५० कर्मचारीलाई अफिसमै खाने बस्ने सुविधा दिएर सेवा निरन्तर दिँदै डिसहोम

काठमाडौं । सरकारले कोरोना (कोभिड १९) नफैलिओस् भन्ने उदेश्यले देशभर लक डाउन घोषणा गरेको छ । सरकारले यो समयमा सबैलाई घरभित्रै बस्न आग्रह गरेको छ । सरकारले भने अनुसार घरभित्र बस्दाको सबैभन्दा राम्रो साथी भनेको नै टिभी हो । टिभी हेरेर समय कटाउन सजिलो हुन्छ । यस्तै, परिवेशमा टेलिभिजन सेवा प्रदानक डिसहोमले भने आफ्नो सेवा प्रवाहमा कुनै समस्या नआओस् भनेर विशेष सतर्कता अपनाएको छ । लकडाउनको समयमा टिभी हेर्नेहरुका संख्या ह्वात्तै बढ्ने र यसले सेवा प्रवाहमा समस्या हुन्छ कि भनेर डिसहोमले पूर्वसावधानी अपनाएको हो । आफूहरुले प्रदान गर्ने सेवा अत्यावश्यक सेवाभित्र पर्ने भएकोले कुनै पनि परिस्थितिमा समस्या नआओस भनेर विशेष सतर्कता अपनाइएको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य बताउँछन् । ‘कोरोना संक्रमण सन्त्रासको कारण नेपाल सरकारले पनि गम्भीर पहल गर्छ भन्ने पूर्वअनुमान गरिएको थियो, त्यसैले सरकारले लकडाउनको घोषणा गर्नु अगाडी नै केही पूर्वतयारी गरेका थियौं, त्यही तयारीकै कारण अहिलेसम्म हाम्रो सेवा प्रवाहमा कुनै समस्या आएको छैन,’ प्रबन्ध निर्देशक आचार्यले विकासन्युजसँग भने । लकडाउनको समयमा सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । घरभित्रै बस्नु परेको कारण अहिलेको सबैभन्दा राम्रो विकल्प नै टिभी भएको छ । सूचना तथा मनोरञ्जनमा साथ दिने भएकाले बालकदेखि वृद्धसम्म घरभित्रै बसेर टिभी हेर्ने गर्छन् । केही कर्मचारीलाई अफिसमै खाने बस्ने सुविधा डिसहोमले आफ्ना ग्राहकहरुलाई दिने सेवामा कुनै किसिमको अवरो उत्पन्न नहोस् भन्ने उदेश्यका साथ केही कर्मचारीलाई कार्यालयमै बस्ने तथा खाने व्यवस्था मिलाएको आचार्यले जानकारी दिए । हालसम्म डिस होमको कलसेन्टरमा समेत गरेर ३ सय ५० कर्मचारीहरुले काम गर्छन् । अहिले लकडाउनको समयमा डिसहोमले ५० जना कर्मचारीहरुलाई कार्यालयमै बस्ने तथा खाने व्यवस्था मिलाएको हो । कार्यालयको नजिकै घर हुने कर्मचारीहरु घरबाटै आएर काम गर्ने गरेको र टाढा बस्ने केही कर्मचारीलाई भने कार्यालयमै बस्ने तथा खाने व्यवस्था मिलाइएको आचार्यको भनाइ छ । रिमोट सेवा दिइदै डिसहोमले अहिले घरघरमा गएर टिभी जोड्ने काम भने गरेको छैन । तर, रिमोट सर्भिसको काम भने गरिरहेकोे छ । रिमोट सर्भिस भन्नाले डिसहोमका कर्मचारीहरुले भौतिक रुपमा उपस्थित हुन नसकेको अवस्थामा प्रदान गरिने सेवा हो । विदेशी च्यानलको शुल्क तिर्न भने केही ढिलाई बाहिरबाट आउँने च्यानल भारतका जी, स्टार, सिंगापूरका एचबीओ जस्ता च्यानलहरुको लागत शुल्क बुझाउन नपाएको डिस होमले जनाएको छ । भोलिका दिनमा यस्ता समस्या समाधान गर्दै अघि बढ्ने लक्ष्य दिएको डिस होमको भनाई छ ।

१००० को सिम रिचार्ज गर्दा १००० नै बोनस पाइने, १० दिनभित्र खपत गर्नुपर्ने

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन रिचार्जमा शत प्रतिशत वोनसको व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार अधिकतम १ हजारको रिचार्ज गर्दा १ हजार नै बोनस पाइने छ । तर बोनसबाफत प्राप्त रकम बढीमा १० दिनभित्र खपत गर्नु पर्नेछ । ‘एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत रु. १० देखि रु. ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ । साथै रु. १०० देखि रु. ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र खपत गरिसक्नु पर्नेछ । यसैगरी रु. ५०० देखि रु. ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने रु. १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्नेछ’ नेपाल टेलिकमका प्रबक्ता राजेश जोशीले भने । वोनसको व्यवस्था अनुसार नेपाल टेलिकमको जीएसएम तथा सीडीएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ । यसरी प्राप्त गरेको वोनस रकमबाट प्याकेज बाहेकको दररेट अन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिने छ । तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन सकिने छैन । रिचार्ज कार्ड प्रयोग गरी रु. ५० र रु. १०० को रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने रु. २०० र रु. ५०० को रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । त्यसैगरी रु. १००० को रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ । सो व्यवस्था यही २०७६ चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुनेछ । कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले मिति २०७६ चैत्र ११ देखि १८ सम्म पूर्ण लकडाउन घोषणा गरेको सन्दर्भमा यो योजना ल्याएको प्रबक्ता जोशीले जानकारी दिए ।

सरकारले स्थापना गरेकाे कोरोना कोषमा इसेवाको ५ लाख सहयोग

काठमाडाैं । ‘इसेवा’ले कोरोना भाइरस संक्रमण तथा रोकथाम लागि सञ्चालित कोषमा ५ लाख रुपैयाँ सहयाेग गर्ने भएकाे छ । अनलाइन भुक्तानी ‘इसेवा’ले काेराेनाकाे जाेखिम न्यूनिकरणका लागि साे रकम सहयाेग गरेकाे जनाएकाे छ । सरकारले आइतबारबाट सुरु गरेको ‘कोरोना भाइरस संक्रमण,नियन्त्रण तथा उपचार कोष’मा ५ लाख रुपैयाँ जम्मा गरिसकेको इसेवाले जनाएको छ।