फेसबुकको आपराधिक गतिविधिमा छानविन हुँदै, प्रयोगकर्ताको अनुमती बिना डाटा सेयर
न्यूयोर्क। न्यूयोर्क टाइम्समा एक नयाँ रिपोर्टको अनुसार, अमेरिकाको फेडेरल प्रोसिकुटरले फेसबुकको डाटा साझेदारीमा भएको आपराधिक गतिविधी माथि छानविन गर्ने भएको छ। छानविनको लागि न्यु योर्कको मुख्य ज्युरीले दुई प्रसिद्ध स्मार्टफोन निर्मातालाई डाटाको माग गरेको छ। न्युयोर्क टाईम्सको डिसेम्बर रिपोर्टको अनुसार फेसबुकको १५० भन्दा बढी कम्पनीहरुसँग डाटा साँझेदारी सम्झौता रहेको छ। यो सम्झौताले फेसबुकको अझै प्रयोगकर्ता बढाउने र यस सम्झौतामा संलग्न भएका पार्टनरहरुले प्रयोगकर्ताहरुको डाटा उनिहरुको अनुमिता बिना नै लिन सक्दछन्। टाईम्सको अनुसार धेरै कम्पनीसँगको सम्झौता वषौँ अघि सम्झौता तोडे पनि एमजन र एप्पलसँगको सम्झौता भने अझै पनि बाँकी रहेको बताएको छ। सिएनएनको सहयोगमा
ट्वीटरका सहसंस्थापक इभानको राजीनामा, अब अरु नै काम गर्ने
क्यालिफोर्निया । सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिएका छन् । उनले आफू अरु नै काम गर्न लागेको बताए । हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहेका विलियम्स सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । विलियम्सले सन् २०११ मा ट्वीटर छाडेपनि कार्यसमितिका सदस्य थिए । सन् २०१७ मा उनले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर बिक्री गरेका थिए । कम्पनी छाड्ने घोषणासम्बन्धी ट्वीटमा विलियम्सले ट्वीटरका संस्थापक साथी बिज स्टोन र कम्पनीका अरु साथीहरुलाई धन्यवाद दिएका छन् । रासस/एएनआई
सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक, अप्रिल २६ बाट बजारमा आउने
सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ । तीब्र प्रतिस्पर्धाका कारण मोबाइलको बिक्री घट्न थालेपछि चिन्तित देखिएको सामसुङले नयाँ विशेषता सहितको नयाँ फोन सार्वजनिक गरेको हो । यस फोनमा पाँचौं पुस्ता फाइभ–जी को तारविहीन टेलिफोन नेटवर्कमा समेत काम गर्नेछ । सामान्य स्मार्टफोन र ट्याबलेट दुबै स्वरुपमा विकास गरिएको नयाँ स्मार्टफोनमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) र अरु विशेषता थप गरिएको छ । अमेरिकाको सानफ्रान्सिस्कोमा सार्वजनिक गरिएको यस फोनको नाम ग्यालेक्सी फोल्ड राखिएको छ । एउटै डिभाइसमा ४.६ इन्चको स्मार्टफोन र ७.३ इन्चको ट्याबलेट रहेको छ । यो स्मार्टफोन अप्रिल २६ तारिखबाट बजारमा आउनेछ । यसको मूल्य अमेरिकामा एक हजार ९८० अमेरिकी डलर रहेको कम्पनीले जनाएको छ । कम्पनीका जस्टिन डेनिसनले नयाँ उपकरणमा तीनवटा एप्स एकैसाथ चलाउन मिल्ने जानकारी दिए । “तपाईंले एकै समय युट्युबमा भिडियो हेर्न, यसका बारेमा साथीसँग अन्तक्र्रिया गर्न तथा यात्राका लागि नयाँ गन्तव्यको खोजी गर्न सक्नुहुन्छ ।” सोही समारोहमा सामसुङले ग्यालेक्सी एस१० को नयाँ मोडेल पनि सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा पाँचौं पुस्ता (फाइभ–जी) को तारविहीन टेलिफोन नेटवर्कको प्रयोग गर्न सकिन्छ । सामसुङका अन्य प्रतिस्पर्धीहरुले अर्को साता शुरु हुने मोबाइल वल्र्ड कङ्ग्रेसमा फाइभ–जी मोबाइल सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । रासस/एएफपी