प्राधिकरणले भन्यो–बाढी प्रभावित क्षेत्रमा इन्टरनेट सेवा प्रभावित भएको छैन
काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा इन्टरनेट सेवा प्रभावित नभएको जनाएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै बाढी तथा पहिरो प्रभावित क्षेत्रमा इन्टरनेट सेवा प्रभावित नभएको भन्दै दूरसञ्चार सेवा नियमित रुपमा सुचारु राख्न हरसम्भव प्रयास भइरहेको जनाएको हो । ‘बाढी तथा पहिरोमा परी हालसम्म दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति भएको विषयमा कुनै जानकारी प्राप्त भएको छैन,’ प्राधिकरणको सूचनामा भनिएको छ, ‘तर त्यस्ता क्षेत्रमा विद्युत अवरुद्ध भएकाले दूरसञ्चार सेवा सञ्चालनमा समस्या आएको छ ।’ दूरसञ्चार सेवालाई निरन्तरता दिईएको भन्दै कुनै क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध भए तत्कालै प्राधिकरणमा जानकारी गराउनसमेत आग्रह गरेको छ ।
क्लब हाउसमा प्रहरीको फोटोलाई ‘प्रोफाइल पिक्चर’ बनाउनेकाे खोजी हुँदै, कडा कारवाही हुने
काठमाडौं । अडियोमा आधारित सामाजिक सञ्जाल ‘क्लब हाउस’मा प्रहरी अधिकृतहरुको तस्वीर राख्नेहरुमाथि छानबिन भइहरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय चर्चामा आएको क्लब हाउसमा प्रहरी अधिकृतहरुको पोशाकसहितको तस्वीरलाई आफ्नो प्रोफाइल तस्वीर राख्नेहरु माथि प्रहरीले छानबिन तथा खोजतलास बढाएकाे हाे । अहिले क्लव हाउसमा उच्च पदस्थ प्रहरी अधिकृतका पोशाक सहितको तस्वीरलाई आफ्नो प्रोफाइल फोटो राख्नेहरु बढेका छन् । यसका साथै प्रधानमन्त्री केपी शर्मा ओली र अन्य वरिष्ठ नेताहरुको तस्वीर प्रोफाइलमा राख्नेहरु पनि क्लव आउसमा धेरै भेटिने गरेका छन् । यस्तो कार्य गर्ने माथि प्रहरीले खोजतलासी बढाएको हो । सूचनाका लागि धन्यवाद ।यस सम्बन्धमा आवश्यक छानबिन भईरहेको जानकारी गराउन चाहन्छौं ।धन्यवाद, जय नेपाल । — Nepal Police (@NepalPoliceHQ) June 17, 2021 सम्बन्धित सामग्री ‘क्लब हाउस’मा नेपाली उद्योगी/व्यवसायी र बैंकरको इण्ट्री, स्टार्टअपका लागि गज्जवको प्लेटफर्म
जनताबाट गुनासो नआउने गरी सेवा प्रदान गर्न सञ्चारमन्त्रीकाे निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले जनताबाट गुनासो नआउने गरी सेवा दिन निर्देशन दिएकी छिन। बुधबार हुलाक सेवा विभाग र विज्ञापन बोर्डका कार्यालयको अनुगमनका क्रममा मन्त्री थापाले जनतालाई प्रत्यक्ष लाभ हुने गरी छिटो र छरिटो सेवा प्रदान गर्न कमचारीलाई निर्देशन दिएकी हुन । मन्त्री थापाले पछिल्लो समयमा सञ्चार तथा प्रविधिको विकास तीव्र रुपमा भइरहेको जनाउँदै प्रविधिमैत्री सेवा प्रदान गर्न पनि अनुरोध गरिन । मन्त्रालयका हरिप्रसाद बस्यालले सरकारी विज्ञापनलाई एकद्वार प्रणालीबाट वितरण गर्ने गरी अगाडि बढ्न बोर्डलाई सुझाव दिए । बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले बोर्डले विज्ञापनसम्वन्धी कानूनमा भएका व्यवस्थाको अध्ययन गर्नाका साथै विज्ञापन आचारसंहिता निर्माण गर्ने कार्य गरिरहेको जानकारी दिए। विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम बोर्डको गठन भएको थियो । हुलाक सेवा विभागका महानिर्देशक आभा श्रेष्ठले हुलाक सेवाको पुनर्संरचना गर्नुपर्नेमा जोड दिईन। नेपाल सरकारको पूर्ण स्वामित्व रहेको हुलाकको स्थापना विस। १९३५ मा भएको थियो । मन्त्री थापाले यसअघि नेपाल टेलिभिजन, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागलगायत निकायमा अनुगमन गरी निर्देशन दिइसकेकि छिन ।