एनसेलले ७५ अर्ब कर तिर्नुपर्ने, कर छल्न र विदेशी मुद्रा साट्न सघाउने अधिकारीहरुमाथि अनुसन्धान शुरू

काठमाडौं । नेपालको कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो कर छलि गर्ने एनसेल प्राइभेट लिमिटेडसँग ७५ रुपैयाँ भन्दा बढी राजश्व असुल हुन बाँकी रहेको अर्थमन्त्रालयले जनाएको छ । पुँजीगत लाभकर, आयकर र मुल्य अभिवृद्धि कर बापत ७५ अर्ब रुपैयाँ भन्दा बढी रकम असुल हुन बाँकी रहेको अर्थमन्त्रालयले आधिकारिक रुपमा जनाएको छ । त्यस्तै, अन्य ९ वटा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँग २ अर्ब ९६ करोड रुपैयाँ राजश्व असुल हुन बाँकी रहेको अर्थमन्त्रालयले जनाएको छ । एनसेलको सेयर हस्तान्तरणमा लाग्ने पुँजीगत लाभकर बापतको बक्यौता करिब ६१ अर्ब रुपैयाँ रहेको र र निरज गोविन्द श्रेष्ठको नामको पुँजीगत लाभकर वापतको करिब १२ अर्ब रुपैयाँ बक्यौता रहेको अर्थमन्त्रालले संसदको अर्थसमितिलाई जानकारी दिएको छ । हालै सर्बोच्च अदालतको पूर्ण इजलालेले परमादेश जारी गर्दै एनसेलसँग असुल गर्नुपर्ने सबै कर बक्यौता असुल गर्न भनेपछि अर्थमन्त्रालयले कर बक्यौताको विवरण संसदीय समितिलाई जानकारी दिएको हो । आइतबार बसेको अर्थसमितिको बैठकले सर्बोच्च अदालतको फैसलाअनुसार एनसेलसँगको कर तुरुन्त असुल गर्न मन्त्रिपरिषद् र अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । साथै, समितिले कर छलि हुने गरी एनसेलको सेयर स्वामित्व हस्तान्तरणमा सहयोगी भूमिका खेलाका सरकारी अधिकारीहरु र एक्जियटालाई करिव ५० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सटही सुविधा दिने अधिकारीहरुमाथि छानविन थालेको छ । अर्थसमितिले स्पाइस नेपाल प्रा.लि. स्थापना भएदेखि १२ औं पटक सेयर हस्तान्तरण भएको जनाउँदै ती सबै कारोबारको विस्तृत विवरण माग गरेको छ । ती सबै सेयर कारोबारमा पुँजीगत लाभकर लाग्ने वा नलाग्ने निर्णय गर्न र लाग्ने भए कर असुल गर्न अर्थमन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग मन्त्रालय र राष्ट्र बैंकलाई अर्थसमितिले निर्देशन दिएको छ । कर छलि गर्दै सेयर हस्तान्तरण हुँदा ताका निर्णय प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न सबै सरकारी अधिकारीको विवरण पनि समितिले माग गरेको छ । ‘निर्णय प्रक्रियामा प्रत्यक्ष र परोक्ष रुपमा संलग्न अर्थमन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल राष्ट्र बैंक, आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरणका जिम्मेवार पदाधिकारी र अधिकारीहरुको विवरण पेश गर्नु’ अर्थसमितिले आइतबार दिएको निर्देशनमा लेखिएको छ । सर्बोच्च अदालतको अन्तरिम आदेशका आधारमा लाभांश बापत कुन निकायको नाममा, कुन मितिमा, के आधारमा कति रकम विदेशी मुद्रा बाहिरिएको हो सो को विस्तृत विवरण समेत अर्थसमितिले माग गरेको छ ।

अजोड इन्स्योरेन्स र लिचि टेक्नोलोजीबीच बीमा सेवा सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र लिचि टेक्नोलोजीको नयाँ योजना चुकल डट कमसँग सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । अजोड इन्स्योरेन्सका सहायक महा प्रबन्धक महेशराज खरेल र लिचि टेक्नोलोजीका अध्यक्ष शिव न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा लिचि टेक्नोलोजीका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जिवन बीमा अन्तर्गत सामूहिक दुर्घटना बीमा तथा सेंधमारी तथा नकवजनी बीमा सम्बन्धि सुविधा लिचि टेक्नोलोजीका सबै ग्राहकहरुले प्राप्त गर्न सक्ने अजोड इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

एनसेलले ल्यायो ‘गज्जबको डेटा प्याक’

काठमाडौँ । एनसेलका ग्राहकहरुले अब सुलभ दरका नयाँ अल टाइम प्याकहरु मार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्राईभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक आकर्षक नयाँ डेटा प्याक ल्याएको छ, जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकताअनुसार ७५ एमबी देखि ३ जिबी सम्मको विभिन्नप्याकहरु सुचारु गर्न सक्न ेछन् । गज्जबको डेटा प्याक माघ २१ बाट लागु भएको छ । यस प्याकअन्तर्गत ग्राहकले एक दिनको समयसिमा रहेको ७५ एमबी डेटा प्याक मात्र १५(रु १९.१५ कर सहित) रुपैयाँमा सुचारु गर्न सक्नेछन् । तीनदिनको समयसिमा रहेको २०० एमबी डेटा प्याक रु ३५ (रु ४४.६९ कर सहित) मा सुचारु गर्न सक्नेछन् । त्यसैगरी, ग्राहकले ५०० एमबी डेटा प्याक रु ७५ (रु ९५.७७ कर सहित) माखरिद गर्न सक्नेछन् । यो प्याकको समयसिमा सातदिनको हुनेछ । धेरै डेटा भोलुमप्रयोग गर्ने ग्राहकले एक महिनाको समयसिमा रहेको तीनजिबी डेटा प्याकमात्र रु ३५५ (रु ४५३.३०) मा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरी प्राप्तनिर्देशनअनुसार गज्जबको प्याकहरु सुचारु गर्न सक्नेछन् । त्यसैगरी एनसेल एपबाट पनियी डेटा प्याकहरु सजिलै खरिद गर्न सकिनेछ् । गज्जबको डेटा प्याकअन्तर्गत ल्याइएको नयाँअल टाइम डेटा भोलुमहरुले सुलभ दरमाग्राहककालागि डेटा कनेक्टिभिटी सुनिश्चतगर्ने विश्वास एनसेलले लिएको छ । यो अफर सुचारु भएको दिन देखि ९० दिनका लागि मान्य रहने कम्पनीले जनाएको छ ।