सुविसुको क्यान इन्फोटेक अफरः २६५४ मै इन्टरनेट र फूल एचडी प्याकेज
काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ । यस अफरअन्र्तगत सेवा ग्राहीले २५ एमबीपिएस इन्टरनेट र फूल एचडी प्याकेज( २७५ च्यानल, ९५ प्लस एचडी) मात्र २ हजार ६ सय ५४ मै प्राप्त गर्नेछन् । यसको साथमा जडान शुल्कदेखि डिभाइस एक्टिभेसनको शुल्क समेत समावेश गरिएको छ । यसका साथै इन्टरनेट र क्लियर टिभीमा पनि विशेष अफर रहेको छ । ६ दिन सम्म सञ्चालन हुने क्यानमा सुविसुले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति ग्राहक साहयता कक्ष समेत समावेश गरेको छ । यसका साथसाथै विभिन्न खेलहरु र आकर्षक पुरस्कारहरmबाट अवलोकनकर्ताले मनोरञ्न लिन सक्नेछन् ।
काठमाडौंमा क्यान इन्फोटेक शुरु, राेबर्टले काट्यो रिवन, ड्रोनले गर्यो पुष्पबृष्टि
काठमाडौं । सूचना प्रविधि सम्बन्धी प्रदर्शनी ‘क्यान इन्फोटेक २०२० शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले कार्यक्रमको उद्घाटन गरेका छन् । मन्त्री बास्कोटाले रोबर्टको बटन थिचेर रोबर्टबाटै रिवन काटिएकाे छ भने ड्रोनले पुष्प बृस्टि गरेको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गरेको कार्यक्रम फागुन ७ गतेम्म हुने भएको छ । प्रदर्शनीमा करिब १ सय ७४ स्टलहरु रहेका छन् । क्यान इन्फोटेकको इन्नोभेशन एक्स्पोजर वशिेष विशेषता रहेको छ । यस अन्तर्गत स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शनी गरेका छन् । प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रवद्धन गर्ने आफ्नो योजनाअनुरुप क्यान महासंघले इन्नोभेशन एक्स्पोजरलाई विशेष प्राथमिकतामा राखेको हो । सूचनाप्रविधि तथा इञ्जिनियरिङका विद्यार्थीहरुको क्षमता विकास गर्नु, उनीहरुको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहार उपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य हो । क्यान इन्फोटेकको यो संस्करणको प्रवेश शुल्क एक सय रुपैयाँ राखिएको छ, विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउने छन् भने सामुदायिक तथा सरकारी विद्यालयरकलेजका विद्यार्थीहरु, संचारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरूले निशुल्क प्रवेश पाउन सक्नेछन् । क्यान इन्फोटेक २०२० को टिकटलाई पेपरलेस बनाइएको छ । अवलोकनकर्ताले प्रभु पेबाटै टिकट किन्न सक्ने छन् भने प्रदर्शनीस्थलमा पनि किओस्क मेशिनबाट टिकट लिन सकिने छ । यस पटकको क्यान इन्फोटेकमा विभिन्न अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरुले आफ्ना बाण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक झटमा बिक्री समेत गर्नेछन् । अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु पनि प्रदर्शनीमा राखिने छन् ।
चाइल्डसेफनेटद्वारा सुरक्षित सूचना प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रम
काठमाडौं । बालबालिका तथा युवा वर्गका लागि सुरक्षित सूचना प्रविधिको क्षेत्रमा कार्य गर्दै आएको संस्था चाइल्डसेफनेटले मंगलबार पाटन दरवार क्षेत्रमा सुरक्षित सूचना प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । राम्रो इण्टरनेटका लागि हातेमालो नाराका साथ ‘सुरक्षित इण्टरनेट दिवस – २०२०’ का अवसरमा चाइल्डसेफनेटले उक्त कार्यक्रम गरेकाे हाे । यसले सन् २०१९ देखि नेपालमा सुरक्षित इण्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ । स्थानीय खुला डबलीमा सार्वजकि रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा चाइल्डसेफनेटका अध्यक्ष अनिल रघुवंशीले आजको डिजिटल युगमा तीव्रताका साथ अगाडि बढिरहेको सूचना तथा सञ्चार प्रविधिले सकारात्मकका साथै नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि ल्याइरहेको चर्चा गरेका छन् । उनले बालबालिका तथा युवा वर्गलाई यसका नकारात्मक प्रभावबाट बचाउन सरकारी तथा निजी क्षेत्रले बेलैमा सजगता तथा सक्रियता अपनाउनु नितान्त आवश्यक भएको बताएका छन् । इण्टरनेट बालबालिकाको अश्लील चित्र र भिडियो देखिएमा रिपोर्ट गर्न चाइल्डसेफनेटले इण्टरनेट वाच फाउण्डेसनसँग हालै सहकार्य सुरु गरेको जानकारी दिँदै रघुवंशीले ।।।।। मा नेपाली भाषामा बेनामी रिपोर्ट गर्न सकिने बताए । कार्यक्रममा प्रहरी निरीक्षक उमेश साहले सूचना प्रविधिको दुरुपयोगका कारण साइबर अपराध बढ्दै गएकोले यसको नियन्त्रणका लागि नेपाल प्रहरीको केन्द्रिय साइबर ब्यूरो कार्यरत रहेको जानकारी दिएका छन् । त्यसैगरी सिविन नेपालका माधव लोहनीले बाल हेल्पलाइन १०९८ मा निःशुल्क फोन गरी अनलाइन यौन दुव्र्यवहार एवं शोषण, साइबर बुलिङ्ग, छलकपट (फिसिङ्ग) तथा सेक्स्टोर्सन जस्ता घटनाको रिपोर्ट गर्न सकिने जानकारीे दिए । कार्यक्रममा बाल वातावरण केन्द्र नेपालबाट साइबर सुरक्षासम्बन्धी तथा ब्लूबर्ड स्कुलबाट साइबर बुलिङसम्बन्धी सडक नाटकहरु प्रदर्शन गरिएको उक्त कार्यक्रममा रेड सर्कल क्रियटिभ सोलुसन्सका सुशान्त घिमिरेले साङ्गीतिक तथा एपेक्स लाइफ स्कूलका सजल पौड्यालले अनलाइन कुलतबारे हास्य प्रस्तुति दिएका थिए । यसैगरी लभग्रीन नेपालले चाइल्डसेफनेटसँगको सहकार्यमा पाँचखालको बालुवास्थित आजाद माध्यमकि विद्यालयमा साइबर सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेर सुरक्षित इण्टरनेट दिवस मनाएको छ । साथै, नवलपरासीको सुनवलमा वेदः सिर्जनशील संस्थाले चाइल्डसेफनेटको सहकार्यमा ‘इण्टरनेटको महत्व र चुनौति’ विषयक अन्तरक्रिया गरी सुरक्षित इण्टरनेट दिवस मनाइयो । त्यसैगरी ललितपुर छम्पीको होली टेम्पल माध्यामिक विद्यालय र जनजागृति माध्यामिक विद्यालय, बुढानीलकण्ठमा साइबर सुरक्षासम्बन्धी तालिम संचालन गरेर सुरक्षित इण्टरनेट दिवस मनाइएको थियो । यस अघि, सुरक्षित इण्टरनेट दिवसको तयारीको लागि गत माघ ९ देखि १२ गते चाइल्डसेफनेटले ललितपुरमा २० जना युवालाई चारदिने साइबर सुरक्षा प्रशिक्षक प्रशिक्षण दिएको थियो । साइबर सुरक्षासम्बन्धमा चेतना अभिवृद्धि गर्ने, बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने तथा बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सुरक्षित इन्टरनेट दिवस प्रत्येक वर्ष विश्वका एक सय पचासभन्दा बढी देशमा आयोजना गरिएको छ ।