हेलो नेपालको टावरमा आगजनी
फाइल फाेटाे डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ । धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । प्रहरीका अनुसार आगजनीबाट टावरको सोलार पाता, जली, चार्जगर्ने १२ वटा भोेल्ट व्याट्री जलेको छ भने कनेक्सन बक्स टावरभन्दा कम्तिमा पनि १० मिटर तल फालेको अवस्थामा भेटिएको छ । आगजनी कसले ग¥यो भन्ने खुलेको छैन् । घटनाका बारेमा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आगजनीका कारण लाखौँ मूल्य बराबरको नोक्सानी भएको प्रहरीको प्रारम्भीक अनुमान छ । रासस
सुबिसु मानर्समा हस्ताक्षर गर्ने नेपालकाे पहिलाे इन्टरनेट सेवा प्रदायक कम्पनी
काठमाडाैं । सुबिसु मानर्समा हस्ताक्षर गर्ने नेपालकाे पहिलाे इन्टर्नेट सेवा प्रदायक(आइएसपि) कम्पनी बनेकाे छ । नेपाल दुरसन्चार प्राधिकरणकाे साइबर सेक्युरिटीकाे कानुनमा हरेक आइएसपि, एनएसपि, टेलक्सले अनिवार्य रुपमा लागु गर्नुपर्ने प्रावधान रहेकाे छ जसमा सुबिसु हस्ताक्षर गर्ने नेपालकाे पहिलाे आइएसपि बनेकाे हाे । मानर्स राउटिङ सेक्युरिटीकाे लागि परामर्श दिनकाे लागि इन्टरनेट साेसाइटीले सुर गरेकाे कार्यक्रम हाे जसले इन्टरनेट राउटिङमा हुने समस्यहरुलाई दिर्घकालिन रुपमा समधान गर्दछ . यसले राउटिङ सेक्युरिटी सम्बन्धी सुरक्षित तरिकाले काम गर्न ठुलाे भुमिका खेल्दछ । इन्टरनेछ जगतमा हरेक दिन साइबर सुरक्षा सम्बन्धी थुप्रै खालका घटनाहरु घटिरहेका छन् जसले गर्दा ग्लाेबल इन्टरनेटमा नै विभिन्न समस्यहरु आइपर्ने गर्दछ जस्तै राउट हाइज्याकिङ, राउट लिक, आइपि एड्रेस स्पुफिङ लगायतका नकरात्मक गतिविधीहरुले ठुलाे क्षति पुराउँदछ । यस्ता समस्याहरुलाई समधान गर्नकाे लागि कम्पनीले यसमा हस्ताक्षर गरेकाे सुबिसुले जनाएकाे छ ।
ओपोद्वारा उपभोक्तामा जागरुकता बढाउने क्वालिटी क्याम्पेन सञ्चालन
काठमाडौं । वैश्विकस्तरमै अग्रणी प्राविधिक ब्राण्ड ओपोले आफ्ना उपभोक्ता माझ आफ्ना ह्याण्डसेट्स तथा उपकरणलाई पृथक बनाउन सघाउने विभिन्न पक्षका बारेमा जानकारी प्रस्तुत गर्दै जागरुकता बढाउने सोचका साथ क्वालिटी क्याम्पेन सञ्चानलनमा ल्याएको छ । नोभेम्बर महिना भरी सञ्चालन हुने उक्त क्याम्पेन अन्तर्गत ओपोले आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म मार्फत ब्राण्ड तथा गुणस्तरका बारेमा जानकारी दिने विभिन्न भिडियोहरु सार्वजनिक गर्ने छ । उपभोक्तालाई भिडियो मार्फत उपकरणहरुको निर्माण प्रक्रियाका बारेमा जानकारी दिने प्रयास गरिने कम्पनीले जानकारी दिएको छ । डक्यूमेन्ट्रि झैँ लाग्ने यी भिडियोहरुमा गुणस्तर पस्कन सरलताप्रतिको ब्राण्डको केन्द्रिकरण र दृढता प्रस्तुत गरिएको छ । साथै, ब्राण्डले ओपो क्वालिटी मोमेन्ट क्याम्पेनको आयोजना गर्ने तयारीपनि गरेको छ । कमेन्टमार्फत ओपोले आफ्ना उपभोक्तासंग ओपो र तिनका बिचका क्वालिटी मोमेन्ट स्टोरिज वा कमेन्टका रुपमा पोष्ट गर्न अनुरोध गरेको छ ।