बर्षाको बेलामा मोबाइल फोन भिज्नबाट कसरी जोगाउने ?

काठमाडौं । वर्षायाम लागेसँगै कतै बाढिको चिन्ता त कतै पहिरोको प्रकोप देखापर्न थाल्छ । यही वर्षायममा कतिपयले घरबार, जन–धन गुमाउछन् भने कतिले अनेकौ कष्टहरु व्यहोर्न बाध्य हुन्छन् । तर हामीले आज सबै समस्याहरुलाई थाति राख्दै मोवाइल फोन बोक्ने ग्राहकरुले वर्षायाममा कसरी फोन जोगाउने भन्ने बारेमा चर्चा गर्दैछौं । वर्षायाम होस या जाडो मोवाइल फोन सधैको साथी जस्तै हो । सोही कारण ग्राहकरुले वर्षायामको बेलामा पनि मोवाइल फोन घरमै छाडेर बाहिरी यात्रा तय गर्दैनन् । वर्षायाममा मोवाइल फोन भिज्ने समस्या हामीलाई सामान्य लाग्ने गर्छ । तर भिजेकै कारण मोवाइल फोनमा विभिन्न किसिमका समस्या देखा पर्नेदेखि फोन नै नचल्नेसम्मको समस्या आउँछ । वर्षा, मनसुनको समय अनि मोवाइलको असुरक्षा, यो हर कोहीले भोग्दै आएको समस्यमा पनि हो । पानीले भिज्दा मोवाइल फोनमा कहिले ब्याट्री फुल्ने, डिस्प्लेका अक्षर नदेखिने, चार्ज नटिक्नेदेखि मोवाइल फोन नै सिज हुनेसम्मको खतरा हुन्छ । यस्तै, जोखिमबाट मोवाइल सेट बचाउन अहिले बजारमा वाटर प्रुफ मोवाइलहरु समेत किनबेच हुन थालेको छ । तर पनि सकेसम्म कुनैपनि मोवाइल पानीमा भिजाउनु राम्रो नहुने जानकारहरु बताउछन् । वाटर प्रुफ केसको प्रयोग गर्ने वर्षा याममा मोवाइल जोगाउन कतिपयले प्लास्टिकभित्र राख्ने गरेका छन् । कतिपय कभरहरु निकै हदसम्म पानी छेक्ने किसिमका हुन्छन् । तर वाटर प्रुफ केसहरुको प्रयोग गर्नु राम्रो मानिन्छ । यसरी वाटर पु्रफ केसको प्रयोग गर्दा मोवाइफ फोन पानीबाट पूर्ण रुपमा जोगाउन सकिन्छ । ब्लुतुथ हेडसेटको प्रयोग गर्ने मोवाइल हरेक बेलामा प्रयोग गर्नु पर्ने अवस्था आउन सक्छ । मनसुनको समयमा मोवाइल चलाउदा भिज्ने सम्भावना धेरै हुन्छ । भिजेपछि मोवाइलमा समस्या आउन सक्छ । सोही कारण ब्लुतुथ हेडसेटको प्रयोग गर्दा केही हदसम्म मोवाइल जोगाउन सकिन्छ । हेडसेट कुराकानी गर्ने, संगित सुन्ने लगायतको प्रयोजनमा प्रयोग गर्न सकिन्छ । चिसो हातले मोवाइल फोनको प्रयोग नगर्ने मोवाइल फोनको प्रयोग अधिकांश बेलामा गर्न सकिने भएकाले प्रयोकर्ताहरु मोवाइलको साथमा लामो समय बिताउन सक्छन् । कतिपय अवस्थामा आफ्नो महत्वपूर्ण कामका लागि हतारमा समेत मोवाइल प्रयोग गर्ने गरिन्छ । तर प्रयोगकर्ताहरुले चिसो हातले मोवाइल फोनको प्रयोग गर्नुमा राम्रो मानिदैन । वाटर प्रुफ फोनको प्रयोग गर्ने आफुसँग भएको फोन जोगाउनु सबै प्रयोगकर्ताको चाहाना हो । तर, प्रयोगकर्तासँग आर्थिक अवस्था सबल छ भने वाटर पु्रफ फोन प्रयोग गर्नु राम्रो हुन्छ । अहिले बजारमा केही महंगा मूल्य तिर्दा वाटर पु्रफ (पानीबाट जोगिने) किसिमका फोनहरु पाइन्छन् । साथमा रुमाल या सानो कपडा बोक्ने रुमाल वा कपडाका टुक्रा बोक्दा मोवाइल प्रयोगकर्तालाई राम्रो हुन्छ । कहिकतै मोवाइल फोनमा पानीका छिट्टा परेको अवस्थामा उक्त कपडाले पुछ्न मद्दत गर्छ । कपडाले पुछ्दा हल्कासँग डिस्प्लेमा असर नपर्ने गरी पुछ्नु पर्छ । भिजेको अवस्थामा चार्ज नगर्ने कहिलेकाही घर बाहिर गएको बेलामा फोनको चार्ज सकिन्छ । यसरी चार्ज सकिनु स्वभाविक पनि हो । तर सोही समयमा मोवाइलमा पानी परेको छ वा भिजेको छ भने हामीले तत्कालै मोवाइल चार्ज गर्नु हुदैन । भिजेको मोवाइल चार्ज गर्दा मोवाइलको व्याट्रीमा समस्या आउन सक्छ भने मोवाइल सट भएर पड्किने सम्भावना पनि उत्तिकै हुन्छ । सोही कारण मोवाइल फोन भिजेको छ भने चार्जमा राख्नु हुदैन । मोवाइल फोनलाई सुरक्षित राख्न विभिन्न विधिहरु अपनाउने गरिन्छ । यस्तै विधि अपनाएर हामीले आफ्नो मोवाइल फोनलाई सुरक्षित राख्न सक्छौं ।

पहिलो पटक सञ्चालनमा आउँदै वायरलेस वाइफाइ सेवा, एनसेलले सुरु गर्यो प्रि-बुकिङ

काठमाडौं । नेपालका उपभोक्ताहरुले अब चाँडैनै आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत वायरफ्री प्लस वाइफाइ सेवाको लागि बुकिङ सुरुगरेको घोषणा गरेको छ । एनसेलले नेपालमा पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि उपयुक्त हुने गुणस्तरिय र भरपर्दो वायरफ्री प्लस वाइफाइ सेवा ल्याउन लागेको छ । यो सेवा लिनको लागि इच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरमा गई बुकिङ गर्न सक्छन् । वायरफ्री प्लस वाइफाइ सेवाको प्रमुख विषेशता भनेको विभिन्न सेवाहरुको आकर्षक बन्डलिङ हो । बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा सिमकार्ड, प्रत्येक सिममा ५ जिबी डेटा, एनसेल नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक लगायतका डिजिटल कन्टेन्टहरुको फाइदा लिन सक्नेछन् । कम्पनीले गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा वायरलेस वाइफाइ डिभाइस, सिम कार्ड र ठुलो डेटा भोलुमसँगको बन्डलिङ सहित प्रि बुकिङ्ग लिदैछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समुह अन्तर्गत ३० दिन, ९० दिन, २१० दिन वा ४२० दिनको प्याकेजहरु लिन सक्छन् । प्याकेजको शुल्क ३० दिनका लागि मान्य हुने रु ७९९ (कर बाहेक) बाट सुरु हुन्छ । प्याकेजको समयसिमा अनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहक शुल्क रु ५००, रु २,५०० वा रु ३,५०० तिर्नु पर्दछ । ४२० दिनको समयसिमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ । ग्राहक लिने प्याकेज अनुसार यी प्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन । वायरफ्री प्लस वाइफाइ सेवाको बारेमा उत्साहित हुदै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “आफ्ना ग्राहकलाई आवश्यकता अनुसार उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै सदैव सन्तुष्ट राख्नु हाम्रो उदेश्य रहदै आएको छ । हामीले प्रदान गर्ने कनेक्टिभिटी सोलुसन्स् मार्फत ग्राहकले सेवाको राम्रो अनुभव गर्न पाउन भन्ने हामी सुनिश्चित गर्न चाहन्छौं । यस वायरफ्री प्लस वाइफाइले ग्राहकलाई वायरलेस डेटा कनेक्टिभिटीको नयाँ अनुभव गराउने छ । हामीलाई विश्वास छ यो सेवाले धेरै भन्दा धेरै मानिसलाई इन्टरनेटमा पहुँच प्रदान गरी उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्ने छ ।” सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरा देखि पुर्वको मोरङ, सुनसरी र धनकुटा सम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध हुनेछ । विशेष योजना अन्तर्गत ये प्रि– बुकिङ सिमीत अवधिको लागि मात्र ल्याइएको हो । हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवाले ग्राहकलाई इन्टरनेट सेवाको नयाँ अनुभव प्रदान गर्नेछ । आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याइसकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ । व्यावसायिक उडान सुचारु भए एनसेलले श्रावणको तेस्रो हप्ताबाट यो सेवा सुचारु गर्नेछ । यो सेवा सम्बन्धि थप जानकारीको लागि एनसेलका ग्राहकले आफ्नो कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् ।

नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण रोक्ने निर्णय

काठमाडाैं । नेपालमा भारतीय न्युज च्यानलहरुको प्रशारण रोक लगाउने निर्णय भएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरूले बिहीबार साँझदेखि भारतीय न्युज च्यानलको प्रशारण रोक्ने निर्णय गरेका हुन्। यद्यपि यो निर्णय भारत सरकारको स्वामित्वको दूरदर्शनको हकमा लागू हुने छैन। मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार पछिल्लो समय भारतीय न्यूज च्यानलहरूले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गर्न थालेपछि यो कदम चालिएको हो। एक भारतीय मिडियाले त प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक विषय प्रसारण गरेको थियो।