मेरोब्राण्ड अनलाईन सपिङ संचालनमा, मगाएको भन्दा फरक परे फिर्ता गर्ने सुविधा पनि
काठमाडौं । नेपाली ईकमर्स बजारमा मेरोब्राण्ड डटकमले आफ्नो कारोबार सुरु गरेको छ । अनलाईन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उदेश्यका साथ मेरोब्राण्ड डटकम संचालनमा आएको हो । निकै लामो गृहकार्य पश्चात मेरोब्राण्ड डट कम बजारमा उपस्थिती जनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार विष्टले बताए । बजारमा उपभोक्ताहरुले आफुले खोजेको ब्राण्ड न्युनतम मुल्यमा उपलब्ध गराउने कम्पनीको योजना रहेको सिइओ विष्टको भनाइ छ । काठमाण्डौ उपत्यकाभित्र १ दिनमै डेलिभरी गराउने कम्पनीको दाबी छ । अनलाईन सपिङ गर्दा उपभोक्ताले सोचेकै गुणस्तरीय सामाग्री उपलब्ध गराउने र त्यसबाट अनलाईन सपिङप्रति आमउपभोक्ताको विश्वसनीयता बढाउन रोल मोडल बन्ने कम्पनीको लक्ष्य रहेको सिईओ विष्टले बताए । आम उपभोक्ताले मेरोब्राण्ड डटकममा लगइन गरी आफुले चाहेको बस्तु खरिद गर्न सक्ने छन् । उपभोक्ताले बस्तु खरिद गर्दा क्यास अनडेलीभरी अनलाईन ट्रान्सफर वा भिसा कार्डबाट पनि रकम तिर्न सकिने सहज ब्यबस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ । मेरो ब्राण्ड तपाईको आफ्नै ब्राण्ड भन्ने नाराका साथ सुरु गरेको मेरोब्राण्ड अनलाईन सपिङ उपभोक्तालाई अपनत्व कायम गराउने दाबी गरिएको छ । यस अनलाइन प्ल्याटफर्ममा विभिन्न ब्राण्ड तथा भेराइटीका गुणस्तरीय सामग्रीहरु सुपथ मूल्यमा उपलब्ध गराइएको कम्पनीको सिइओ बिष्टले जानकारी दिए । दशैको घटस्थापना को विशेष अवसरमा सुरु गरिएको मेरोब्राण्ड डट कममार्फत खरिद गर्दा सामग्रीहरुमा दोहोरो छुट तथा अफरको सुविधाहरु पनि उपलब्ध गराएको छ । अर्डर पश्चात सर्वसुलभ भुक्तानी तथा छिटोभन्दा छिटो होम डेलीभरीको सुविधा समेत उपलब्ध गराउने कम्पनीको योजना रहेको छ । मगाएको सामान आफुले भने बमोजिम नभएमा ७ दिनभित्र फिर्ता गर्न सकिने रिटर्न पोलिसी समेत उपलब्ध गराइएको छ ।
डिजिटल कर्णालीका लागि केबीसीएफ र वर्ल्डलिंकबीच सम्झाैता
काठमाडौं । कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ)ले डिजिटल कर्णालीका लागि इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्ससँग सहकार्य गरेकाे छ । फाउण्डेशनले कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको सामाजिक आर्थिक विकासको लागि वर्ल्डलिंक सँग सम्झाैता गरेकाे हाे । केबीसीएफले जैविक विविधता संरक्षण, जीविकोपार्जनका अवसरहरू, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षामा पहुँच र इको टुरिजमलाई बढावा दिने क्रियाकलापहरूको लागि काम गरिरहेको छन भने वर्ल्डलिंक कम्युनिकेशन्सले नेपालका दुर्गम र ग्रामीण क्षेत्रमा आफ्ना सेवाहरू विस्तार गर्दैछ । वर्ल्डलिंक कम्युनिकेशन्सको प्रयासले समाजका विपन्न वर्गलाई इन्टरेटसँग जोडिएका र नजोडिएका बीचको ठुलो भिन्नतालाई कम गर्न मद्दत पुर्याउँछ । अहिलेको कोभिड १९ महामारीको बीच यसले पुष्टि गरी सकेको छ कि विद्यालय, व्यापार लगायत अनलाइनको प्रयोग सँगै इन्टरनेटको महत्व झनै बढेर गएको छ । केबीसीएफका अध्यक्ष राधेश पन्तले यस साझेदारीको महत्वमाथि जोड दिएका छन् । “यस क्षेत्रमा अझ धेरै उपलब्धि हासिल गर्न बाँकी छ, त्यसैले दीर्घकालीन र दिगो विकासको लागि एउटा बलियो आधारशिला निर्माण गर्नु महत्वपूर्ण छ । यस सम्बन्धमा डजिटल अर्थतन्त्रको लागि चाहिने सबै प्रकारका गुणस्तरीय तथा भरपर्दो पूर्वाधार हुनु महत्वपूर्ण हुनेछ । हाम्रो उद्देश्य यस क्षेत्रकालाई विकास प्रक्रियामा अगाडि बढ्नका लागी सहयोग गर्नु हो र यो अग्रगामी उद्देश्य प्राप्त गर्न वर्ल्डलिंक कम्युनिकेशन्स एक निर्विकल्प तथा विश्वासिलो साझेदार हो । ” त्यस्तै, वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष तथा संस्थापक निर्देशक दिलीप अग्रवालले भने- ‘हामी विकासको क्षेत्र चिन्न र स्थिर डिजिटल प्लेटफर्मको अवसरको लाभ उठाउन व्यवसायी, समिुदायिक समूह र व्यक्तिहरूको लागि इन्टरनेटको पहुँच पुर्याउने दिशामा संयुक्त रुपमा डिजिटल कर्णालीको भिजन साकार पार्ने काम गर्ने छौं । सबैका लागि, जहाँ पनि जतिबेला पनि जोडने’ हाम्रो संस्थाको मुल्य र मान्यता सँग पुर्ण रुपले मेल खाएको हुँदा यो कार्यक्रमलाई पूर्ण रुपमा सघाउने छौं ।’ दुबै पक्षले रोजगारी सृजना र स्थानीय उद्यमी एवम मध्यम तथा साना उद्यमीहरूलाई सहयोग पुर्याउन आर्थिक, वातावरणीय र सामाजिक प्रभाव प्राप्त गर्न सँगै मिलेर काम गर्ने वाचा गरेका छन् । दुबै केबीसीएफ र वर्ल्डलिंकले स्थानीय उत्पादन र दिगो स्थानीय आपूर्तिको चक्रलाई सहयोग र समर्थन गर्न मद्दत गर्नेछ । यो रणनीतिक साझेदारीले केआरबीका व्यक्ति र समुदायहरूलाई डिजिटल रूपमा समर्थन गर्दै र समृद्धिलाई अगाडि बढाउन प्रेरणा दिदै एकसाथ अवसरहरू प्रदान गर्नेछ ।
सार्वजनिक भए आइफोन–१२ सिरिजका ४ मोबाइल, यस्ता छन् विशेषता र मूल्य
काठमाडौ । आईफोन–१२ सिरिजका ४ वटा फोन सार्वजनिक भएका छन् । ४५ सेकेन्डमै २० गिगाबाइटसम्मको भिडियो डाउनलोड हुने विशेषता सहितको नयाँ आइफोन बजारमा आएको हो । उक्त फोनहरुमा फाइभजी नेटवर्क चल्ने कम्पनीले जनाएको छ । कम्पनीले आइफोन–१२, आइफोन–१२ मिनी, आइफोन–प्रो र आइफोन–१२ प्रोम्याक्स सार्वजनिक गरेको हो । यी चार मोडलमध्ये आइफोन–१२ र आइफोन–१२ मिनीमा ६४, १२८ र २५६ जीवी स्टोरेज क्षमतामा उपलब्ध छन् । आइफोन–१२ प्रो र आइफोन–१२ प्रोम्याक्समा ६४, १२८, २५६ र ५१२ जवी स्टोरेज क्षमता छ । मंगलबार सार्वजनिक भएका उक्त आइफोनको मूल्य कम्तिमा ६ सय ९९ अमेरिकी डलरदेखि १ हजार १ सय ९९ डलरसम्म तोकिएको छ । कम्पनीले सार्वजनिक गरेको मूल्य अनुसार आइफोन–१२ मिनीको मूल्य ६ सय ४९ डलर छ भने आइफोन–१२ को मूल्य ७ सय ९९ अमेरिकी डलरबाट सुरु हुन्छ । यसरी नै आइफोन–१२ प्रो र आइफोन–१२ प्रोम्याक्सको मूल्य क्रमश ९ सय ९९ डलर तथा ११ सय ९९ डलर सुरु हुने कम्पनीले जनाएको छ । मोवाइलमा उपलब्ध विभिन्न सुविधा तथा स्टोरेज अनुसार मूल्यमा फरक पर्छ । ग्राहकले आगामी नोभेम्बर तथा अक्टोबर महिनाबाट मोवाइलको प्रिअर्डर गर्न तथा हात पार्न सक्ने कम्पनीले जनाएको छ । विषेशता आइफोनको स्क्रिन परिवर्तन गरिएको छ । आगामी दिनमा ग्राहकहरुले मोवाइल फोन बोक्दा आइफोनको स्क्रिनमा परिवर्तन भएको पाउँन सक्नेछन् । यी आइफोनमो स्क्रीन केही ठूलो (६.१ इन्च) रहेको छ । पर्यावरणमा प्रभाव कम पार्न भन्दै कम्पनीले मोबाइलको साथमा चार्जर र एयरफोन भने नदिने भएको छ । यस्तै, लन्च भएको उक्त आइफोनमा फ्ल्यास बिना नै रातमा सेल्फी लिन सकिने विषेशता छ । नयाँ आइफोनमा फाइभजी नेटवर्क चल्ने गरी बनाइएको छ । सोही कारण कम्पनीले आगामी दिनमा नयाँ सेरिजका फोनमा ग्राहकको विषश आकर्षण रहने दाबी समेत गरेको छ ।