अजेयराज सुमार्गीको ‘हेलो नेपाल’को लाइसेन्स खारेज, तिरेनन् ७९ करोड ९२ लाख बक्यौता

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र(लाइसेन्स) खारेज गरेको छ । व्यवसायी अजेयराज सुमार्गी स्वामित्वको स्वामित्व रहेको यो कम्पनीले ‘हेलो नेपाल’ ब्राण्डमा मोबाइल सेवा दिइरहेको छ । प्राधिकरणलाई ७९ करोड ९२ लाख बक्यौता नतिरेपछि लाइसेन्स खारेज गरिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए । उनले भने-‘भदौ १ गतेसम्म पहिलो किस्तावापत करिब ७ करोड रुपैयाँ तिर्न प्राधिकरणले सयमसीमा दिएको थियो । तर, उसले कुनै पनि बक्यौता तिरेन ।’ मध्यपश्चिमको ग्रामीण क्षेत्रबाट सेवा थालेर सुदुरपश्चिम र पश्चिमाञ्चलमा सेवा दिन सक्ने गरी आधारभुत दूरसञ्चार सेवाको लाइसेन्स पाएको नेपाल स्याटेलाइट टेलिकम कम्पनीले प्राधिकरणबाट १८ सय ब्यान्डमा ९ मेगाहर्ज र ९ सय ब्यान्डमा ४.४ मेगहर्जको फ्रिक्वेन्सी पाएको छ । प्रवक्ता अर्यालका अनुसार प्राधिरकणले इन्टरनेट सेवा प्रदायक आइटेल कम्युनिकेशन, वेब सर्फरको लाइसेन्स पनि खारेज गर्ने निर्णय गरेको छ ।

आगलागीले प्रभावित सुविसुका सेवा सबै ठाउँमा सुचारु गर्ने प्रयास जारी, ‘केही दिनमै हुन्छ’

फाइल फोटो काठमाडौँ । इन्टरनेट तथा केबल टेलिभिजन प्रदायक कम्पनी सुविसुले कार्यालय बालुवाटारमा साउन २२ गते आगलागी भएर प्रभावित भएको सेवा लगभग सुचारु भएको भएको छ । आगलागीबाट ठूलो क्षति भएपति ग्राहकको सेवामा कुनै कमी आउन नदिने गरी सुविसु काम गरिरहेको छ । सुविसुका एमडी सुधिर पराजुलीका अनुसार क्षति भएका उपकरणहरु व्यवस्थापन गरिरहेको बताए । पराजुलीले भने-‘हामीले बीमा गरेका कारण नष्ट भएको धेरै सम्पत्तीको व्यवस्थापन गर्न त्यति अफ्ठ्यारो नपर्ला ।’ सुविसुले आफ्नो कम्पनीको बीमा शिखर इन्स्योरेन्स कम्पनीमा गराएको थियो । हाल दाबी भुक्तानी प्रक्रियामा रहेको एमडी पराजुलीले बताए । आगलागीबाट ठूलै क्षती भएकाले सबै ठाउँमा सेवा सुचारी हुन केही ढिलाई भएको उनले स्वीकार गरे । ३५ करोड रुपैयाँको सामाग्रीहरुको बीमा गरिएको कम्पनीले जनाएको छ । बीमा कम्पनीले हामीलार्ई अनुसन्धान गरि रहेको छ । पहिलो चरणको इभ्यालुएसन सकिएको छ । अब बाँकी सबै अवस्थाका बारेमा केही समयमा बीमा कम्पनीमा विस्तृत विवरण जाने छ । सोमबार र मंगलबार धुम्बाराही लगायतका क्षेत्रमा सुविसुको सेवा केही प्रभावित भएको थियो ।

एनसेल लाभकर विवादको निर्णय भदौ ५ मा, लाभकर छली मुद्दाको सुनुवाइ सकियो

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटिडको लाभकरसम्बन्धी विवादको फैसला आगामी भदौ ५ गतेका लागि सरेको छ । न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मातला माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले फैसला लेख्नको काम नसकिएको उल्लेख गर्दै आगामी भदौ ५ गते निर्णय सुनाउने तय गरेको हो । एनसेल प्रालिको ८० प्रतिशत सेयर खरीद बिक्री हुँदा भएको लाभकर छली विवादमा परेको मुद्दाको सुनुवाइ सकिएको छ । त्यसको फैसला मात्र आउन बाँकी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीश मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको बृहत पूर्ण इजलासले गत माघ २३ गते एनसेलले लाभकर तिर्नुपर्ने फैसला गर्दै कर नतिरेसम्म कसैलाई पनि लाभांश वितरण र सेयर बिक्री अनुमति नदिनु भन्ने पूर्ण इजलासले परमादेश जारी गरेको थियो । अदालतले ठूला करदाता कार्यालयले एनसेलमाथि रु ६२ अर्ब ६३ करोड कर निर्धारण गरेको थियो । यसमध्ये करीब रु साढे ३९ अर्ब एनसेलले बुझाउन बाँकी छ ।