आइस्पानको प्राधिकरणलाई पत्र,‘इन्टरनेटको शुल्क उठाएन भने व्यवसाय चल्दैन’

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले दुरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ । आइस्पानले आज प्राधिकरणलाई पत्र पठाउँदै इन्टरनेटको बिल नउठाउने हो भने व्यवसाय चलाउन समस्या हुने उल्लेख गरिएको छ । शारीरिक रुपमा पूर्णरुपले अशक्त तथा वृद्धबाहेक अन्यलाई डिजिटल भुक्तानीको प्रयोग गरी इन्टरनेट सेवा शुल्क भुक्तानी गर्न आग्रह गरेको छ । आइस्पानले दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रमा लेखिएको छ, ‘शारिरिक रुपले पूर्णरुपमा अशक्त, घरमा कुनै सहयोगी नभएका वृद्ध ग्राहकहरुका लागि बिना भुक्तानी निरन्तर इन्टरनेट सेवा प्रदान गरिरहेको जानकारी गराएको छ।’ दूरसञ्चार प्राधिकरणले गत शुक्रबार एक सूचना जारी गर्दै लकडाउनको अवधिभर ग्राहकहरुको इन्टरनेट सेवा निरन्तर सञ्चालन गर्न र सम्भव भएसम्म अनलाइन माध्यमबाट भुक्तानीको व्यवस्था गर्न आग्रह गरेको थियो । एकातिर सेवाको भुक्तानी समयमा उठ्न सकेको छैन । अर्को्तिर लकडाउनका कारण इन्टरनेटको खपत अत्यधिक बढेको अवस्थामा सोको आर्थिक भार सेवा प्रदायकमा परेको पत्रमा लेखिएको छ ।

नाफा घाटाको कुरा पछि गरौंला, यो महामारीमा सकेसम्म सेवा दिने होः अधिकारी

कोरोना भाईरस (कोभिड १९) को महामारी विश्वभर फैलिएको छ । कोभिड १९ संक्रमणबाट जोगिन अधिकांश देशले लकडाउन गरेर सर्वसाधारणलाई घरमै राखेका छन् । नेपालमा पनि ११ चैतदेखि देशभर लकडाउन गरिएको छ । यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव सबै क्षेत्रमा परेको छ । यस्तो बेलामा अत्यावश्यक सेवा भित्र पर्ने दूरसंचार सेवा स्वभाविक रुपमा प्रवाह गर्न नेपाल टेलिकम (एनटीसी) ले कस्तो उपाय अपनाएको छ ? फोरजी सेवा विस्तारको काम कहाँ पुग्यो ? लकडाउनले टेलिकमलाई के कस्तो असर पारेको छ भन्ने लगायतका विषयमा टेलिकमका प्रबन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारीसँग विकासन्युजका लागि नविन पोखरेलले कुराकानी गरेका छन्ः लक डाउनमा नेपाल टेलिकमले सेवा प्रवाहको व्यवस्थापन कसरी गरिरहेको छ ? अहिले सेवा प्रवाहका लागि हामीले २/३ प्रकारका मोडालिटी अपनाएका छौं । एउटा भनेको फिल्डमा खटेर मर्मत सम्भारको काम गर्ने हो । उक्त मर्मत सम्भारमा व्यकबोन लिंक, पावर सिस्टममा आउँने समस्या, टावरका समस्या समाधान गर्ने जस्ता काम पर्छन् । सोही कामका लागि जिल्ला प्रशासन कार्यालयबाट हामीले पास लिएका छाैं । सोही पासको सदुपयोग गर्दै हाम्रा कर्मचारीहरु काममा खटिएका छन् । अर्को भनेको फोरजी, जिएसएमका कोर नेटवर्कका लागि काम गर्ने हो । यस्तै, व्याकबोनको लागि हामीले कर्मचारीहरुलाई सिफ्ट मिलाएर काममा खटाएका छौं । अरु सामान्य ग्राहक सर्पोटका कामहरु हामीले गरिरहेका छाैं । टेक्निकल इन्जिनियरहरुले घरबाटै काम गर्ने (वोर्किङ्ग फ्रर्म होम) विधि कार्यान्वयन गरिएको छ । मनिटरिङ्ग, कन्फ्यूग्रेसन, सुभर भिजन गर्नुपर्ने कुरा भिपिएन लिंकबाट घरबाटै गरिरहेका छौं । घरबाट सुभरभिजन हुन नसक्ने विशेष अवस्थामा मात्र साइटमा आउँने व्यवस्था मिलाईएको छ । यस्तै, रिचार्ज कार्ड वितरण गर्न पास भएको गाडी मार्फत गर्दै आएका छौँ । अर्थात टेलिकमले प्रवाह गर्ने कुनै पनि प्रकारको सेवामा कुनै कमिकमजोरी भएको छैन । अहिले पनि सहज ढंगबाट सेवा प्रवाह भइरहेको छ । कोरोना महामारी रोकथाममा नेपाल टेलिकमले आफ्नो तर्फबाट कस्तो भुमिका खेलिरहेको छ ? नेपाल सरकारले स्थापना गरेको कोरोना महामारी विरुद्धको कोषमा टेलिकमका कर्मचारीका तर्फबाट २ करोड रुपैयाँ तथा टेलिकमबाट १० करोड रुपैयाँ गरी १२ करोड रुपैयाँ योदान गरेको अवस्था छ । आमजनतालाई कोरोना बारे सुसुचित गराउँने उदेश्यले फोन गर्ने वित्तिकै कोरोना संक्रमण रोकथामका लागि जनचेतनामुलक सामग्री सुन्न सकिने व्यवस्था मिलाइएको छ । यो पनि निकै प्रभावकारी भएको प्रतिक्रिया पाइरहेका छौँ । अर्को भनेको *1419# डायल गरेर सम्भावित कोरोरा संक्रमित व्यक्तिको पहिचानमा सहज होस भन्ने उदेश्यले सर्वेक्षण समेत गरका छौँ । टेलिकमले गरेको यो कार्य पनि महामारी नियन्त्रण र रोकथामका लागि विशेष प्रकारको हो । अर्को, टोल फ्री सर्भिस प्रदान गरेका छौँ । कल सेन्टर हाम्रो अफिसको परिसर छाउनीमा रहेको छ । लकडाउनको अवधिमा इन्टरनेट तथा भ्वाइस कल सेवामा प्रयोगकर्ताको वृद्धि दर कस्तो छ ? लकडाउनको अवधिमा प्रयोगकर्ताको संख्यामा भन्दापनि भोलुममा उतारचढाव आएको छ । भ्वाइस कलको सेवामा करिब २५ प्रतिशतले कमी भएको छ । यो समयमा सबै जना घरमै हुने भएकाले पारिवारिक कल नहुने भएकाले यस्तो भएको हुन सक्छ । अहिले व्यापार व्यवसाय पनि छैन । त्यसकारण व्यापारिक कल खासै हुदैन । अन्र्तराष्ट्रिय यात्रा रोकिएकाले रोमिङ्ग कल पनि हुँदैन । विदेशमा बसेका नेपालीसमेत आफ्नै निवासमा बसेका छन् । सोही कारण नेपालमा मात्र नभई संसारभर नै कल भोलुम घटन पुगेको छ । यस्तै, मोवाईल डाटा र फिक्स डाटा उपभोग भने बढेको छ । घरमा बसेर सामाजिक संजालहरु फेसबुक, भाइबर, टिकटक चलाउँनेहरु बढेकाले ईन्टरनेट प्रयोगकर्ता भोलुम वृद्धी भइरहेको छ । नयाँ बर्षको अवसरमा नेपाल टेलिकमले ग्राहकलाई दिएको उपहार योजना के के हुन् ? यसपालिको नयाँ वर्ष उत्सवमय भएन । अहिले विश्वमा नै फैलिरहेको कोरोना महामारीले खुशी दिएको अवस्था छैन । सोही कारण लकडाउनलाई नै केन्द्रित गरेर ग्राहकलाई हामीले केही प्याकेज दिएका थियौँ । ‘स्टे कनेक्टेड’ प्याकेज मार्फत भ्वाईस प्याकेज खरिद गर्दा ५० प्रतिशसम्म थप भोलुम पाउँने, डेटा प्याकेज खरिद गर्दा ४ सय प्रतिशतसम्म बोनश डाटा पाउँने प्याकेज ल्याएका छौँ । पहिलेदेखि चलिरहेका प्याकेजहरुलाई अर्को व्यवस्था नभएसम्मको लागि चैत्र ३० गतेदेखि नै निरन्तरता दिइरहेको अवस्था छ । फोरजी सेवा अपग्रेड गर्ने कार्य के भइरहेको छ ? फोरजी अपग्रेड कार्य छिट्टै सक्याउँने लक्ष्य लिएका थियौं । चिनीयाँ कम्पनी मार्फत नै काम गरेकाले जनवरीको दोस्रो हप्ताबाट विज्ञहरु चीन जादाँ कोरोनाका कारण फर्किन पाएनन् । कोरोना संक्रमण अहिले नेपालमा नै आइसकेको अवस्था छ । लकडाउनपछि त फोरजीको काममा पूर्ण रुपमा असर परेको अवस्था छ । फोरजी अपडेटका लागि ६०/६५ प्रतिशत रेडीयो नेटवर्कको काम सम्पन्न भइसकेको छ । कोर नेटर्वकको काम भने संचालन भइरहेको छ । लकडाउन नभएको भए काम निकै अगाडि पुगिसकेको अवस्था हुन्थ्यो । देशमा प्रमुख शहरहरुमा फोरजी सेवा पुगिसकेको अवस्था छ । आगामी मे महिनासम्ममा हामीले फोरजी नेटवर्ककको काम सक्ने लक्ष्य लिएका थियौँ । आगामी दिनमा के हुन्छ भन्ने कुरा अहिले नै आँकलन गर्न सक्ने अवस्था छैन । तर, २०७७ सालमा हामी देशका ७७ जिल्लामा नै फोरजी नेटवर्क बिस्तार गर्ने पक्षमा छौँ । ह्वाट्स एप भाईबर जस्ता संजालबाटबाट गरिने कुराकानी बढ्दो क्रममा छ, यसले नेपाल टेलिकमको आम्दानीमा कस्तो असर परेको छ ? कल गर्नको लागि भाईबर, म्यासेन्जर, ह्वाट्स एप जस्ता संजालकैे प्रयोग हुने भएकाले कलमा केही कमी आएको अवस्था छ । सोही कारण टेलिकमको आम्दानीसमेत केही हदसम्म प्रभावित हुन पुगेको अवस्था छ । कारोना भाइसर संक्रमणपछिको अवस्थाले नेपाल टेलिकमलाई पारेको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावहरु के–के हुन् ? फिल्ड वर्कभन्दा बाहेकका काम सबै बन्द छन् । टेलिकमका कतिपय कामको लागि आउट सोर्सिङ गर्नुपर्ने हुन्छ । लकडाउनले त्यस्ता काममा असर परेको अवस्था छ । अहिले घरमा जान सक्ने अवस्था छैन । भ्वाईस नेटवर्ककको कामदेखि रिचार्ज कार्ड वितरणसम्ममा प्रभाव परेको छ । फिजिकल रिचार्ज कार्ड वितरणमा समस्या छ । भनेको बेलामा पसल खुलेका हुदैनन्। किन्ने मान्छेपनि सहज रुपमा किन्न पाउँने अवस्था छैन । अप्रत्यक्ष असरको कुरा राष्ट्रिय अर्थतन्त्रमा पर्ने असरको कुरा आउँछ । रोजगारी तथा अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परिरहेको छ । यसको असर हामीलाई पनि पर्छ । कोरोना महामारीपछि मान्छेको तौरतरिका, काम गर्ने बानी, सामाजिक सम्बन्ध राख्ने जस्ता हरेका कुराहरु परिवर्तन हुन सक्छ । हामीले त्यो कुरा हेर्नको लागि संक्रमणपछिको समयसम्म कुर्नै पर्ने हुन्छ । अहिले नै यति प्रभाव पर्छ वा पर्दैन भनेर आँकलन गर्न सकिने अवस्था छ्रैन । सरकारले निर्देशन दिए बमोजिम भ्वाईस तथा इन्टरनेटमा छुट दिँदा नेपाल टेलिकमलाई फाइदा हुन्छ कि हुँदैन ? लकडाउनको पहिलो अवधिमा हामीले बोनश दिएका थियौं । नेपाल दूरसंचार प्राधिकरण (एनटीए) को निर्देशन मान्दै हामीले बोनश दिएका थियौं । यसले ग्राहकलाई फाइदा हुन्छ । तर, कम्पनीलाई भने कुनै पनि फाइदा हुँदैन । यो त महामारीमा दिइएको एक किसीमको योगदान हो, सहुलिएत हो । विषम परिस्थितिमा ग्राहकलाई एनटीसीले नाफाभन्दा पनि सेवाको उदेश्यले यस्ता सुविधा दिँदै आएको छ । सरकारले भने अनुसार नै इन्टरनेटमा छुट दिदै आएका छौं । यस्तै टेलिफोनको बिल तिर्ने कुरामा पनि बैशाख मसान्तसम्म समय दिएका छौँ । यी कुराहरु फाइदाकै लागि भन्दा ग्राहकहरुलाई हामीसँग जोड्न गरेका हौँ । टेलिकमको चालु आवको आयव्यय र नाफामा कोरोना माहामारीले असर गर्छ कि गर्दैन ? सेवा खपत कम भइरहेको छ । आर्थिक गतिविधि कम भएकाले आम्दानीमा असर पर्छ । यस्तै, हामीले गर्ने खर्चमा पनि निकै प्रभाव पर्छ । कुन मानेमा कति खर्च हुन्छ भन्ने कुरा अहिले भन्न सक्दैनौं । युरोपका देश नै ८६ दिनसम्म लक डाउनमा परे । नेपालमा पनि लकडाउनको असर दुरसंचार क्षेत्रमा पनि स्वभाविक रुपमा नै पर्ने देखिन्छ । डिजिटल पेमेन्ट सहज बनाउने किसीमले टेलिकमले सेवा प्रवाह गर्दै छ कि छैन ? यसमा २ वटा कुरा गर्न चाहन्छु । एउटा, बिल भुक्तानी तथा रिचार्जमा हामीले एमपोस मार्फत गर्दै आएका छौँ । यसका लागि ईसेवा, वालेट, खल्तीमार्फत काम भइरहेको छ । यस्तै, एसएमएस बैकिङ्ग, अनलाईन बैकिङ्गमा नेपाल टेलिकमले सहकार्य गरिरहेको छ । यस्तै, भिसाकार्डको पिन नम्बर मार्फत नेपाल टेलिकमको भुक्तानी गर्न मिल्नेलगायतको सेवा संचालन गर्दै आएको छ ।

लकडाउनमा पनि डिस होम जडान गर्ने घटेनन्, दैनिक डेढ सयभन्दा बढीको रिक्वेष्ट

काठमाडौं । डिटिएच सेवा प्रदायक कम्पनी डिसहोमले लकडाउनको समयमा पनि आफ्ना ग्राहकहरुलाई सेवा दिइरहेको छ । सरकारले अत्यावश्यक सेवा सुचारु नै गर्न निर्देशन दिएसँगै डिसहोमले आफ्नो सेवा विस्तार निरन्तर गरिरहेको हो । डिटिएच सेवा प्रदायक कम्पनीहरु मध्येको अग्रणी सेवा प्रदायक कम्पनी डिसहोमले लकडाउनको समयमा पनि दैनिक डेढ सयभन्दा बढी नयाँ डिसहोम जडान गर्दै आएको बताएइको छ । डिसहोमका सेल्स म्यानेजर जेबी गुरुङले लकडाउनको समयमा ग्राहकको माग झन बढेको बताए । उनले देशका ७७ वटै जिल्लामा विभिन्न च्यानलहरुबाट सेवा विस्तार गरिरहेको बताए । ७७ वटै जिल्लामा स्थानीय डिलरहरुसँग समन्वय गरेर सेवा दिइरहेको जानकारी दिए । मानिसहरु अहिले लकडाउनको समय भएकोले पनि घरभित्रै छन् । उनीहरुका लागि समय खर्चिने एक साधनका रुपमा डिस होम स्थापित भएको छ । यसका साथै, डिस होमले आफ्ना ग्राहकलाई मध्येनजर गर्दै विभिन्न प्याकेजहरु ल्याएको छ । अहिले डिसहोमले ग्राहकका लागि १० दिनसम्मकाे क्रेडिट सुविधा ल्याएको छ । जसमार्फत टीभीमा रिचार्ज सकिएपनि १० दिनसम्म पुनः डीस हाेम हेर्न सक्नेछन् ।  यस्तै, अतिरिक्त शुल्क नलिएर च्यानलहरु पनि बढाएको कम्पनीले बताएकाे छ । कम्लपनीले कडाउनको समयमा ग्राहकलाई मध्येनजर गर्दै ट्रोल फ्रि नम्बर पनि राखेको छ । कम्पनीले एनटीसीका ग्राहकका लागि १६६००१२२००० र ९८०११५५००० ट्रोल फ्री नम्बरकाे व्यवस्था गरेको छ । अहिले डिसहोममा डिसहोम सिनेमा हलमार्फत पनि नयाँ नयाँ सिनेमाहरु हेर्न सकिन्छ ।