डिजिटल प्रविधिमा अगाडी बढ्दै छिमेक लघुवित्त, लघुवित्त क्षेत्रमै पहिलो अनुभव

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था डिजिटल प्रविधिमा अगाडी बढ्न ईसेवा फोनपेसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी र ईसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरेका हुन् । संस्थाका ग्राहक सदस्यहरुलाई डिजिटल भुक्तानी सेवा उपलब्ध गराउन लघुवित्तले उक्त सम्झौता गरेको हो । यसबाट वित्तीय संस्थाका ग्राहकहरु र कर्मचारीहरुलाई प्रविधिमा अभ्यस्त गराउँदै वित्तीय कारोबारमा निकै नै सहजता र लागत कम हुनेमा विश्वास गरिएको छ । यो कार्यक्रम नेपालको लघुवित्त क्षेत्रमा पहिलो अनुभव हो । लघुवित्तका ग्राहकहरुलाई लक्षित गरि संचालन गर्न लागिएको यस प्रविधि मार्फत ग्राहकहरुले आफ्नो घर घरबाटै भुक्तानी गर्न सकिने छ । जसले ग्राहककाे समयको बचत हुनुको साथै आर्थिक व्ययभार समेत कम हुनेछ र समय अनुसार प्रविधिको सदुपयोग हुनेछ । हाल विश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ जस्ता विषम परिस्थितीको कारण बैकिङ क्षेत्रमा पारेको वा पार्न सक्ने भुक्तानी प्रणालीलाई यस प्रविधिले ठुलो टेवा पुर्याउनेमा विश्वास राखिएको छ ।

डोटीका १० वडा स्वास्थ्य संस्थाविहीन

डोटी । यहाँका गाउँपालिका तथा नगरपालिकाका वडामा स्वास्थ्य संस्थाविहीन हुँदा स्थानीयवासीले उपचार पाउन सकिरहेका छैनन् । बडिकेदारको वडा नं २, आदर्शको वडा नं ३,सायल गाउँपालिकाको वडा नं २, दिपायल सिलगढीको वडा नं ३, ४ र ७, ५ र ६ र शिखर नगरपालिकाको वडा नं ३ र ८ रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कोरोना भाइरसको जोखिम भइरहेका बेला यहाँका कतिपय वडा कार्यालय वर्षौंदेखि स्वास्थ्य संस्थाविहीन हुँदासमेत जनप्रतिनिधि र कर्मचारीले स्थानपनाका लागि कुनै पहल नचालेको स्थानीयवासीको आरोप छ । सरकारले स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको स्तरोन्नति गरी १५ श्ययाका अस्पताल बनाउने प्रावधान अघि सारे पनि यहाँका कतिपय वडा कार्यालयमा सामान्य औषधि उपचार गर्ने स्वास्थ्य संस्था पनि स्थापना हुन सकेका छैनन् । स्थानीय नागरिकले सामान्य उपचारका लागि जिल्ला सदरमुकाम सिलगढी, गाउँपालिकामा रहेका स्वास्थ्य संस्था तथा जिल्ला बाहिर जानुपर्ने वर्षौंदेखिको बाध्यता कायमै रहेको छ । सरकारले तोकेका मापदण्ड ती वडा कार्यालयले पूरा गर्न नसक्दा स्थानीयवासीले दुःख पाउँदै आएको जोरायल गाउँपालिका वडा नं ५ गड्सेराका स्थानीयवासी डम्बरबहादुर विष्टले बता्ए । उनले भने, “वडा प्रतिनिधि र कर्मचारीले मापदण्ड नपु¥याउँदा स्वास्थ्य संस्था स्थापना भएनन्, दुःखजति जनतालाई भयो ।” यहाँका विभिन्न गाउँपालिकाअन्तर्गतका दशवटा वडा कार्यालय वर्षौंदेखि स्वास्थ्य संस्थाविहीन रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले दिनुभएको जानकारीअनुसार सरकारबाट स्वीकृत मापदण्डअनुसार जिल्लाका नौवटा स्थानीय तहका कूल ६५ वडामध्ये ५५ वडामा मात्रै मापदण्ड पुगेका स्वास्थ्य संस्था रहेको र पाँच स्थानीय तहका १० वटा वडा कार्यालय स्वास्थ्य संस्थाविहीन रहेका छन् । उनका अनुसार ती १० वडामा सामुदायिक स्वास्थ्य इकाइ, शहरी स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र भए तापनि मापदण्ड पूरा भएका आधारभूत स्वास्थ्य केन्द्र नरहेकाले स्वास्थ्य कार्यालयको रेकर्डमा १० वटै वडा स्वास्थ्य संस्थाविहीन भएका हुन् । वडा कार्यालयका पदाधिकारीको गैरजिम्मेवारीका कारण यहाँका १० वटा वडा कार्यालय स्वास्थ्य संस्थाविहीन भएको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने, “जब वडा कार्यालयले नै गैरजिम्मेवार हुने र नागरिकको स्वाथ्यमा ध्यान दिने काम गर्दैनन् भने कसरी वडामा स्वास्थ्य संस्था स्थापित हुन्छन् त ?” वडा स्वास्थ्य संस्थाविहीन भएका कारण संविधानतः मौलिक हकका रुपमा रहेको आधारभूत स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ रहेको उनको भनाइ छ । ती वडामा तत्काल स्वास्थ्य संस्था स्थापना गर्नका लागि स्वास्थ्य कार्यालयले सम्बन्धित स्थानीय तहसँग सिफारिस माग गरेको भए पनि हालसम्म कुनै ठाउँबाट पनि सिफारिस आइनसकेको र सिफारिस आएमा मन्त्रालयमा विवरण पेश यो वर्षभित्रै स्वास्थ्य संस्था स्थापनाका लागि पहल चालिने जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । यसैबीच डोटीका विभिन्न स्थानीय तहले ३१ वटा स्वास्थ्य संस्थाको स्थापना गरेका छन् । स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार सात वटा स्थानीय तहले सामुदायिक स्वास्थ्य इकाइ, नगर स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्रका रुपमा ३१ वटा स्वास्थ्य संस्था स्थापना गरेका छन् । तीमध्ये बडीकेदार गाउँपालिकाले पाँच, दिपायल सिलगढी नगरपालिकाले चार, आदर्श गाउँपालिकाले ६, सायल गाउँपालिकाले दुई, शिखर नगरपालिकाले तीन, जोरायल गाउँपालिकाले ६ र बोगटान फुड्सिल गाउँपालिकाले पाँचवटा स्वास्थ्य संस्था स्थापना गरेका छन् । ती स्थानीय तहले आफ्नै लगानीमा व्यवस्थापन तथा खर्च व्यहोर्ने गरी स्वास्थ्य संस्था स्थापना गरी सेवा दिन शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयले जानाएको छ । रासस

एनसेलको सीम चलाउनु हुन्छ ? यस्ता छन् भ्वाईस र डेटा अफरहरु

काठमाडौं । एनसेल प्रयोगकर्ताहरुले विभिन्न डाटा प्याक तथा भ्वाईस प्याकको सुविधा उपयोग गर्दै आएका छन् । एनसेलले ग्राहक समक्ष प्याकसँग सम्बन्धित विभिन्न किसिमको एसएमएस समेत पठाउँने गर्छ । आज हामीले एनसेल मार्फत ग्राकहरुले लिने भ्वाईस प्याक तथा डाटा प्याकको बारेमा चर्चा गरेका छौँ । भ्वाईस प्याक एनसेलले ग्राहकहरुलाई अंग्रेजी नयाँ बर्ष २०२० को अवसरमा दैनिक, साप्ताहिक, मासिक तथा अन्य किसिमका भ्वाईस प्याक उपलब्ध गराउँदै आएको छ । ग्राकहरुले १७११८ डायल गरी एनलेलको सो प्याक खरिद गर्न सक्छन् । डेली प्याक दैनिक ११ रुपैयाँ ४९ पैसामा १२ मिनेसम्म कुरा गर्न मिल्ने प्याकको सुविधा ऐनसेलमा रहेको छ । सो प्याक दिएका ग्राहकहरुले १२ वटा नाईट एसएमएस पठाउन मिल्ने एनसेलको वेवसाईटमा उल्लेख छ । यस्तै, १५ रुपैयाँ ३२ पैसामा भने ग्राहकहरुले २२ मिनेट कुरा गर्न सक्ने छन् । यस प्याक खरिद गर्दा २२ वटा नाईट एसएमएस पठाउन सकिन्छ । डेली प्याकोलागि २४ घण्टाको समय तोकिएको छ । थ्री डे प्याक ग्राहकरुले ३ दिनकालागि प्याक दिन सक्ने आफ्नो वेव साईटमा उल्लेख गरेको छ । सो प्याक अनुसार ग्राहकहरुले ३१ रुपैयाँ ९२ पैसामा ५५ मिनेट कुरा गर्न सक्नेछन् । साथै, ५५ वटा नाईट एसएसएसको सुविधा यस प्याक अन्र्तगत पाउँन सकिन्छ । थ्री डे प्याक ३ दिनको अवधिसम्म तोकिएको प्याक हो । विक्ली प्याक विक्ली प्याक अन्र्तगत एक हप्ताका लागि लिइने प्याकहरु पर्छन् । सो प्याक अनुसार ग्राहकहरुले ६२ रुपैयाँ ५७ पैसामा ७५ मिनेट कुराकानी गर्न सक्छन् । यसको साथै यस प्याक खरिद गर्दा ७५ वटा नाईट एसएमएसको सुविधा उपलब्ध छ । विक्ली प्याकमा ७१ रुपैयाँ ५१ पैसामा ग्राहकहरुले १ सय २५ मिनेट कुराकानी गर्न सक्छन् । साथै, १ सय २५ वटा नाईट एसएमएसको सुविधा यस प्याकमा छ । विक्ली प्याकलाई ७ दिनको समय तोकिएको छ । मन्थ्ली प्याक या्े प्याकमा २ सय ४ रुपैयाँ ३ पैसामा ग्राहकहरुले ४ सय २५ मिनेट कुराकानी गर्न सक्ने छन् । उक्त प्याकमा ४ सय २५ वटा एसएमएस गर्न मिल्ने व्यवस्था छ । ३ सय ६ रुपैयाँ ४६ पैसामा ग्राहकहरुले ७ सय मिनेट कुराकानी गर्न सक्नेछन् । सो प्याकमा ७ सय २० वटा एसएमएस गर्न मिल्ने व्यवस्था छ । मन्थ्ली प्याकको लागि ३० दिनको समय तोकिएको छ । टाईम बेस्ड प्याक एनसेलले टाइम बेस्ड प्याक समेत ग्राहकहरु समक्ष उपलब्ध गराउँदै आएको छ । सो प्याक अन्र्तगत ग्राहकहरुले डे, अनलिमिटेड डे तथा नाईट प्याक खरिद गर्न सक्नेछन् । डे प्याक एनसेलको टाईम बेस्ड प्याक लिदा ग्राहकहरुले ८ रुपैयाँ ९४ पैसामा ३५ मिनेट कुरा गर्न सक्छन् । सो सुविधा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्मलाई तोकिएको छ । डे अनलिमिटेड यस प्याक अन्र्तगत ग्राहकहरुले १५ रुपैयाँ ३२ पैसामा ७ सय २० मिनेट कुरा गर्न सक्छन् । सो सुविधा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्मलाई तोकिएको छ । नाईट प्याक ८रुपैयाँ ९४ पैसामा ग्राहकले १ सय मिनेट कुरा गर्न सकिने सुविधा एनसेलमा छ । उक्त नाईट प्याकका लागि बेलुका १० बजेदेखि बिहान ६ बजेसम्मको समय तोकिएको छ । नाईट एसएमएस एनसेलले भ्वाईस प्याक लिने ग्राहकहरुकोलागि नाईट एसएमएसको सुविधा समते तोकेकाा छ । नाईट एसएसएसकोलागि बेलुकाको १० बजेदेखि बिहानको ६ बजेसम्म गर्न सकिन्छ । ग्राहकहरुले एउटा एनसेलको नम्बरबाट अर्को एनसेलकै नम्बरमा मात्र सो सुविधा उपयोग गर्न मिल्ने व्यवस्था छ । बाँकी रहेको भ्वाईस प्याक कसरी हेर्ने ? ग्राहकहरुले आफ्नो बाँकी रहेको भ्वाईस प्याकको बारेमा जानकारी लिन एस टाइप गरी १७११८ एसएसएस गर्न सक्नेछन् । न्यू प्याक रेट्स एनसेलमा कुनै प्याक सुविधा नलिई ग्राहकले आफ्नो मेन व्यालेन्सबाट डाटा चलाउँदा २ रुपैयाँमा २ एमबी, ५ रुपैयाँमा ७ एमबी, १० रुपैयाँमा १७ एमबी तथा २० रुपैयाँमा ३७ एमबी डाटा सित्तैमा प्राप्त गर्न मिल्नेपनि रहेको छ । कल आयो पैसा पायो अन्र्तराष्ट्रिय कल आउँदा एनसेलका ग्राहकहरुले २० रुपैयाँ बोनस पाउँने व्यवस्था छ । प्रतिमिनेट २ रुपैयाँका दरले फोन लागेको १ मिनेट पछिदेखि अन्तिम ११ मिनेटसम्म गरेर ग्राहकले बोनस पाउँन सक्छन् । रिचार्जमा चमत्कार एनसेलको यस योजना अन्र्तगत ग्राहकहरुलाई केही तोकिएको कोड परेमा पहिलो १० लाख, दोस्रो १० तथा तेस्रो १० लाख रुपैयाँ लगायतका पुरस्कारको व्यवस्था गरिएको छ । अनलिमिटेड डे भ्वाइस एण्ड डाटा अफर अनलिमिटेड डे भ्वाइसको अफर ग्राहकहरुले १५ रुपैयाँ ३२ पैसामा प्राप्त गर्न सक्नेछन् । उक्त अफर ग्राहकहरुले बिहान ५ बजेदेखि बेलुकाको ५ बजेसम्म प्रयोग गर्न सक्ने छन् । सो योजनाको अवधि २४ घण्टासम्म कायम रहन्छ । यस्तै, वान आवर अन लिमिटेड डाटा प्याक २२ रुपैयाँ ६० पैसामा पाउँन सकिने व्यवस्था छ । पहिलो सिम पहिलो सिम योजना एनसेलले एसइइ परीक्षा दिने विद्यार्थीहरुलाई लक्षित गरेर ल्याएको हो । यस योजना अन्र्तगत पहिलो पटक एनसेल सिम लिएका ग्राहकहरुले केही विषेश छुट पाउँन सक्छन् । पहिलो पटक एनसेलको सिम लिएका विद्यार्थी ग्राहकहरुले एक महिनासम्म कुनै निश्चित ५ नम्बरमा सित्तैमा कुरा गर्न सकिन्छ । त्यसपछि ९९ पैसामा निश्चित गरेको ५ वटा नम्बरमा प्रति मिनेछ ९९ पैसामा कुरा गर्न सक्छन् । यो योजना एक वर्षकोलागि लागू हुनेछ । यस्तै, ५० रुपैयाँ वा सो भन्दा माथिको रिचार्ज गर्दा ग्राहकहरुले सय एमबि डाटा, सय वटा एसएमएस प्राप्त गर्न सक्छन् । सो सुविधा २४ घण्टाकोलागि लागू हुन्छ । मेरो प्लान मेरो प्लान योजना विषेश गरेर युटुव चलाउन खोज्ने ग्राहकहरुलाई लक्षित छ । मेरो प्लान अन्र्तगत ९५ रुपैयाँ ७७ पैसामा २ जिबी तथा १ सय ९१ रुपैयाँ ५४ पैसामा ६ जिबी डाटा प्याक पाउँन सकिन्छ । यस्तै, मेरो प्लान मन्थ्ली मा २ सय ५४ रुपैयाँमा २ जिबी डाटा पाउँन सकिन्छ । सो मध्ये एकजिबी युटुवकालागि फ्री हुनेछ । ३ सय ८१ रुपैयाँमा ६ जिबी डाटा पाइन्छ सो मध्ये ३ जिबी युटुवकालागि सित्तैमा प्रयोग गर्न सकिन्छ । ६ सय ३७ रुपैयाँमा १२ जिबी डाटा पाउन सकिन्छ सो मध्ये ६ जिबी डाटा युटुवकालागि सित्तैमा चलाउँन सकिन्छ । १ हजार २० रुपैयाँमा ३० जिबी डाटा पाउँन सकिन्छ । सो मध्ये १५ जिबीबाट युटुवका सित्तैमा चलाउन सकिन्छ । १२ सय ७५ रुपैयाँमा ५० जिबी डाटा पाउन सकिन्छ, सो मध्येबाट २५ जिबीले सित्तैमा युटुव चलाउन मिल्छ । अनलिमिटेड गफ रातभरी यस योजनामा ८ घण्टासम्म कुरा गर्न सकिने व्यवस्था रहेको छ । ग्राहकहरुले उक्त अनलिमिटेड गफ रातभरी प्याक १२ रुपैयाँमा खरिद गर्न सक्ने छन् । बेलुका १० बजेदेखि बिहान ६ बजेसम्मलाई तोकिएको यस प्याकको अवधि भने २४ घण्टाकोलागि मान्य हुने व्यवस्था छ । विक्ली भ्वाइस प्याक विक्ली भ्वाइस प्याकमा १ सय २७ रुपैयाँ ७ सय मिनेटसम्म कुरा गर्न सकिन्छ । रिर्चाजमा ह्याप्पी आवर यस योजनामा सय वा सोभन्दा बढीको रिचार्ज गरेमा ह्याप्पी आवर मनाउँन पाइने छ । बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म कुनैपनि एनेसेल नम्बरमा कल गर्दा सो सुविधा पाउँन सकिन्छ । साथै, ह्याप्पी आवर भन्नाले प्रतिकल ग्राहकहरुले ९९ पैसासम्मको डिस्काउण्ट प्राप्त गर्न सक्छन् । दिनको समयमा फोनको प्रयोग गर्ने ग्राहकहरुको यस किसिमको योजनामा विषेश आकर्षण रहेको छ । होली अफर एनसेलले चाड पर्वलाई लक्षित गरेर समेत आफ्ना योजनाहरु ग्राहक समक्ष ल्याउँने गरेको छ । यस्तै, होलिको समयमा एनसेलले होली अफर संचालन गरेको थियो । उक्त योजना अनुसार सय रुपैयाँको रिचार्ज गर्दा सय एमबी डाटा ग्राहकले ३० दिनकालागि प्राप्त गरेका थिए । यस्तै, २ सयको रिचार्ज गर्दा सय एमबीको डाटा ३ महिनालाई दिइएको थियो । ५ सयको रिचार्ज गर्दा ग्राहकहरुलाई ३ सय एमबी डाटा तथा ५० मिनेटको बोनस टक टाइम ३० दिनकोलागि दिइएको थियो । साथै, हजारको रिचार्ज गर्दा ग्राहकलाई ५ सय एमबी तथा सय मिनेटको कल बोनस ३० दिनकालागि उपलब्ध गराईएको थियो । पावर सिम पावर सिम ९९ रुपैयाँमा ग्राहकहरुले खरिद गर्न सक्छन् । उक्त सिम खरिद गरेपछि २ सय ५० एमबी अल टाइम तथा २ सय ५० एमबी फोर जी डाटा पाउँन सकिन्छ । सोही पावर सिम खरिद गर्दा ग्राहकहरुले सय वटा एसएमएस तथा १० मिनेटसम्म एनसेलको नम्बरमा कुरा गर्ने अफर प्राप्त गर्छन् । यो अफर एक साताको लागि उपयोग गर्न सकिन्छ । पिआरबिटी टोन राख्न चाहने ग्राहकहरुले एक महिनासम्म सित्तैमो सो टोन समेत राख्न सक्ने एनसेलको वेवसाईटामा उल्लेख गरिएको छ । अल्वेज अन डाटा डाटाको फन अल्वेज अन भन्ने स्लोगान सहित एनसेलले यो योजना संचालन गरि रहेको छ । विषेशत डाटा चलाउन इच्छुक ग्राहकहरुले यस प्याको खरिद गर्दै आएका छन् । एनसेलले वान डे, थ्री डे, सेभेन डे, तथा थर्टी डे प्याकहरु यस योजनामा संचालन गरिरहेको छ । वान डे यस योजनामा ग्राहकहरुले २५ रुपैयाँ ५४ पैसामा १ हजार एमबी डाटा पाउँन सक्छन् । थ्री डे यस योजनामा ५१ रुपैयाँ ८ पैसामा ग्राहकहरुले २४ सय एमबी डाटा पाउँन सक्छन् । सेभेन डे सात दिनको प्याकमा ९७ रुपैयाँ ४ पैसामा २१ सय एमबी डाटा पाउँन सकिन्छ । थर्टी डे प्याक ४ सय ८९ रुपैयाँ ५ पैसामा १५ हजार एमबी डाटा पाउँन सकिन्छ । साथै, थर्टी डे प्याकमा नै ९ सय ७९ रुपैयाँ ३८ पैसामा भने ३६ हजार एमबी डाटा पाउन सकिन्छ । स्टे सेफ यस योजनामा कोरोनामाथिको जित स्टे होम स्टे सेफ भन्ने नाराको साथमा एनसलेले अघि सारेको हो । १० जिबी माईक्रोसफ्ट टिम डाटा यस योजनामा उपलब्ध छ । यस्तै, चार जिबी अल टाइम डाटा तथा २ जिबी युटुुव भिडियो चल्ने डाटा एनसेलले उक्त योजनामा संचालन गरि रहेकोे छ । १ सय ९१ रुपैयाँ ५४ पैसा पर्ने उक्त प्याक प्रयोग गर्न सकिन्छ । भ्वाइस तथा डाटामा ग्राहकहरुलाई केन्द्रित गरेर योजना बनाइ रहेको एनसेलले यो योजना समेत ल्याउँदै आएको छ ।