वैशाख ४ मा नेपालको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) प्रक्षेपण हुँदै

काठमाडौँ । नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) ४ वैशाखको राति २ बजे अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी ९ज्याक्सा० को सहयोगमा प्रक्षेपण गरिने भएको हो । जेठको दोस्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा प्रवेश पाउने गरी इन्टरनेसनल स्पेस स्टेसनसँग सहमति भइसकेको नास्टले जनाएको छ । नानो स्याटेलाइट लन्चिङ सफलताको दर ९० प्रतिशत तथा ‘अर्बिटल स्लट’मा तैनाथ हुने दर शतप्रतिशत रहेको नास्टको प्राविधिक संकायका प्रमुख इन्जिनियर डा। रवीन्द्रप्रसाद ढकालले बताए । सोहीअनुसार स्याटेलाइटको सफल प्रक्षेपण हुनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ । यो स्याटेलाइट लोअर बिटमा रहने पृथ्वीबाट करिब चार सय किलोमिटरको दूरीमा रहनेछ । १० सेन्टिमिटर आकारको स्याटेलाइटको तौल १३ सय ग्राम छ । नानो स्याटेलाइटको उपयोगका लागि नास्टमा ग्राउन्ड स्टेसन बनाउन भने बाँकी छ । अबको केही दिनमै ग्राउन्ड स्टेसन तयार हुने नास्टले जनाएको छ । स्याटेलाइट प्रक्षेपण भएमा नेपालको समेत आफ्नै स्याटेलाइट हुनेछ । यसबाट नेपाली इन्जिनियरसमेत त्यसका लागि सक्षम रहेको सन्देश विश्वमा फैलने ढकालको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

समुद्र हुँदै नेपालकै इन्टरनेट, नेपाल दूरसञ्चार प्राधिकरणले सम्भाव्यता अध्ययन गर्ने

काठमाडौं, चैत २० गते । समुद्रमा आफ्नै केबल बिछ्याएर देशका लागि आवश्यक इन्टरनेट ल्याउन नेपाल दूरसञ्चार प्राधिकरणले सम्भाव्यता अध्ययन गर्ने भएको छ । हाल भारत र चीनबाटइन्टरनेट ब्यान्डविथ ल्याउँदै आएकोमा अब ती देशमा रहेका समुद्रको प्रयोग गर्दै आफै इन्टरनेट ल्याउने प्रयास प्राधिकरणले थालेको हो । ‘समुद्र हुँदै हामी आफै इन्टरनेट ल्याउन सक्छौँ वा सक्दैनौं भनेर अध्ययन गर्न परामर्शदाताबाट आवेदन मागेका छौँ’प्राधिकरणका प्रवक्त मिनप्रसाद अर्यालले भने । सामुद्रिक मार्ग हुँदै भरपर्दो र सुरक्षित रुपमा इन्टरनेट ब्यान्डविथ ल्याउन सकिने विकल्पका रूपमा परामर्शदाताले प्राधिकरणलाई सुझाव दिनुपर्नेछ । प्राधिकरणले परामर्शदातालाई शर्तहरु तोकेर सोमबार आवेदन माग गरेको हो । नेपालले हाल दुई देशबाट इन्टरनेट ब्यान्डविथ ल्याएको भएपनि महत्वपूर्ण हिस्सा भारतीय ‘क्यारियर’हरू मार्फत नै ल्याउँदै आएको छ । भारतका एयरटेल, टाटा, भोडाफोन लगायतले नेपालका इन्टरनेट सेवाप्रदायकसँग प्रत्यक्ष सम्झौता गरी इन्टरनेट ब्यान्डविथ उपलब्ध गराउँदै आएका छन् । सामुद्रिक मार्ग हुँदै भारत ल्याइएको इन्टरनेट ब्यान्डविथ ती क्यारियरले नेपालका दक्षिणी सीमासम्म ल्याइपु¥याउँछन् । त्यसरी ल्याइएको ब्यान्डविथ केबल मार्फत खरिदकर्ता कम्पनीले नेपाल ल्याउने गर्छन् । नेपाल टेलिकम र वल्र्डलिङ्क कम्युनिकेसन्स नेपालमा सबैभन्दा धेरै इन्टरनेट ब्यान्डविथ ल्याउने कम्पनी हुन् । त्यस्तै टेलिकमले एक बर्षअघि मात्र चीनको चाइना टेलिकमसँग सम्झौता गरी उत्तरतर्फ केरूङ नाकाबाट इन्टरनेट ल्याएको छ । हालसम्म दुई देशका क्यारियरमार्फत इन्टरनेट ल्याएकोमा परामर्शदाताको सुझावका आधारमा प्राधिकरणले आफ्नै केबल बिछ्याएर समुद्रबाट इन्टरनेट ल्याउन खोजेको हो । प्रवक्ता अर्यालका अनुसार यो परियोजनाका सन्दर्भमा परामर्शदाताले नेपालमा हाल प्रयोग भइरहेको ब्यान्डविथको परिणाम, सामुद्रिक मार्ग हुँदै इन्टरनेट ल्याउन सकिने कानुनी व्यवस्था, भूपरिवेष्ठित देशले इन्टरनेटको पहुँचका लागि सामुद्रिक मार्ग प्रयोग गर्न सक्ने अन्तर्राष्ट्रिय प्रचलन, केबल बिछ्याउनका लागि जीटूजी अथवा बीटूबी सम्झौताका सम्भावनाका विषयमा प्राधिकरणलाई सुझाव दिनेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

ओपन डाटा सम्बन्धी तालिम प्रदान सम्पन्न, ‘आगामी दिनमा तथ्याङ्क प्राप्त गर्न सहज’

काठमाडौ । ईन्स्टिच्यूट फर ईन्टीग्रेटेड डेभलेपमेण्ट स्टडिज(आईआईडीएस) ले ओपन डाटा सम्बन्धी तालिम प्रदान गरेको छ । राजधानीको मण्डिखाटार स्थित आईआईडीएसको भवनमा शुक्रबार सो तालिम सम्पन्न भएको हो । अर्थशास्त्री प्रविन डंगोलले तालिममा ओपन डाटाबारे जानकारी दिदै यसको सिद्धान्तका बारेमा चर्चा गरेका थिए । डंगोलका अनुसार डाटाको महत्व हरेक क्षेत्रमा हुने र अबको विश्व तथ्याङ्कमा आधारित हुदै गएकालेडाटाको महत्व बढ्दो क्रममा रहेको उनको तर्क छ । यस्तै, कार्यक्रममा आईआईडिएसका रिसर्च सहायक हेमराज जोशीले ‘नेपा स्टाट’ साइटको बारेमा जानकारी दिएका थिए । जोशी भन्छन्–‘आगामी दिनमा तथ्याङ्क प्राप्त गर्न सहज होस भनेर हामीले नेपा स्टाट साइटको सुविधा वेव मार्फत ल्याएका छौ ।’ सो साईट प्रयोग गर्दा जनताले जनसंख्या, कृषी, पर्यटन, जलवायु लगाएतका विभिन्न क्षेत्रको तथ्याङ्क सहजै पाउने उनले बताए । के हो त ओपन डाटा ? ओपन डाटा भन्नाले निःशुल्क रुपमा प्रयोग हुने, पुर्न प्रयोग गर्न सकिने तथा आवश्यकता अनुसार वितरण गर्न सकिने तथ्याङ्कको अङ्ग्रेजी नामलाई बुझ्न सकिन्छ । यसलाई सार्वजनिक रुपमा प्रयोग गर्न सकिन्छ भने यो मिसिनले रिड गर्न सक्ने अवस्थामा हुनु पर्छ । मेसिनले रिड गर्ने भन्नाले एक्सल वा सिएसबीमा यो पढ्न सकिने खालको हुनुपर्छ । ओपन डाटा कै लागि भनेर आर्थिक बुझाउनु पर्दैन । तर, डाटाको लागि यसमा प्रयोग हुने अन्य सेवा शुल्क भने बुझाउनु पर्छ । सरकारबाट मान्यता प्राप्त गरेका निकायले तथ्याङ्क गणना गरे पश्चात त्यस्ता गणना ओपन डाटामा समावेश गर्न सकिन्छ । संकलित तथ्याङ्क लाईसेन्स प्राप्त संस्थाले बिक्री वितरण गर्न सक्छन् । त्यस्ता संस्थाबाट खरिद बिक्री गरिसकेको तथ्याङ्क अन्य लाईसेन्स नभएका संस्था वा व्यक्तीले बिक्री गर्न पाउँदैनन् । कतिपय आवस्थामा तथ्याङ्क सार्वजनिक गर्दा प्राथमिक स्रोतको नाम उल्लेख गर्नै पर्ने हुन्छ । ओपन डाटाका फाईदाहरु: ओपन डाटा बैज्ञानिक प्रणाली भएकाले यसले समयको बचमा सघाउ पुर्याउँदछ । यो प्रणाली सरकारी, नीजि तथा सार्वजनिक क्षेत्रमा सोही कारण उपयोगी हुँदै आएको पाईन्छ । आईआईडिएसले प्राथमिक स्रोतबाट संकलन भएका तथ्याङ्क संकलन गरेको लगभग २ बर्ष पुगेको छ । विगत १ बर्षदेखी भने यसको सक्रियतामा वृद्धी भएको पाईन्छ । हालसम्म ओपन डाटाको रुपमा पिडिएफ मात्र उपलब्ध हुँदै आएको पाईन्छ । आईआईडीएसले यसमा सहजता प्रदान गर्न तथ्याङ्क तथा चार्ट एकै स्थानमा उपलब्ध गराउन लागि परेको छ । नेपा स्टाट मार्फत हाल सम्म १४ हजार ७ सय ३ तथ्याङ्क वेवमा राखिएका छन् । ई.सं १९६८ देखी हालसम्मका सम्पूर्ण कृषी तथ्याङ्क उपलब्ध रहेको रिसर्च सहायक हेमराज जोशीले जनाए ।