टेलिकमले डाटा, कल र एसएमएसमा ल्यायो आकर्षक विन्टर अफर

काठमाडौं । नेपाल टेलिकमले माघ ३ गतेदेखि लागु हुने गरी विन्टर अफर ल्याएकाे छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर ल्याएकाे हो । अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ । पहिले २८ दिनका लागि ५९९ रुपैयाँमा लिन सकिने ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध भइरहेकोमा अब ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड ९९९’ र ‘सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याक समेत उपलब्ध हुने भएको छ । यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायका सेवाहरु उपलब्ध गराइएको छ । डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरुको मुख्य विशेषता रहेकाे कम्पनीले जानकारी दिएकाे छ । यस्तै सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइएकाे छ । यस अन्तर्गत २९९ रुपैयाँमा अब २८ दिनसम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिने छ । यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताहरुका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने कम्पनीले जनाएकाे छ । पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने छन् । साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने वेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने छ । यी बाहेक पहिलेदेखि नै उपलब्ध अधिकांश अफरलाई टेलिकमले निरन्तरता दिएको छ । अफर प्राप्त गर्नका लागि ग्राहकले *१४१५* डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

घट्यो फोन कलको शुल्क, अब ६६ पैसामै फोन गर्न सकिने

काठमाडौं । शनिबारदेखि मोबाइल फोन कलमा लाग्दै आएको शुल्क घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नै मोबाइल फोन सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन जारी गर्दै घटाउन निर्देशन दिएको थियो । गत कार्त्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिले बैठकले मोबाइल कलको शुल्क कम गर्ने कार्यविधि कार्यान्वयनका लागि निर्देशन दिएको हो । बोर्डले पहिलो चरणमा आन्तरिक कलमा हुने अन्तरआवद्धता शुल्कको हकमा मात्रै यो व्यवस्था कार्यान्वयन गर्न सेवाप्रदायकलाई निर्देशन दिएको थियो । दूरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा रहेको प्राधिकरणको दिएको निर्देशन अनुसार मोबाइल फोन सेवाप्रदायक कम्पनीले शनिबार देखि शुल्क घटाएका हुन । यसअघिकोे तुलनामा शनिबारदेखि ४४ पैसा सस्तो भएको छ । यसअघि प्राधिकरणले २०७६ पुस महिनामा अन्तरआवद्धता निर्देशिका २०७६ जारी गरेको थियो । यसमा सेवाप्रदायकले हाल आफ्नो नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा अन्तरआवद्धता शुल्कबापत प्रति मिनेट ५४ पैसा थप लिँदै आएका छन् । प्राधिकरणको निर्देशिक अनुसार सेवाप्रदायक कम्पनीले ५४ पैसाबाट ४४ पैसा घटाएर अब प्रतिमिनेट १० पैसा कायम हुनेछ । हाल नेपाल टेलिकमको प्रिपेड सिमबाट अन्य नेटवर्कमा कल गर्दा प्रति मिनेट दुई रुपैयाँ लाग्छ भने पोस्टपेडबाट कल गर्दा एक रुपैयाँ ५० लाग्छ । नयाँ निर्देशिकाअनुसार प्रिपेडबाट प्रति मिनेट एक रुपैयाँ ६ पैसा र पोस्टपेडबाट ६६ पैसा मात्रै लाग्नेछ । त्यस्तै एनसेलबाट अन्य सेवाप्रदायकको नम्बरमा कल गर्दा हाल प्रति मिनेट कर बाहेक एक रुपैयाँ ९९ पैसा लाग्दै आएकोमा अब एक रुपैयाँ ५५ पैसामा सीमित भएको छ । यस्तै, स्मार्टसेलबाट एनसेल र नेपाल टेलिकममा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ ९२ पैसा लाग्दै आएकोमा अब एक रुपैयाँ ४८ पैसामात्रै लाग्नेछ ।

२१ औं वार्षिकोत्सवमा सुबिसुले २१ ठाउँमा गर्यो रक्तदान कार्यक्रम

काठमाडाैं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभरि २१वटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम सञ्चालन गरेको हो । रेडक्रससगँको सहकार्यमा सञ्चालित यस कार्यक्रम बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, बीरगंज, लहान, कलैया, गरुडा , लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, बिराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरिकोट र चपुरमा सफलता पुर्वक सम्पन्न भएकाे सुबिसुले जनाएकाे छ ।