नेपाल टेलिकमको नाफा २.२२ अर्ब, ईपीएस ४९.४६ रुपैयाँ
काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आम्दानी घटेपनि खुद नाफामा सामान्य धक्का लागेको छ । कम्पनीको तीन महिनामा खुद नाफा १.५२ प्रतिशत घटेर २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा कम्पनीको आम्दानी ७.१४ प्रतिशत घटेर ९ अर्ब ७ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी ६६.७३ प्रतिशत बढेर १ अर्ब ९६ करोड २५ लाख ६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १७ करोड ७० लाख ५२ हजार रुपैयाँ अन्य आम्दानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २० प्रतिशत बढेर १८ अर्ब रुपैयाँ र जगेडा कोष ५.४० प्रतिशत घटेर ७९ अर्ब २९ करोड १६ लाख ९८ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेकाले चुक्ता पूँजी बढेको हो । कम्पनीको नाफा घटेका कारण प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८१ पैसा घटेर ४९ रुपैयाँ ४६ पैसामा सिमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५४० रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.४८ गुणा रहेको छ ।
कसरी भयो क्रिप्टो ‘किङ’ बैंकम्यान फ्राइडको पतन ?
एजेन्सी । साम ब्यांकम्यान फ्राइड क्रिप्टोकरेन्सी कारोबार गर्ने एक उच्च व्यापारी हुन् । पछिल्ला केही वर्षहरुमा उनको बाहामास स्थित कार्यालयहरुमा उनीसँग लामो–लामो अन्तवार्ता गर्नेको भीड नै लाग्यो । ती मध्ये कतिपय अन्तवार्ताहरु काममा नै बाधा पुर्याउने प्रकृतिका हुने गर्दथे । उनीसँग अन्तवार्ता लिनेहरुले उनी पछिल्ला ५ वर्षमा कसरी अर्बपति हुन सफल भए भन्ने कुरा सोध्ने गर्दथे । विवादित क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटिएक्सका पूर्व सञ्चालक ब्यांकम्यान एक सोखिन गेमर पनि हुन् । लामो क्रिप्टोकरेन्सी इतिहास यसैवर्ष पतन भएपछि ब्यांकम्यानको गेमिङको विषयमा पनि नयाँ किस्सा खुलासा भएको छ । भेन्चर क्यापिटल गेन्ट स्कोया क्यापिटलका अनुसार ब्यांकम्यान लगातार रुपमा लिग र लेजेन्डस्का गेमहरु उच्च गुणस्तरको भिडियो कलमार्फत् लगानीकर्ताहरुको समूहसँग खेल्ने गर्दथे । उनको कम्पनी एफटीएक्समा सो समूहले २ सय १० मिलियन डलर लगानी गरेको थियो । गत हप्ता मात्रै स्कोया क्यापिटलले आफ्नो पुरानो ब्लग हटाउँदै एफटिएक्सलाई घाटा भएको भन्दै रुपमा बन्द हुने जनायो । अहिले एफटिएक्समा लगानी गर्ने समूह मात्रै नभएर ब्यांकम्यानको ३२ बिलियन डलरको साम्राज्य नै ध्वस्त भएको छ । एफटिएक्समा अनुमानित १२ लाख दर्ता भएका प्रयोगकर्ताहरु रहेका थिए, जसले क्रिप्टोकरेन्सीको खरिद बिक्री तथा मुद्रा सटहीको काम गर्ने गर्दथे । अहिले ठूला ट्रेडरदेखि साना लगानीकर्ताहरुसम्मले एफटिएक्सको वालेटमा फसेको आफ्नो रकम पाउने वा नपाउनेमा चिन्तित भएका छन् । अहिले ब्यांकम्यानको उदय, विकास र पतन एउटा नाटकीय कथा जस्तै बन्न पुगेको छ । ब्यांकम्यानले अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट फिजिक्स र गणितको अध्ययन गरेका थिए । उनले सोही विश्वविद्यालयको होस्टल बसाइबाट सिकेको विषयले नै उनलाई धनी बन्ने बाटोमा पुर्याएको थियो । पछिल्लो महिना बीबीसी रेडियोमा दिएको अन्तर्वार्तामा ब्यांकम्यानले आफू परोपकारी आन्दोलनमा लागेको बताएका थिए । उनी धेरै पैसा आर्जन गर्नको लागि बैंकिङ क्षेत्रमा प्रवेश गर्ने निर्णय गरेका थिए । उनले न्युयोर्कको जोन स्ट्रिटको एक ट्रेडिङ फर्ममा स्टक कारोबार गर्न सिकेका थिए, सोही क्रममा उनले बिटक्वाइनको अनुभव लिने निर्णय गरेका थिए । उनले क्रिप्टोकरेन्सी एक्सचेन्जरहरुमा मूल्यमा असमानता देखेपछि आफूले पनि एक्सचेन्ज कारोबारको शुरुवात गर्ने निर्णय गरेका थिए । एक्सचेन्जर व्यवसाय शुरु गरेको एक महिनामा राम्रो नाफा आर्जन गरेपछि ब्यांकम्यानले आफ्नो कलेजका साथीहरुसँग मिलेर अल्मेडा रिसर्च नामको एक ट्रेडिङ व्यवसायको शुरुवात गरेका थिए । ब्यांकम्यानका अनुसार उनले शुरु गरेको सो व्यवसाय प्राविधिक रुपमा सिमाहिन बोर्डर बैंकमार्फत कारोबार गर्ने विषय आफैमा निकै कठिन थियो । तर, सो ट्रेडिङ शुरु गरेको ३ महिनापछि नै ब्यांकम्यान र उनको समूहले निकै ठूलो सफलता हासिल गर्न पुग्यो । सन् २०१८ को जनवरीसँगै उनको समूहले दैनिक रुपमा १ मिलियन डलर आम्दानी गर्न शुरु गरेको थियो । सोही समयमा सिएनबीसीका एकजना बिजनेस रिपोर्टरले उनको व्यवसाय अनुभवको विषयमा ब्यांकम्यानसँग जिज्ञासा राखेका थिए । उनले आफ्नो व्यवसाय बौद्धिक र विधिबाट सञ्चालन भइरहेको बताउँदै आफु दैनिक रुपमा आश्चर्यचकित भएको बताएका थिए । ब्यांकम्यान उनको एफटिएक्स व्यवसायमार्फत सन् २०२१ मा अर्बपति तहमा उदय हुन पुगे । त्यतिबेला सम्म आइपुग्दा क्रिप्टोकरेन्सीको कारोबारमा उनको व्यवसाय विश्वकै दोस्रो ठूलो बन्न पुगेको थियो । जतिबेला उनको कम्पनीले दैनिक रुपमा १० देखि १५ बिलियन डलर बराबर कारोबार गर्ने गर्दथ्यो । सन् २०२२ को शुरुवातसम्म आइपुग्दा एफटिएक्सको मूल्य ३२ बिलियन डलर पुग्यो । ब्यांकम्यान आफ्ना ट्वीटरका फ्यानहरुलाई आफ्नो जीवनशैलीको बारेमा जानकारी गराउँदा निकै चर्चित भएका थिए । जतिबेला उनी आफ्नो कार्यालयमा स्टाफहरुसँगै बिनब्यागमा पल्टिएको फोटो पोस्ट गरेका थिए । पछिल्लो समय ब्यांकम्यानले ठूलो मात्रामा पैसा च्यारिटीमा लगाउन चाहेका थिए । यो विषय उनले पछिल्लो बीबीसीको अन्तवार्तामा अहिलेसम्म केही सय मिलियन सहयोग गरिसकेका थिए । उनको उदारताको कारण पछिल्लो ६ महिना यता उनलाई ‘क्रिप्टो ह्वाइट नाइट’ को नामले पनि चिनिन थालेको थियो । सन् २०२२ मा क्रिप्टोकरेन्सीको निकै ओरालो लाग्यो । अन्य कम्पनीहरु बजारमा उभिन नसक्दा ब्यांकम्यानले भने कारोबार गर्नेहरुलाई नगद भुक्तानी दिइरहेका थिए । उनले क्रिप्टो ओरालो लाग्ने कुरा दीर्घकालिन नहुने कुरा सिएनबीसीलाई बताएका थिए । सोही क्रममा उनले आफूसँग बचत रहेको २ बिलियन डलर घाटामा गइरहेका क्रिप्टो कम्पनीलाई सहयोग गर्ने बताएका थिए । तर, पछिल्लो हप्तासम्म आइपुग्दा ब्यांकम्यान पनि आफ्नो कम्पनी र ग्राहकको पैसा बचाउन कोशिश गर्नुपर्ने अवस्थामा आइपुगे । पछिल्लो समय क्वाइनडेस्क वेबसाइटको एउटा लेखले एफटिएक्सको वास्तविक वित्तीय अवस्थाको बारेमा सबैलाई सोच्न बाध्य बनायो । वाल स्ट्रीट जर्नलमा अल्मेडा रिसर्चले ग्राहकको निक्षेपलाई ऋणको रुपमा प्रयोग गरेको उल्लेख गरिएको थियो । एफटिएक्ससँग सबै टोकनहरु उसको प्रतिस्पर्धी बिन्यान्सलाई बेचेपछि एफटिएक्सको अन्त्यको शुरुवात भएको मानिन्छ । बिन्यान्सका प्रमुख कार्यकारी चाङपेङ झाओले आफ्ना ७.५ मिलियन फलोअर्सलाई कम्पनीले होल्डिङ बेच्ने बताएका थिए । जसका कारणले हजारौं ग्राहकहरुले एफटिएक्सबाट आफ्नो अरबौं डलर फिर्ता लिन थाले । एफटिएक्सले भुक्तानी दिन नसकेपछि ग्राहकहरुको माग अनुसारको भुक्तानी रोकिन थाल्यो, ब्यांकम्यानले कठिन अवस्था आउन अगाडि आफ्नो व्यवसायको विषयमा प्रतिस्पर्धी बिन्यान्ससँग सार्वजनिक रुपमा नै केही समझदारी गर्न खोजेका थिए । तर, गलत ढंगले नियन्त्रणमा लिइएको ग्राहकहरुको फन्ड र अमेरिकी एजेन्सीको अनुसन्धानको कारण सो प्रकृया अगाडि बढ्न नसकेको जनाइएको छ । यी प्रयासहरुको एकदिन पछाडि नै एफटिएक्स डुबेको घोषणा गरिएको थियो । त्यसपछि ब्यांकम्यानले श्रृंखलावद्धरुपमा नै माफी माग्दै ‘हामी यहिँबाटै समाप्त भयौं’ भनेर ट्वीट गरेका थिए । साथै उनले आफूहरुले गरेको कामबाट आश्चर्यचकित भएको बताएका थिए । पछिल्लो २ वर्षमा क्रिप्टोकरेन्सीको मूल्य निरन्तर रुपमा ओरालो लागिरहेको छ । एफटिएक्स जस्तो संस्थाको पतनले सो क्षेत्रसँग सम्बन्धित धेरैलाई सशंकित बनाएको छ ।
चीनद्वारा अन्तरिक्ष स्टेशन आपूर्तिका लागि कार्गो क्राफ्ट टियानझाउ-५ प्रक्षेपण
एजेन्सी । चीनले अन्तरिक्ष स्टेशनको लागि आपूर्तिहरू पुर्या्उन शनिबार बिहान कार्गो अन्तरिक्ष यान तियानझाउ-५ प्रक्षेपण गरेको छ । अन्तरिक्ष स्टेशनको निर्माण यसै वर्ष पूरा हुने अपेक्षा गरिएको छ। चीनको मानव अन्तरिक्ष एजेन्सीका अनुसार दक्षिणी टापु प्रान्त हेनानको वेन्चाङ अन्तरिक्षयान प्रक्षेपण स्थलबाट तियान्झाउ(५ बोकेको लङ मार्च-७ वाई ६ रकेट विस्फोट भएको छ।