अब मोबाइल मै प्रभु टिभी, एक महिनासम्म सित्तैमा हेर्न पाइने
काठमाडाैं । हाल जारी रहेकाे लकडाउनकाे परिस्थतिमा नेपालीहरूले अब घरमै बसी बसी माेबाइलमै टिभी हेर्न पाउने भएका छन् । घरमा बस्दा बस्दा दिक्क मानिरहेका नेपालीहरूकाे हालकाे अवस्थालाई मध्यनजर गर्दै प्रभु टिभीले निःशुल्क टिभी हेराउने अफर ल्याएकाे हाे । प्रभु टिभीले हालकाे अवस्थामा नेपालीहरुलाई मनोरञ्जन तथा नयाँ नयाँ सूचनाकाे जानकारी दिने उद्देश्यले एनसेलसँग साँझेदारी गरी उक्त अफर ल्याएकाे हाे । यससँगै, एनसेलका प्रयाेगकर्ताले प्रभु टिभीकाे सम्पुर्ण च्यानलहरू एक महिनासम्म सित्तैमा हेर्न पाउने भएका छन् । जसका लागि एनसेलका प्रयाेगकर्ताले प्रभु टिभीको वालेटमा गई प्रभु टिभी ओटीटी एप डाउनलोड गर्नु पर्नेछ । सो एपमा नेपाली च्यानलहरु सहित विश्वभरका सबै किसिमका १ सय ५० वटा च्यानलहरु एचडी क्वालिटीमा हेर्न सकिने प्रभु टिभीले जनाएको छ । यससँगै उनीहरूले रमाइला रमाइला कार्यक्रमहरूकाे लाइभ हेरि लकडाउनकाे समय बिना दिक्दारीका साथ बिताउन सक्ने कम्पनीकाे विश्वास रहेकाे छ ।
लकडाउनमा टेलिकमः ३० प्रतिशत घट्याे भ्वाइसकल, ४० प्रतिशतले बढे इन्टरनेट चलाउने
काठमाडौं । सरकारले देशलाई लकडाउन घोषणा गरेसँगै सम्पूर्ण व्यवसायहरु ठप्प बनेका छन् । लकडाउनको समयमा सरकारले अत्यावश्यक सेवालाई सुचारु राख्न निर्देशन दिएपनि तिनीहरुमा व्यापार भने उल्लेख्य भएको छैन । सर्व साधारणहरु घरभित्रै भएकोले पनि अर्थतन्त्र चलायमान हुन पाएको छैन । नागरिकहरुका लागि सबैभन्दा अत्यावश्यक सेवा भनेको सुचना तथा सञ्चार हो । अआजभोली लकडाउनको समयमा धेरै मानिसहरु मोबाइलकै साहारमा दिन कटाइरहेका छन् । देश लकडाउन भएकोले पनि सबै घरमा छन् । टेलिकमका अनुसार अहिले फोन गर्ने अर्थात भ्वाइसकल गर्ने ग्राहकको संख्या ३० प्रतिशतले घटेको छ । लकडाउन हुनु भन्दा पहिलेको तुलनामा अहिले सो संख्या घटेको हो । नेपाल टेलिकमका कार्यकारी निर्देशक डिल्लीराम अधिकारीले यो अवधिमा भ्वाइसकल गर्ने ग्राकहको संख्यामा ३० प्रतिशतले कमि आएको बताए । ‘पहिले घर परिवार एक आपसमा टाढा हुन्थे, अहिले सबै सँगै छन्, पहिले व्यापारी पनि धेरै कल गर्थे, अहिले त्यो संख्या पनि घटेको छ, त्यसकारण पनि भ्वाइसकल घटेको हो,’ उनले भने । इन्टरनेश्नलकल भ्वाइसकल र रोमिङ नै टेसलिकमका मूख्य आम्दानीका स्रोत भएकोले ती नै अहिले घटेपछि विजनेश पनि नभएको उनले बताए । अहिले इन्टरनेट डेटा डिमाण्ड भने ३० देखि ४० प्रतिशतसम्म बढेको उनले बताए । तर, नेपाल सरकारले २५ प्रतिशत छुट दिनु भन्ने निर्देशन दिएसँगै डेटामा पनि आएको फाइदा डिस्काउण्टमा जाने गरेको उउनको भनाइ छ। अहिले नेपाल टेलिकमले डाटा शुल्क ३० प्रतिशतसम्म घटाएको उनले बताए । सरकारले चैत्र १६ गते इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई २५ प्रतिशत शुल्क घटाउन निर्देशन दिएपछि टेलिकमले ३० प्रतिशतसम्म शुल्क घटाएको जनाएको छ । जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको उनको भनाइ छ । नयाँ व्यवस्था अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा पर्ने टेलिकमले जनाएको छ । यसैगरी कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गदा चैत्र २० देखि २६ गतेसम्म लागू हुने गरी ५० प्रतिशत छुट उपलव्ध गराउने बताइएको छ ।
लकडाउनले डिमाण्ड बढेका विजनेश, रेभिन्यु भने ह्वात्तै घट्यो
काठमाडौं । देश लकडाउनमा छ । आम सर्वसाधरणहरु घरभित्रै छन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस भाइरसको नियन्त्रण तथा रोकथामका लागि विश्व लागि परिरहेको छ । विभिन्न देशहरुले आ आफ्नै तरिकाले यसको विधि अपनाई रहेका छन् । धेरै देशहरुले लकडाउन गरेका छन् । यसले पनि अहिले विश्व बजार सुनसान छ । कोरोना भाइरसको संक्रमणका कारण नेपाल पनि अछुतो रहन सकेको छैन । अहिले नेपाली बजारमा पनि आर्थिक गतिविधीहरु ठप्प बनेका छन् । दैनिक ज्यालादारी गर्नेदेखि उद्योगी व्यवासयीसम्म घरभित्रै छन् । सरकारले देशलाई लकडाउन घोषणा गरेसँगै मानिसहरुले आफ्ना दैनिक गतिविधीमा सरिक हुन पाएका छैनन् । फलस्वरुप त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा परिरहेको छ । सरकारले अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्न निर्देशन दिएसँगै सबै व्यावसायिक सेवाहरु बन्द छन् । सकारले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । हुनत आम सर्वसाधारणहरु ती अत्यावश्य सेवामा सहभागी हुने क्रम बढ्दै गएको छ । तर, त्यसबाट हुनु पर्ने फाइदा ती सेवाहरुलार्य नभएको सरोकारवालाहरुले बताएका छन् । अत्यावश्यक सेवामा सरकारले टेलिफोन, सञ्चार, इन्टरनेटलगायतका सेवाह्रुलाई सुरु गर्न निर्देशन दिइसकेको छ । तर, ती सेवाहरुमा डिमाण्ड भोलुम बढेपनि बिजनेश ग्रोअप अर्थात रेभिन्युमा भने कमि आउँदै गएको छ । नेपाल टेलिकमका कार्यकारी निर्देशक डिल्लीराम अधिकारीले लकडाउनको समयमा धेरै रेभिन्यु घटेको बताए । उनले यो समयमा डेटाको माग बढेपनि राजश्वमा भने वृद्धि नभएको बताए । ‘नाफा–नोक्सान जे भएपनि अत्यावश्यक सेवा भएकोले सेवा दिनै पर्छ, लकडाउनभन्दा अगाडिको राजश्व अहिले आँकलन गर्न पनि मिल्दैन, हाम्रो डेटा डिमाण्ड बढेपनि रेभिन्यु भने घट्दै गएको छ, उनले भने । टेलिकमले अहिले उपभोक्ताको सेवाका लागि नेट विस्तार, सफ्टवेर बढाउने, सर्भरको लिंक क्षमता बढाउनेलगायतका कम्प्युटरबाट गरिनो कामहरु गरिरहेको उनको भनाइ छ । भएका ग्राहकहरुको सेवाका लागि गुणस्तर मेन्टेन गर्ने काम भइरहेको उनले बताए । ‘अहिले फ्याम्ली र व्यावसयिक कल ह्वात्तै घटेको छ, इन्टरनेश्नल कल भ्वाइसकल र रोमिङ नै हाम्रो मुख्य राजश्व संकलन गर्ने स्रोत हुन, ती नभएपछि राजश्वमा स्वभाविक रुपमा गिरावट आउँछ,’ उनले भने । भ्वाइसकल २० देखि ३० प्रतिशत घटेको उनको भनाइ छ । तर, डेटा डिमाण्ड भने ३० देखि ४० प्रतिशतसम्म बढेको उनले बताए । नेपाल सरकारले २५ प्रतिशत छुट दिनु भन्ने निर्देशन दिएसँगै डेटामो आएको फाइदा डिस्काउण्टमा जाने गरेको उनले बताए । त्यसैले पनि टेलिकमको राजश्वकमा गिरावट आएको उनको भनाइ छ । अहिले नेपाल टेलिकम मात्र नभएर सबै सरकारी तथा निजी सेवा प्रदाय कम्पनीहरूकाे राजश्वमा ह्रास आएको बुझिएको छ । यस्तै, अत्यावश्यक सेवा मध्येको इन्टरनेट सेवाको राजश्वमा पनि परिवर्तन आएको छैन । इन्टरनेटको डिमाण्ड बढेपनि बिजनेस ग्रोअप भने नभएको नेपाल दुरसञ्चार प्राधिकरणका सुचना अधिकारी सन्दिप अधिकारीले बताए । उनले नयाँ नयाँ लाइन जोड्ने प्रक्रिया रोकिएको भएकोले पहिलेको ग्राहकलाई सेवा दिन समस्या भइरहेको बताए । ‘अहिलेको इन्टरने सेवा निरन्तर चल्नको लागि सहज गरिरहेका छौं, सबै होम क्वारेन्टाइनमा भएकोले डिमान्ड बढेको छ, व्यापार भने बढेको छैन उनले भने,’ उनले भने । अत्यावश्यक सेवा भएकोले दिइरहेको तर राजश्व पहिलेको भन्दा घटेको बुझिएको उनको भनाइ छ । अहिले इन्टरनेट सस्तो र मानिसहरुले समय बिताउनका लागि भएपनि चलाउने हुुनाले भएको सेवालाई नै मेन्टेन भइरहेको उनले बताए । सरकारले इन्टरनेटमा छुट दिने भन्ने निर्देशनले पनि आएको राजश्व पनि पुनः कम हुने उनको भनाइ छ । यस्तै,केबल नेटवर्क अर्थात डिटिएच सेवा प्रदायक कम्पनीहरुको रेभिन्युमा पनि गिरावट आएको बुझिएको छ । डिसहोमका जनरल म्यानेजर रमेश सापकोटाले पहिलेको भन्दा अहिले राजश्वमा गिरावट आएको हुन सक्ने बताए । त्यसको निश्चित भने पछि थाहा हुने उनले बताए । अहिले नयाँ ग्राहक थप्न सकिएको अवस्था छैन, पुरानै ग्राहकलाई थप सेवा दिइरहेका छौं, घरभित्रै भएकोले पुराना ग्राहक थप सक्रिय भएका छन्, रिचार्ज नपाएकोले पनि टिभी हेर्न सकिरहेका छैनन्, उनले भने । ‘लकडाउन हुनुभन्दा केही दिन अगाडि राजश्व बढेको थियो, अहिले घटेको छ, कति घट्यो त्यो भने पछि थाहा हुन्छ,’ उनले भने । आफुहरुले रिचार्ज नपाएका ग्राहकका लागि १० दिनसम्मका लागि क्रेडिट सेवा दिइरहेका उनको भनाइ छ । अहिले लक डाउनको समयमा सर्वसाधारणहरु घरभित्रै भएकोले पनि अत्यावश्य सेवाको माग बढेको छ । तर, उनीहरु घरबाहिर आउन नपाउनाले पनि आर्थिक गतिविधीमा कमि आएको देखिन्छ ।