कोरोना प्रभावित उहानका बासिन्दालाई १४ दिन पछि अन्यत्र जान खुला गर्ने तयारीमा सरकारको 

उहान । कोरोना भाइरसबाट सर्वाधिक प्रभाव परेको चीनको हुबे प्रान्तको राजधानी उहानका बासिन्दालाई आगामी अप्रिल ८ देखि अन्यत्र जान आउन खुला गरिने भएको छ । भाइरसको संक्रमण रोक्ने उद्देश्यले उहानमा विगत दुई महिनादेखि लकडाउन गरिएको थियो । तर उहानबाट बाहिर जान चाहने व्यक्तिहरुले आफूसँग सरकारी स्वास्थ्य संस्थाले उपलब्ध गराएको हरियो स्वास्थ्य स्टिकर देखाउनु पर्नेछ ।  कोभिड–१९ नियन्त्रण केन्द्रले जारी गरेको सूचनामा उहान बाहिरका स्वस्थ व्यक्तिमा कोरोना फैलिन नपाओस् भन्नका लागि निकै कडा नियमहरु र सावधानी अपनाउन नागरिकलाई आग्रह गरिएको उल्लेख छ । हुबे प्रान्तका अरु क्षेत्रमा बुधबारदेखि नै लागू हुनेगरी यातायात खुला गरिएको छ । हुबेइमा अलपत्र परेका अन्यत्रका कामदारलाई हुबे बाहिर उनीहरुका कार्यस्थलमा सोझै पठाइने व्यवस्था मिलाइएको छ । हुबेमा अर्को सूचना जारी नहुँदासम्म स्कुलहरु भने बन्द हुनेछन् । गत जनवरी २३ मा उहान भित्रिने र बाहिरिने सवारी साधनमाथि रोक लगाइएको थियो । साथै शहरभित्र सार्वजनिक यातायात बन्द गर्नुका साथै उहान बाहिरका उडान र रेलसेवा रोकिएको थियो । यही किसिमका उपायहरु हुबे प्रान्तका अरु क्षेत्रमा पनि लागू गरिएको थियो । विगत पाँच दिनसम्म लगातार कुनै कोरोना संक्रमित व्यक्ति नभेटिएको उहानमा सोमबार भने एक व्यक्तिमा कोरोना देखिएको थियो । पूरै हुबे प्रान्तमा सोमबार एक व्यक्तिमा मात्र कोरोनाको संक्रमण देखिएको थियो । रासस/सिन्ह्वा

अब विद्यार्थीले घरमै बसेर पढ्न सक्ने, इसेवा र मिडास एजुकेशनले ल्याए यस्तो व्यवस्था

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा र मिडास एजुकेशनको सहकार्यमा विद्यार्थीहरूलाई निशुल्क घरमै अध्ययन गर्न सकिने सेवा व्यवस्था मिलाइएको छ । विश्वव्यापी महामारी निम्त्याएको कोरोनाका कारण सम्पूर्ण स्कुलहरू बन्द रहेको अवस्थामा विद्यार्थीहरूले घरमै बसेर निशुल्क रूपमा श्रव्य दृष्य मार्फत अध्ययन गर्न सक्नेछन् । अध्ययनका लागी विद्यार्थीहरूले मिडास एजुकेशनको मोबाईल एप्स् डाउनलोड गर्नुपर्ने छ । एप्लीकेशनमा अर्डर मा क्लिक गरेपछि मागिएको कोडमा ‘esewa’राखेर आफुले चाहेको विषय अध्ययन गर्न पाइनेछ । नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीले आफुले चाहेको विषय अध्ययन गर्न सक्नेछन् । मिडासले विगत एक दशकदेखि नर्सरी देखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित श्रव्य दृष्य सामाग्री मार्फत अध्यापन गराउँदै आएको छ । विद्यार्थीहरू स्कुल जान नपाइरहेको अवस्थामा घरमै बसेर मोबाईल मार्फत अध्ययन गर्न सकुन् भन्ने उदेश्यले यो सेवा दिइएको हो । इसेवा नेपालको पहिलो भुक्तानी सेवाप्रदायक हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

कति कुरा गर्न मन छ ? टेलिकमको भ्वाइस प्याक लिनुस् दिल खोलेर कुरा गर्नुस्

काठमाडाैं । आफ्ना प्रियजनसँग मोबाइलमा दिल खोलेर कुरा गर्न मन छ, तर ब्यालेन्स सकिएर दिक्दार बन्नुभएको छ ? हालको विषम परिस्थितिमा त झन् धेरै कुरा गर्न मन लाग्छ होला । यो अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराइरहेका अनलिमिटेड डे भ्वाइस प्याक र अनलिमिटेड नाइट भ्वाइस प्याक अफरहरु प्रयोग गर्न सकिन्छ । यी प्याक प्रयोग गर्दा पैसा सकिने चिन्ता नलिई जति पनि कुरा गर्न सकिन्छ । अनलिमिटेड डे भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म जतिपनि कल गर्न सकिन्छ । यो भ्वाइस प्याक खरिद गर्नका लागि सिधै *1415*9*2# डायल गर्नु पर्दछ । यो प्याक लिनका लागि DVUNL लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । यो प्याक एक पटक लिए पछि २४ घण्टाभित्र उपयोग गरिसक्नु पर्छ । अनलिमिटेड नाइट भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म असिमित कुराकानी गर्न सकिन्छ । रातभरी कुराकानी गर्नुपर्ने ग्राहकका लागि यो प्याक निकै उपयोगी छ । यो प्याक लिनका लागि *1415*1*5*4# डायल गर्नु पर्दछ । त्यसैगरी NVUNL लेखेर १४१५ मा एसएमएस पठाएर पनि यो प्याक लिन सकिन्छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि *1415# मा डायल गरेर आफूलाई उपयुक्त हुने प्याकेज खरिद गर्न सकिन्छ । नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा प्राप्त हुने विभिन्न प्याकेजमध्ये आफूलाई उपयोगी हुने भ्वाइस प्याक छनौट गरेर पनि प्रयोगमा ल्याउन सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याकहरु खरिद गरी प्रयोग गर्न सकिन्छ ।