एनआईसी एशियाका ग्राहकले विभिन्न अनलाइनबाट सामान किन्दा १० प्रतिशत छुट पाउने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँ छुट पाउने भएका छन् । दराज अनलाईनमा रहेको बिग मार्टका साथै सेल्सबेरी, मेरोकिराना तथा सेन्ट्रल बजार मार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा सो मात्राको छुट पाउने भएका हुन् । जसको लागि बैंक र उक्त चार वटा अनलाईन डेलिभरीका माध्यमहरूबीच समझदारी भएको छ । जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा ग्राहकहरूले उक्त मात्रामा छुट प्राप्त गर्न सक्नेछन् । लकडाउनको समयमा ग्राहकहरूलाई घरमै बसी उपभोग्य सामग्रीहरू प्राप्त होस् भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ । यसका साथै यस बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ्ग तथा कार्ड प्रयोग गरी नेपालभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहकहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरूप बैंकले यस्तो योजना ल्याएको हो ।

एनसेल अफरः अन्तर्राष्ट्रिय कलको दरमा छुट, डिजिटल सेवाहरु सित्तैमा लिन पाइने

काठमाडौं । एनसेलका ग्राहकले विश्वका १५ देशमा रहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग अब अझै सुलभ दरमा कुरा गर्न सक्नेछन् र विभिन्न डिजिटल सेवाहरु १ महिनाको लागि निःशुल्क प्रयोग गर्न सक्नेछन् । नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले बैशाख १ गते (सोमबार) आफ्ना ग्राहककालागि दुई आकर्षक योजनाहरु ल्याएको घोषणा गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको त्रास र लकडाउनको बढ्दो अवधिसँगै, विदेशमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त तथा साथीभाइसँग अझ सुलभदरमा सम्पर्कमा रहिरहन एनसेलले विश्वका १५ मुलुकमा अन्तर्राष्ट्रिय कलको दरमा छुट गरेको छ । त्यस्तै लकडाउनमा रहेका आफ्ना ग्राहकको मनोरञ्जनका लागि पनि विभिन्न भ्यालु एडेड डिजिटल सेवाहरु निःशुल्क गरेको छ । न्यु इयर अफर अन्तर्गत ग्राहकले विश्वको १५ मुलुकमा अन्तर्राष्ट्रिय कल अब मात्र रु २.४९ प्रति मिनेट (कर सहित रु ३.१८) मा गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय कलको दरमा छुट गरिएका देशहरुमा भारत, अस्ट्रेलिया, मलेसिया, चीन, जापान, दक्षिण कोरिया, हङकङ्, सिङ्गापुर, संयुक्त अधिराज्य बेलायत, बङ्गलादेश, स्विडेन, न्यूजिल्याण्ड, रोमानिया, भुटान र इन्डोनेशिया पर्दछन् । ग्राहकले १७१०७ डायल गरी यो योजना अन्तर्गतको अन्तर्राष्ट्रिय कलमा छुटको फाइदा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स१७१०७ह्यास डायल गरी वा अंग्रेजीमा ठुलो ए लेखि १७१०७ मा एसएमएस पठाएर पनि यो योजनाको लाभ लिन सक्नेछन् । यो योजना १ महिनाको लागि मान्य रहनेछ । नयाँ वर्षकै अर्को योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकको मनोरञ्जनको लागि विभिन्न डिजिटल सेवाहरु जस्तै गीत म्युजिक एप, म्युजिक स्टेशन, भक्ति संगीत र एक घण्टी रेडियो अन्तर्गतको ज्योतिष सेवा पनि १ महिनाको लागि निःशुल्क गरेको छ । गीत म्युजिक एप एनसेल नेटवर्कमा मात्र सुचारु गर्न सकिने एक संगीतिक एप सेवा हो जहाँ ग्राहकले विभिन्न नेपाली गीतहरु सुन्दै आनन्द लिन सक्छन् । यो एप सुचारु गर्न ग्राहकले पहिला एनसेलको नेटवर्कबाट मात्र सुचारु सक्छन् र त्यस पश्चात कुनै पनि नेटवर्कवाट गीत संगीतको मजा लिन सक्छन् । यो योजना अन्तर्गत ग्राहकले यो एपको निःशुल्क प्रयोग गर्न सक्छन् । त्यस्तै अर्को आकर्षक डिजिटल सेवामा म्युजिक स्टेशन १ महिनासम्म निःशुल्क चलाउन सकिने सुविधा रहेको छ । यो म्युजिक स्टेशन सेवा अन्तर्गत ग्राहकले १७१४० मा रहेका गीतहरु मध्य हरेक दिन १० मिनेटसम्म कुनै पनि आइभीआर मार्फत निःशुल्क सुन्न सक्नेछन् । ग्राहकले अंग्रेजी ठुलोमा एनवाइ टाइप गरी १७१४० मा एसएमएस पठाई यो सेवा सुचारु गर्न सक्नेछन् । यसैगरी यस नयाँ वर्षको योजना अन्तर्गतनै ग्राहकले अर्को डिजिटल सेवा भक्ति संगीतको पनि १ महिनासम्म निःशुल्क आनन्द लिन सक्नेछन् । यो सेवा अन्तर्गत ग्राहकले धार्मिक गीत संगीत तथा भजनहरु निःशुल्क सुन्न सक्नेछन् । अंग्रेजी ठुलोमा एनवाइ टाइप गरी १७१४८ मा एसएमएस पठाइ ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । यसका साथै ग्राहकले एक घण्टी रेडियो अन्तर्गत रहेको वार्षिक ज्योतिष परामर्शको पनि १ महिनासम्म निःशुल्क प्रयोग गर्न सक्नेछन् । ग्राहकले १७१६५ मा डायल गरी दिनमा एक पटक आफ्नो बारेमा २०७७ को ज्योतिष परामर्श लिन सक्नेछन् । उल्लेखित सबै डिजिटल सेवाहरु बैशाख ३० गते सम्म निःशुल्क उपलब्ध हुनेछन् ।

स्मार्ट फोन नभएकाले पनि घरबाटै विल भुक्तानी गर्न सक्ने, प्रभु पेले ल्यायो यस्तो सुविधा

काठमाडौं । प्रभु पेले स्मार्ट फोन नहुने विपन्न वर्गलाई लक्षित गरी मोवाइल वालेट सुविधा संचालनमा ल्याएको छ । यस अन्तरगत (१२३४ अंकमा लेखिएका र एबीसीडी लेखिएका) बारफोनबाट प्रभु पेको सुविधा प्रयोग गर्न सकिन्छ । उक्त सेवा युएसएसडी मार्फत मोवाइल रिचार्ज, टेलिफोन विल भुक्तानी, टेलिभिजन विल भुक्तानी तथा इन्टरनेट लगायतका विल भुक्तानी घरमा बसीबसी गर्न सकिन्छ । यसबाट रेमिट्यान्स भुक्तानीको सुविधा समेत प्रयोग गर्न सकिने छ । विशेषगरी स्मार्ट फोन नहुने विपन्न बर्गले अब आफ्नो सामान्य मोवाइल ‘बारफोन’ बाट यो सेवा संचालन गर्न सक्नेछन् । कोरोना संक्रमणको सन्त्रासका बीच देशमा जारी लकडाउनको अवस्थामा मोवाइल वालेटबाटै समपूर्ण बैंकिङ कार्यहरु भइरहेको अवस्थामा बारफोन प्रयोगकर्ताहरु सोबाट बचित भइरहेकोले यो समयमा प्रभु पेको नयाँ सुविधा महत्वपूर्ण हुन सक्छ । प्रदेश नं. ६ र ७ लगायत सुदुरपश्चिममा सरकारले समेत कोरोना संक्रमणको उच्च जोखिममा राखेको अबस्थामा स्मार्ट फोन पनि नहुने र हिडडुल गर्न पनि नपाउने अवस्थालाई लक्षित गरी एनसेलसँगको सहकार्यमा प्रभु पे ले यस्तो सुविधा ल्याएको हो । जसबाट म्यासेजहरु आदान प्रदान गर्दा शुल्क लाग्ने छैन । यो सेवा ग्रामिण क्षेत्रलाई वित्तीय पहुँच पुराउनका साथै टाढा टाढा घर भएर नगद कारोबार गर्न नसक्ने व्यक्तिका लागि अति प्रभावकारी हुने अपेक्षा गरिएको छ ।