नेपाल टेलिकमकाे अनलिमिटेड डाटा र भ्वाइस प्याक यस्ता छन्, कसरी लिन सकिन्छ ?
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय रहेका छन् । सस्तो मूल्यमा असीमित अर्थात कम्पनीकै नेटवर्कमा जति पनि कल गर्न र डाटा चलाउन पाइने भए पछि सेवाग्राहीहरु समेत निकै नै लाभान्वित भएको पाइएको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक निकै नै रुचाइएका छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार आफूलाई उपयुक्त प्याक खरिद गर्न सक्छन् । एक घण्टा अनलिमिटेड प्याक यो प्याक २० रुपैयाँमा लिन सकिन्छ । प्याक एक्टिभ भए पश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सकिन्छ । एक घण्टा सम्म जति पनि भ्वाइस कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने भएकोले यो प्याक निकै नै रुचाइएको छ । डे टाइम भ्वाइस प्याक डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म जति पनि कल गर्न सकिने छ । सो प्याक खरिद गरेको २४ घण्टाभित्र उपयोग गर्न सकिने छ । उदाहरणका लागि विहान १० बजे खरिद गरेको प्याक बेलुकी ५ बजे सम्म र भोलि विहान फेरि १० बजे सम्म प्रयोग गर्न सकिन्छ । आफ्नो आवश्यकता अनुसार आफन्त वा प्रियजनसँग कुराकानी गर्नका लागि यो प्याक निकै नै उपयोगी बनेको छ । अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म कल गर्न सकिन्छ । रातको समयमा जति पनि कल गर्न सकिने भएकाले यो निकै नै उपयोगी बनेको छ । अनलिमिटेड नाइट डाटा प्याक अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत एक रातका लागि १८ रुपैयाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिने प्याक पनि उपलब्ध छ । रातको समयमा डाटा चलाउनु पर्ने व्यवसायीहरुका लागि समेत यो प्याक निकै नै उपयोगी बनेको छ । प्याक खरिद गर्ने तरिका विभिन्न प्रकारका प्याक प्राप्त गर्नका लागि ग्राहकले स्टार१४१५ह्याज मा डायल गरेर आवश्यकता अनुसारको प्याक खरिद गर्न सकिन्छ । विभिन्न नम्बर डायल गरेर वा एसएमएस पठाएर पनि प्याक खरिद गर्न सकिन्छ । एक घण्टा अनलिमिटेड प्याक खरिद गर्नका लागि सिधै स्टार१४१५स्टार८ ह्याज डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्नु पर्छ । त्यसैगरी सिधै एफडि प्याक टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । त्यसैगरी, डे टाइम भ्वाइस प्याक खरिद गर्नका लागि सिधै स्टार१४१५स्टार९स्टार दुइ ह्याज डायल गर्न सकिन्छ । सिधै डिभियुएनएल टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । अनलिमिटेड नाइट टाइम भ्वाइस प्याकका लागि सिधै स्टार१४१५स्टार१स्टार५स्टार४ ह्याज डायल गर्न सकिन्छ । सिधै एनभियुएनएल टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । अनलिमिटेड नाइट डाटा प्याकका लागि सिधै स्टार१४१५स्टार३ह्याज डायल गरेर १ दिनका लागि प्याक लिने भए १ र ७ दिनका लागि प्याक लिने भए २ अंक डायल गर्नुपर्छ । त्यसैगरी एक दिनको प्याकका लागि एनयुएनएल र ७ दिनका लागि भए युएनएल७ टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ । बाँकी प्याक थाहा पाउने तरिका मोबाइलमा लिएको भ्वाइस प्याक वा अन्य कुनै पनि प्याक कति बाँकी छ भनी थाहा पाउनका लागि स्टार१४१५स्टार५५ह्याज डायल गर्न सकिन्छ । त्यसैगरी भिएल लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । त्यसपछि कति भ्वाइस प्याक वा अन्य प्याक बाँकी छ भन्ने जानकारी सहितको एसएमएस आउँछ । साथै नेपाल टेलिकम एपमार्फत पनि बाँकी प्याक थाहा पाउन सकिन्छ ।
सुविसुको क्यान इन्फोटेक अफरः २६५४ मै इन्टरनेट र फूल एचडी प्याकेज
काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ । यस अफरअन्र्तगत सेवा ग्राहीले २५ एमबीपिएस इन्टरनेट र फूल एचडी प्याकेज( २७५ च्यानल, ९५ प्लस एचडी) मात्र २ हजार ६ सय ५४ मै प्राप्त गर्नेछन् । यसको साथमा जडान शुल्कदेखि डिभाइस एक्टिभेसनको शुल्क समेत समावेश गरिएको छ । यसका साथै इन्टरनेट र क्लियर टिभीमा पनि विशेष अफर रहेको छ । ६ दिन सम्म सञ्चालन हुने क्यानमा सुविसुले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति ग्राहक साहयता कक्ष समेत समावेश गरेको छ । यसका साथसाथै विभिन्न खेलहरु र आकर्षक पुरस्कारहरmबाट अवलोकनकर्ताले मनोरञ्न लिन सक्नेछन् ।
काठमाडौंमा क्यान इन्फोटेक शुरु, राेबर्टले काट्यो रिवन, ड्रोनले गर्यो पुष्पबृष्टि
काठमाडौं । सूचना प्रविधि सम्बन्धी प्रदर्शनी ‘क्यान इन्फोटेक २०२० शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले कार्यक्रमको उद्घाटन गरेका छन् । मन्त्री बास्कोटाले रोबर्टको बटन थिचेर रोबर्टबाटै रिवन काटिएकाे छ भने ड्रोनले पुष्प बृस्टि गरेको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गरेको कार्यक्रम फागुन ७ गतेम्म हुने भएको छ । प्रदर्शनीमा करिब १ सय ७४ स्टलहरु रहेका छन् । क्यान इन्फोटेकको इन्नोभेशन एक्स्पोजर वशिेष विशेषता रहेको छ । यस अन्तर्गत स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शनी गरेका छन् । प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रवद्धन गर्ने आफ्नो योजनाअनुरुप क्यान महासंघले इन्नोभेशन एक्स्पोजरलाई विशेष प्राथमिकतामा राखेको हो । सूचनाप्रविधि तथा इञ्जिनियरिङका विद्यार्थीहरुको क्षमता विकास गर्नु, उनीहरुको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहार उपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य हो । क्यान इन्फोटेकको यो संस्करणको प्रवेश शुल्क एक सय रुपैयाँ राखिएको छ, विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउने छन् भने सामुदायिक तथा सरकारी विद्यालयरकलेजका विद्यार्थीहरु, संचारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरूले निशुल्क प्रवेश पाउन सक्नेछन् । क्यान इन्फोटेक २०२० को टिकटलाई पेपरलेस बनाइएको छ । अवलोकनकर्ताले प्रभु पेबाटै टिकट किन्न सक्ने छन् भने प्रदर्शनीस्थलमा पनि किओस्क मेशिनबाट टिकट लिन सकिने छ । यस पटकको क्यान इन्फोटेकमा विभिन्न अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरुले आफ्ना बाण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक झटमा बिक्री समेत गर्नेछन् । अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु पनि प्रदर्शनीमा राखिने छन् ।