सरकारले फ्रिक्वेन्सी दिने हो भने सबै नागरिकलाई २ घण्टा फ्रि वाइफाइ दिन्छौंः वर्ल्डलिंक
काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले दैनिक २ घण्टा निःशुल्क इन्टरनेट उपलब्ध गराउने दाबी गरेको छ । सरकारले फ्रिक्वेन्सी प्रदान गरेमा देशभर दैनिक २ घण्टा इन्टरनेट सेवा निःशुल्क प्रदान गर्न कम्पनी तयार रहेको कम्पनीका अध्यक्ष दिलिप अग्रवालले बताए । एक्सप्रेस वाईफाईका लागि फेसबुकसँग भएको सहकार्यको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा कम्पनीको प्रबन्ध निर्देशक समेत रहेका अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । देशभरका सबै नागरिकको इन्टरनेट सेवामा पहुँच आवश्यक रहेकोले वल्र्डलिंकले यसमा सहयोग गर्ने अग्रवालको भनाइ छ । ‘फ्रि वाइफाइ भनेको जतिबेला पनि फ्रि हुने होइन, फ्रि त हुन्छ तर त्यसमा सेवा अवधि हुन्छ, निश्चित समयका लागि फ्रि हुने हो, सरकारले फ्रिक्वेन्सी दिने हो भने देशभर २ घण्टासम्म सबै डिभाइसमा निःशुल्क इन्टरनेट दिन तयार छौं’, प्रबन्ध निर्देशक अग्रवालले भने । वल्र्डलिंकले देशका विभिन्न ३० हजार स्थानमा फ्रि वाइफाइ सेवा प्रदान गर्न लागेको छ । यसका लागि ३ वर्षको समय लाग्ने कम्पनीको भनाइ छ । वल्र्डलिंकले अहिले १० हजार स्थानमा फ्रि वाइफाइ उपलब्ध गराइरहेको छ । सोमध्ये ७ हजार ५ सय स्थानमा फेसबुकको एक्सप्रेस वाइफाइ सेवा सुचारु गरिएको छ ।
यसपालीको दशैंमा मोबाइल किन्नेलाई कस्तो आउला अफर ?
काठमाडौ । अहिले हिन्दुहरुको महान चाड विजया दशमी नजिकिदै गइरहेको छ । यो बेला विगतका वर्षहरुमा सामानहरु धमाधम आयात भइरहेका हुन्थे । तर अहिको वर्ष अलि फरक छ । किनभने दशैं घर आगँनमा आएपनि विश्व नै कोरोना महामारीको त्रासबाट गुज्रिरहेको छ । एककातिर कोरोना महामारीको त्रास छ भने अर्कोतिर दशैले छोप्दै छ । ठिक यही बेलामा मोेवाइल कम्पनीहरुले के गर्छै छन् ? कस्तो स्कीम ल्याउँदै छन् त ? लामो समयत लकडाउन हुँदा मोवाइलको किनबेच ठप्प भयो । साथै, लकडाउन खुलेसँगै एकाएक व्यापारमा वृद्धी हुन पुग्यो । पुन अहिले बजारमा मोवाइलका माग समान्य नै रहेको व्यापारीहरु बताउँछन् । आयात गर्न नाका सहज तर उत्पादनमै समस्या मोवाइल फोन आयात गर्न नाकामा आफूहरुलाई सहज भएको मोवाइल बिक्रेताहरु बताउछन् । तर अहिले मोवाइल फोनको उत्पादनमा नै केही कमी भएकोले आयातमा सामान्य समस्या हुने गरेको छ । भिभो मोवाइलका डिजिटल म्यानेजर पियुष गिरीका अनुसार आयातको लागि अहिले धेरै समस्या छैन । तर मोवाइल कम्पनीहरुले उत्पादन नै कम गरेको अवस्थामा मोवाइल फोन ल्याउन ढिलाइ हुने गरेको छ । ‘हामी त मोवाइल फोन कै बिक्री गर्ने मान्छे, धेरै बिकोस् भन्ने त लाग्छ नै, अहिले दशैको बेला भएपनि पहिलेको भन्दा फरक बेला छ, कोरोना महामारीका कारण हामीले ग्राहकहरुलाई सुरक्षित रहेर मात्र मोवाइल फोन किन्न भन्छौं, किनकि महामारीको समयमा सबै जोगिएर किनबेच गर्नु पर्छ’, भिभो मोवाइलका मार्केटिङ्ग म्यानेजर गिरीले विकान्यूजसँग भने । लकडाउनको समयमा पनि मोवाइल तथा कम्प्युटर धेरेको साथी बन्ने गरेको छ । लकडाउन खुल्ने बित्तिकै एकाएक मोवाइलको माग बढेको पनि हो । सरकारले पनि अनलाइन माध्यमबाट अध्ययन अध्यापन गराउन भनेपछि मोबाइल तथा ल्यापटपको माग धेरै बढेको छ । तर अहिलेको दशै विगतका वर्षमा जस्तो हेरेर किन्न त्यति सहज छैन । अहिले कार्यालय, विद्यालय भर्चुअल्ली संचालन भइरहेका छन् । सोही कारण ग्राहकहरुले मोवाइल फोन तथा अन्य किनमेल अनलाइनबाटै गर्ने सम्भावनापनि अधिकतम छ । के होला दशै अफर ? पहिले पहिले मोवाइल फोन ग्राहकले हेरेर चलाएर पैसा बुझाउनु पथ्र्यो । त्यस्तो अवसरमा मोवाइल कम्पनीहरुले विभिन्न किसिमका केही घोषित तथा अघोषित गिफ्टहरु दिन्थे । तर अब अनलाइनबाटै मोवाइल अर्डर गर्दा पनि ग्राहकहरुले गिफ्टहरु पाउँने सम्भावना छ । मोवाइल बिक्रेताहरुले यसपालीको दशैमा पनि विभिन्न किसिमका अफरहरु आउने बताएका छन् । उक्त अफरहरु भने आगामी सातामा सार्वजनिक हुने जानकारी दिएका छन् । कोरोना महामारीले अहिले मोवाइल रहरले भन्दापनि आवश्यकताले किन्ने बेला हो भन्ने देखाएको छ । तर आवश्यकतामा काम लाग्ने र भरपर्दो साथी भएकाले मोवाइलको अपरिहार्यता झनै बढेको छ ।
स्मार्टडाेकाेबाट सामसङ ग्यालेक्सी जेड फोल्ड २ काे प्रि–बुकिङ्ग गर्न सकिने
काठमाडौं । अनलाइन स्टाेर स्मार्टडाेकाेले सामसङ ग्यालेक्सी जेड फोल्ड २ को लागि प्रि–बुकिङ्ग खुला गरेकाे छ । स्मार्टडाेकाेले सामसङकाे २ लाख ४९ हजार ९ सय ९९ मा यस स्मार्टफाेनकाे प्रि–बुकिङ्ग खुला गरेकाे हाे । यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ जुन तपाईले हात वेभ गर्दा शुट हुन्छ । यस स्मार्टफाेन प्रि–बुकिङ्ग गर्दा १९ हजार ९ सय ९९ मुल्यको सामसङ ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाइनुकाे साथै ग्राहकहरुले १ पटकको लागि १२ महिनाको ब्रेकेज बीमा पनि पाउनेछन् । ग्यालेक्सी जेड फोल्ड २ प्रि–बुक यस लिंक मा गएर गर्ने सकिनेछ । ग्राहकहरुले ५ हजार प्रि–बुकिङ्गको लागि भुक्तानी गर्नुपर्ने छ र बाँकी ह्यान्डसेट पाएपछि भुक्तानि गर्नुपर्ने छ । ‘अगिल्लो समयहरुमा सामसङको फोल्डिङ फोनहरु नेपालमा नभित्रिदा पनि अहिले भने हामीले नेपालमै पहिलो पटक सामसङको ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन स्मार्टडोकोबाट प्रि–बुकिङ्ग गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । यस ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन एकदमै राम्रो र अपग्रेड भर्जनको साथ नेपाली बजारमा उपलब्ध गराईनेछ ।’, आईएमएस ग्रुपका अध्यक्ष तथा सिइअाे दिकेश मल्होत्राले बताए । स्मार्टडोकोबाट प्रि–बुकिङ्ग असोज २८ गते सम्म मात्र खुल्ला गरिएको कम्पिनले जनाएकाे छ ।