चाडपर्वमा नेपाल टेलिकमको अफर, कात्तिक १० देखि १६ गतेसम्म रिचार्जमा कति पाइन्छ बोनस ?

काठमाडौँ । नेपाल टेलिकमले नेपालीहरुको महान चाड तिहारका साथै छठ र नेपाल संवतका अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ । सो अवसरमा मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । यो भन्दा पहिले देखि नै उपलब्ध फोरजी÷एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफरहरुलाई समेत निरन्तरता दिइएको छ । रिचार्जमा बोनस: जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यस योजनामा रु. ५०।–, १००।– र २००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– र १०००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु. ५०।–, १००।– र २००।– को बोनस ३ दिन भित्र र रु. ५००।– र १०००।– को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ । त्यसैगरी एमपोसबाट रु. १०।– देखि ४९९।– सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ । यी अफरहरुलाई पनि निरन्तरता १. फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने छ । २. पहिलो पटक फोरजी÷एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । ३. पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ । यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहने छ । ४. प्रिपेड नम्बरमा पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सकिनेछ । ५. कम्पनीको इन्टरनेट/इन्ट्रानेट लिज लाइन सेवा लिने नयाँ ग्राहकहरुलाई दर्ता शुल्क रु. ३२०।– आगामी छठसम्म निःशुल्क गरिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

एनसेलको तिहार अफरः चार गुणा बढी फोरजी डेटा बोनस

काठमाडौँ । एनसेल प्राईभेट लिमिटेडले तिहार र छठ पर्वको अवसर पारी आफ्ना ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यस अन्र्तगतग्राहकले चार गुणा बढी डेटाको फाईदा लिन सक्नेछन् । यो अफर बिहीबारबाट लागु भई १५ दिन सम्मकालागि सञ्चालनमा रहने छ । यस अफर अन्तर्गत एक दिन समयावधिभएको ७५ एमबी डेटा र सातदिनको समयावधिभएको ५०० एमबीको डेटा प्याकखरिद गर्ने ग्राकहले चार गुणा बढी डेटा भोल्युमको फाईदा लिन सक्नेछन् । कर बाहेक रु १५ (कर सहित रु १९.१५) शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा पाउने छन् । यसको मतलब ग्राहकले कुल ३०० एमबी डेटा पाउनेछन् । त्यसैगरी कर बाहेक रु ७५ (कर सहित रु ९५ंंं.७७) शुल्कमाआउने ५०० एमबीको खरिदमाथप १५०० एमबीफोरजी डेटा बोनस स्वरुप पाउने कम्पनीले जनाएको छ । यसरी कुल २००० एमबी डेटा पाउन सक्नेछन् । ग्राहकले सजिलैसँग एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ४४ ह्यास डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन् । यस अफर अन्तर्गत पाईने बोनस डेटा भोल्युम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिमप्रयोग गरी फोरजी नेटवर्क संचालनमा रहेका स्थानहरुमा चलाउन सक्नेछन् । चाडपर्वको अवसरमा संचालनमा ल्याइएको यस अफरले ग्राहकलाई थप सुविधा प्रदान गर्ने र आफन्त, परिवारजन र साथीभाईबीच सम्पर्कमा रहि रहन, शुभकामना आदानप्रदान तथा खुशी साटासाट गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ । यस अफरबाट फाइदा लिन फोरजी सिम नभएका ग्राहकले आफुलाई नजिकै पर्ने एनसेल सेन्टरमागई आफ्नो सिमलाई फोरजी सिम अर्थात युसिमसँग साट्न सक्नेछन् । यसको लागि रु १ शुल्क लाग्छ । यस प्रक्रियामार्फत युसिमलिने ग्राहकले सातदिनको समयसिमा रहेको एक जिबी डेटा पनि पाउने छन् । यो डेटा दिनको समयमा अर्थात बिहान ५ देखि साँझ ५ बजेको समयमा प्रयोग गर्न सक्नेछन् । युसिम लिएपछि ग्राहकले एष्ट्रिक्स ३२४ ह्यास डायल गर्न सक्छन् र फोरजी सेवाको फाईदा लिन सने जनाइएको छ ।

बीएफआईएनले साइबर क्राइम सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

काठमाडौं । बैकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल(बीएफआईएन) लिमिटेडको आयोजनामा “साइबर खतराबाट वित्तीय सेवाहरुको सुरक्षा”सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको १ दिने सम्मेलन हुँदै छ । उक्त सम्मेलन कात्तिक ८ गते शुक्रबार ठमेलको होटल एलोफमा आयोजना हुने भएको छ । नेपालमा विगतमा साइबर क्राइमहरु बढ्दै गएको हुनाले र यो विषय नेपालको लागि विल्कुलै नयाँ हुने छ । यस सम्मेलनमा श्रीलंका तथा केपीएमजी भारतबाट विशिष्ट विशेषज्ञहरु पनि आउने छ । उनीहरुले बैंक तथा वित्तीय संस्थाहरुलाई साइबर थ्रेट तथा फ्रड सम्बन्धि प्राबिधिक ज्ञान दिने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको बीएफआईएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले बताएका छन् । सुचना तथा संचार क्षेत्रमा नविनतम आविष्कार भएता पनि यसरी नेपालमा बिगतमा साईबर आक्रमण हुनुले भावी दिनहरुमा हुन सक्ने आक्रमण र त्यस्ता आक्रमण कसरी समाधान गर्ने भन्ने यस सम्मेलनको मुख्य उद्धेश्य रहेको छ । यस सम्मेलनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीका संचालकहरु, उच्चपदस्थ कर्मचारीहरु, सुचना तथा संचार विभागका प्रमुखहरु र कर्मचारीहरु, उद्योगी व्यवसायीहरुको ज्ञान वृद्धि गर्नमा योगदान पुग्ने विश्वास रहेको छ । उक्त सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका कायम मुकायम गर्भनर चिन्तामणी सिवाकोटले गर्ने भएका छन् । त्यसपछि सर्वप्रथम श्रीलङ्काका साइबर सुरक्षा विशेषज्ञ सुजित कृस्टीले साइबर सुरक्षा भुदृश्य र वित्तीय क्षेत्रमा बड्दै गरेका ह्याकर र साइबर खतरा: समस्या,चुनौती र समाधानका उपायहरु बिषयमा आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उक्त सेसनको अध्यक्षता भारतको केपि एम्जिका कुनाल पाण्डले गर्दै आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, श्रीलङ्काका साइबर सुरक्षा विशेषज्ञ सुजित कृस्टीले गर्नु हुने तथा उक्त सेसनमा भारतको केपि एम्जिका कुनाल पाण्डेले डिजिटल भुक्तानी उदयमान जोखिम र खतरा विषयमा आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्ने छन् । साथै, उक्त सेसनको वक्ताको रुपमा भारतको केपि एम्जिकासोनी एन्थोनीले जेननेक्स्ट भुक्तानी च्यानलहरुका सुरक्षार जोखिम बिषयमा विस्तृत विश्लेषण निवारणमा नियमनकारी निकायले खेलेको भुमिकाको बारेमा बताउने छन् । त्यसैगरी, बीएफआईएनका प्रबन्ध निर्देशक डा.आत्रेयले गर्ने तथा उक्त सेसनमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली बिभागका निर्देशक शुभाषचन्द्र घिमिरेले नेपालमा भुक्तानी प्रणालीमा कानुन र नियामक मुद्दाहरुको बारेमा जानकारी दिने छन् । साथै, साइबर सुरक्षा बाबुराम अर्यालले नेपालमा साइबर कानूनहरू बर्तमान अवस्था तथा भबिष्य बिषयमा आफ्ना धारणा प्रस्तुत गर्ने छन् । त्यसैगरी चौथो सेसनमा मध्यस्थकर्ताका रुपमा भारतको केपि एम्जिका सोनी एन्थोनीले बैंकिंग साइबर सुरक्षाका चुनौती, वर्तमान र भबिष्य बिषयमा आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साथै, उक्त सेसनमा बीएफआईएनका प्रबन्ध निर्देशक डा. आत्रेय, श्रीलङ्काका साइबर सुरक्षा विशेषज्ञ सुजित कृस्टी, नेपाल राष्ट्र« बैंकका भुक्तानी प्रणाली विभागका निर्देशक शुभाषचन्द्र घिमिरे, साइबर सुरक्षा अधिबक्ता बाबुराम अर्याल, भारतको केपिएम्जिका कुनाल पाण्डे रस्ट्यान्डर्ड चार्टर्ड बेंकका मुख्य अपरेटिंग अफिसर सुजित श्रेष्ठ लगायतका बक्ताहरुले पनि आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उक्त सम्मेलको मुख्य प्रायोजकको रुपमा निम्बल इन्फोसिस् रहेको छ भने नलेज पार्टनरका रुपमा केपीएमजी रहेको आयोजक बीएफआईएनले जानकारी दिएको छ ।