आरटीजीएसका लागि राष्ट्र बैंकले तोक्याे समय
काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कारोबारका लागि समयसीमा तोकेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार एक सूचना जारी गर्दै आरटीजीएस प्रणाली सम्बन्धी नियमावली, २०१९ अनुसार समय सीमा तोकेको जनाएको हो । राष्ट्र बैंकले आइतबारदेखि बिहीबारसम्म साधारण कार्यालय समयको विहान १०ः३० बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राह सेवा र अन्तर बैंक कारोबार ३ बजेदेखि ३ः४० बजेसम्म गर्नुपर्ने जनाएको छ । यस्तै, शुक्रबारका लागि भने ग्राहक तथा अन्तर बैंक दुबैका लागि १०ः३० बजेदेखि १ बजेसम्म ताकेको जनाएको छ ।
‘डान्सिङ विथ द स्टार्स’ काे सह–प्रायोजकको रुपमा भायानेट
काठमाडौं । हिमालय टेलिभिजनमा यही असोज २ गतेदेखि सुरु भएको डान्सिङ विथ द स्टार्स नेपाली रियालिटी शोमा भायानेट सह–प्रायोजककोरुपमा आवद्ध भएको छ । बीबीसी स्टुडियो फरम्याटमा आधारित डान्सिङ विथ द स्टार्स रियालिटी शो अन्तर्राष्ट्रियरुपमा ख्याती प्राप्त टेलिभिजन रियालिटी शो हो । एएनसी प्रोडक्सनले ल्याएको यो रियालिटी शोमा १२ जना नेपाली सेलेब्रेटी तथा कोरियोग्राफरहरुले डान्सिङ विथ द स्टार्सको उपाधि र ट्रफीको लागि प्रतिस्पर्धा गर्नेछन् । सह–प्रायोजककोरुपमा आवद्ध भायानेटले शोमा इन्टरनेटको सबै सुविधाहरु प्रदान गरिरहेको छ ।
नेपाल टेलिकम अनलिमिटेड अफर: मात्र ५५ रुपैयाँमा तीन दिन युट्युब र फेसबुक
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध गराउन आवश्यक तयारी पुरा गरेको छ । असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु. ५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ । साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा रु. १५ मा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुने टेलिकमले जनाएकाे छ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ । हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक रु. ८५० मा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको छ । सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा रु. ५५५ मा उपलब्ध हुनेछ । संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु *१४१५*११# डायल गरी प्राप्त गर्न सकिनेछन् । साथै, ग्राहकवर्गको सहजताका लागि नेपाल टेलिकम एपबाट समेत यी प्याकहरु खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।