आइएमएस ग्रुपले जनाएको छ । ओस्मो पकेल र स्मार्ट कन्ट्रोलर पनि आकर्षक छुटका साथ क्यान इन्फोटकमा आजैदेखि उपलब्ध हुने कम्पनीले जनाएको छ । आइएमएस ग्रुपका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले “फेरी पनि अर्को अन्तराष्ट्रिय ब्राण्डको बिक्रेता हुन पाएको र डीजेआई ड्रोन क्यामरालाई नेपाली बजारमा भित्र्याउन पाएकोमा आफू एकदमै खुशी भएको बताए ।
डिशहोमले दिने भयो सबैभन्दा सस्तोमा विभिन्न सेवा, प्रतिमहिना २५० देखि ४०० रुपैयाँ मात्र
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागी नेपालमा नै मासिक शुल्क सबैभन्दा कम मूल्यमा आफ्नो सेवाहरु दिन शुरु गरेको छ । डिशहोमले बजारकै सबैभन्दा कम मूल्यको विभिन्न प्याकेजहरु प्रदान गरेको छ । जस अन्तर्गत बाबाआमा, गृहिणी र बच्चाहरुका लगी उपयुक्त च्यानलहरु भएको बेसिक प्याकेजको २५० रुपैयाँ, खेलकुद प्रेमिहरुका लागि लक्षित खेलकुदको सम्पुर्ण एचडी च्यानलहरु समावेश भएको मिडियम प्याकेजको ३०० रुपैयाँ, सम्पुर्ण एसडी र उत्कृष्ट एचडी च्यानलहरु भएको सुपर एच डि प्याकेज ३५० रुपैयाँ र सम्पुर्ण एचडी तथा एसडी च्यानलहरु भएको प्रिमिएम एच डि प्याकेज ४०० रुपैयाँ प्रतिमहिनामा उपलब्ध गराएको छ । २०७५ माघ १० गतेबाट नयाँ एक्टिभेसनमा यो योजना लागु हुने छ । यो मितिभन्दा अगाडि नै डिशहोम जडान गरेका ग्राहाकहरुलाई समेत वार्षिक रिचार्ज गरिमाथि उल्लेखित मासिक मूल्यमा यो सेवा प्राप्त गर्न सक्ने छन् र यो सेवा डिसहोमका आधिकारिक बिक्रेताहरु कहाँ उपलब्ध छ । नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डि.टि.एच. सेवा प्रदायक डिशहोमले ग्राहकको रोजाई अनुसारको उत्कृष्ट तथा गुण्स्तरीय सेवा प्रदान गरिहेको छ । पिक्चर क्वालिटिमा सबैभन्दा गुणस्तरिय सेवा प्रदान गरिरहेको डिशहोम, १६ लाखभन्दा बढी परिवारहरुले प्रयोग गरिरहेका छन् ।
सार्वजनिक यातयातमा यौन हिंसा भोग्नु वा देख्नु भयो ? ११४५ मा डायल गर्नुहोस्
काठमाडौं। सार्वजनिक यातयातमा यौन हिसां भएमा र देखेमा अब ११४५ मा तुरुन्त सम्पर्क गर्नुहोला। यौन हिसां हामीहरुले सुन्दै, देख्दै र भोग्दै आईरहेका कुरा हो। हरेक दिन सार्वजनिक यातयातमा यात्रा गर्दा कोही न कोही यौन हिंसाको शिकार बनिरहेका हुन्छन्। यौन हिंसाको शिकार महिला, पुरुष दुवै हुनेगर्छन् तर तुलनात्मक महिलाहरु बढी यसको शिकार हुने गरेको देखिन्छ।