सीजी नेटको नयाँ अफर रिफर गर्नेले निःशुल्क इन्टरनेट पाउने
काठमाडौं । सीजी नेटले ‘स्प्रिड मोर गेट मोर’ अफर ल्याएको छ । यो अफर अन्तर्गत १ सय २० एमविपिएस वा ५० एमबिपिएसको तीन महिने प्याकेज लिने वा अन्यलाई लिन रिफर गर्ने ग्राहकले १० दिन निःशुल्क इन्टरनेट पाउनेछन् । त्यस्तै, अर्धवार्षिक वा वार्षिक प्याकेज लिदा भने क्रमशः २० दिन र एक महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् । सीजी नेटले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि प्रयोगकर्तालाई थप सुविधा दिने तर्फ ध्यान केन्द्रित गरेको जनाएको छ । सीजी नेटले यसअघि काठमाडौं उपत्यकाका जुनसुकै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन आफुहरु सक्षम रहेको जानकारी दिएको थियो । ९ सय ९९ रुपैयामा १२० एमविपिएस गति सहितको योजनाले सुरुवातबाटै चर्चा बटुल्न सफल सीजी नेटले ६ सय ४९ रुपैयामा ५० एमबीपीएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ पनि ल्याएको छ । नयाँ प्याकेज ल्याएपछि बजारमा माग व्यापक बढेको कम्पनीले जनाएको छ । त्यस्तै सीजी पे एपमार्फत गरेको भुक्तानीमा थप ३ प्रतिशत क्यासब्याक पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।
टेलिकमकाे निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायवप्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा वैद्य नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त भएकी हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएपनि हालसम्म सो प्रक्रिया सम्पन्न हुन सकेको छैन ।
टेलिकमलाई संसदीय समितिको प्रश्नः सबै जिल्लामा कहिले पुग्छ फोरजी सेवा ?
काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल टेलिकमको सेवा प्रभावकारी नभएको सांसदहरुले बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिको बैठकले नेपाल टेलिकमले दिने इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकले टेलिकमको इन्टरनेट सेवा प्रवाहमा गुनासो आएको भन्दै टेलिकमले दिने इन्टरनेटको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र समितिमा पेश गर्न निर्देशन दिएको हो । समितिले आगामी आयोजना जनताले अपेक्षा गरे अनुरुप बनाउन पनि टेलिकमलाई निर्देश गरेको छ । समितिकी सभापति कल्याणीकुमारी खड्काले भनिन, ‘नेपाल टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी नभएको गुनासो आम नागरिकमा उठिरहेको सन्दर्भमा टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी, गुणस्तरीय र आम नागरिकले अपेक्षा गरे अनुरुप बनाउन टेलिकमको आगामी आयोजना, कार्ययोजना स्पष्ट रुपमा ३० दिनभित्र पेश गर्न नेपाल सरकारलाई हामीले निर्देशन गरिसकेका थियौँ । फेरी हामीले त्यसलाई पुर्ननिर्देशन गरेका छौँ ।’ समितिले नेपाल टेलिकमले अघिल्लो आर्थिक वर्षमा सबै स्थानीय तहमा फोरजी सेवा बिस्तार गरिसक्ने कार्ययोजना समितिमा पेश गरेको उल्लेख गर्दै बाँकी रहेका ४३ वटा स्थानीय तहमा कहिलेसम्म सेवा पु¥याउने हो ? सो को कार्ययोजना पनि सात दिनभित्र पेश गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सचेत गराएको छ । त्यस्तै टेलिकमले पूर्वाधार निर्माणको काम अगाडी बढाउन नसकेको भन्दै समितिले आवश्यक जनशक्ति व्यवस्था गरी गुणस्तरीय सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनेको छ । त्यसैगरी कुनैपनि निकाय वा संस्थालाई निरुत्साहित हुनेगरी नभई संस्थाको हितमा हुनेगरी नियमावली संशोधन गर्ने प्रक्रिया अगाडी बढाउन ध्यान पु¥याउन सरकारलाई समितिको निर्देशन छ । यस्तै, सांसदहरुले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा आप्ना मान्छेहरु नियुक्त गर्न चलखेल सुरु भएको बताएका छन् । उनीहरुले हालै संसोधन गरिएको टेलिकम प्रबन्ध निर्देशक निर्देशिकामा संशोधन गरिएको उमेरहदको बिषयमा समेत चासो राखेका थिए ।