२५ लाखको लगानीमा शनिबार ‘डोकोमार्ट’ आउँदै, सुरुमै आकर्षक स्कीम, याे वर्षभित्रै १ करोडको पुँजी
काठमाडौं । नेपाली उत्पादन प्रवद्र्धन गर्ने योजनासहित शनिबार डोकोमार्ट लञ्च हुने भएको छ । नेपाली उत्पादनहरुको सबैभन्दा ठूलो ईकमर्श प्लाटफर्म बन्ने उद्धेश्यका साथ शनिबार डोकोमार्ट नामक इकमर्श साइटको लञ्च हुने भएकाे हाे । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले डोकोमार्ट ईकमर्श साइटको लञ्च गर्न लागिएको कम्पनीका प्रमोटर सुवास मल्लले बताए । हाल नेपालमा ईकमर्शहरुले मल्टिनेश्नल सामानहरुलाई बढी प्राथमिकता दिइरहेको अवस्थामा अब डोको मार्टले भने स्थानीय उत्पादन र आम सर्वसाधारणसम्म यसको पहुँच पुग्ने किसिमले काम गर्न थालिएको मल्लको भनाई छ । ‘काठमाडौं बाहिरका ग्राहकलाई पनि ईकर्शको सेवा दिनु पर्छ भन्ने मनसायले हामीले डोको मार्टको सेवा ल्याएका छौं, डोकोमार्ट पोखराबाट सुरुवात गरेर पहिलो चरणमा गण्डकी, बागमती र लुम्बिनी प्रदेशलाई बढी फोकस गरी सेवा दिने योजना रहेको छ, शनिबार हाम्राे ग्राण्ड लञ्चिङ छ,’ उनले भने । ‘नेपालको स्थानीय तहमा उत्पादित वस्तुको बजारिकरण तथा सप्लाई गर्ने काम डोकोमार्टले गर्नेछ, अन्य कम्पनीहरुले मल्टिनेश्नलाई प्राथमिकता दिइहरेका छन्, हामी भने नेपाली बजार र नेपाली उपभोक्ताको मागलाई मध्येनजर गरेर काम गर्छौं, यो सबैभन्दा ठूलो ईकमर्श साइट पनि हुनेछ,’ मल्लले भने । डोकोमार्टकाे लञ्चिङ अवसर पारेर कम्पनीले ग्राहकहरुका लागि विभिन्न स्कीम पनि घोषणा गरेको छ । कम्पनीले डोको मार्टमार्फत डोकोभरि उपहारको बहार लिएर आउने जनाएको छ । अनलाइनबाट अर्डर गर्ने पहिलो ८ जना ग्राहकले २७ प्रतिशत छुट, अनलाइनमार्फत पहिलो दिनमा हुने सबै कारोबारमा १० पतिशत छुट, पहिलो हप्ताभर हरेक दिन कुनै विशेष उत्पादनमा विशेष छुट सुविधा, पहिलो महिनाभरमा ५ हजार रुपैयाँ वा सो भन्दा बढिको कारोबार गर्ने सबै ग्राहकलाई विशेष उपहार दिइने लगायतका कम्नीका स्कीमहरु रहेका छन् । यस्तै, पहिलो महिनाभर कम्पनीमार्फत कारोबार गर्ने सबै ग्राहकहरूमध्येबाट लक्की ड्रबाट १ जना भाग्यशाली ग्राहकलाई बम्पर उपहार र ग्राहकले गरेको कारोबार रकम बराबरकै छुट सहित विशेष उपहार दिइने बताएको छ । अहिले कम्पनीले टोकनमा २५ लाखको लगानी गरेको छ । मल्लका अनुसार चालु आर्थिक वर्षभित्रै कम्पनीको कुल पुँजी १ करोड रुपैयाँको हुनेछ । कम्पनीको सप्लाई र डिमाण्ड नेपाली बजार नै भएकोले पहिलो वार्षिक साधारणसभाबाट पुँजी बढाउन सकिने गरी योजना बनेको उनले बताए । ‘अहिलेसम्म नेपाली बजारमा सप्लाई मल्टिेनेश्नल कम्पनीका उत्पादन छन्, त्यसले नेपाली अर्थतन्त्रलाई समस्या पार्छ । तर, हाम्रो लक्ष्य भनेको नेपाली नै उत्पादक र नेपाली नै सप्लायर हो,’ उनले भने । कम्पनीले काठमाडौं बाहिरलाई प्राथमिकता दिएर बजारीकरण गर्ने भएको छ । सम्बन्धित सामग्री: नेपाली उत्पादन प्रवर्द्धन गर्ने याेजनासहित डोकोमार्ट खुल्दै
सरकारी सूचना प्रणाली ह्याक गर्ने तीन जना पक्राउ
काठमाडाैं । सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने विवेक महर्जनसहित कास्कीको पोखरा महानगरपालिका बस्ने अन्य दुई जना रहेको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ । ती दुई जनाको अनुसन्धान बाँकी नै रहेकाले नाम नखुलाइएको ब्यूरोले जनाएको छ । ‘ह्याकर्स हन्ट अपरेसन’ सञ्चालन गरी विशिष्टीकृतरूपमा प्राविधिक विश्लेषण र अनुसन्धानमार्फत उनीहरुलाई पक्राउ गर्न सफल भएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए । उनीहरुले अनधिकृतरूपमा सरकारी सूचना प्रवाह गरी विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेकाले अनुसन्धान भइरहेको ब्यूरोले सोमबार जारी गरेको सूचनामा जनाइएको छ ।
इन्टरनेटकाे अनुभवलाई थप उत्कृष्ट बनाउँदै सुबिसु, ल्यायो यस्तो सेवा
काठमाडौं । नेपालको केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले ५जीएचजेड डुयल ब्याण्ड राउटर सहितको सेवा प्रस्तुत गरेको छ । आफना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नका निम्ति कम्पनीले उक्त सेवा प्रस्तुत गरेको हो । यस अघि २.४ जीएचजेड सेवा दिँदै आएको कम्पनीले ग्राहकहरुको इन्टरनेट अनुभवलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ ५जी सेवा सुरु गरेको हो । इन्टरनेटको बद्लिदो माग तथा अझ उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ यस कम्पनीले ५जीएचजेड डुयल ब्याण्ड राउटर सहितको सेवा सुरु गरेको हो । ५जीएचजेडको प्रयोगले इन्टरनेट सेवा प्रयोग गर्दा आउने प्राविधिक समस्यालाई कम गर्दै ग्राहकहरुको इन्टरनेट अनुभवलाई अझ गुणस्तरीय बनाउनेछ । ग्राहकहरुको माग र सन्तुष्टिलाई प्राथमिकतामा राखि समय समयमा कम्पनीले सेवा विस्तार तथा परिमार्जित गरि गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।