बोटको वोएभ प्रो ४७, रेकर्ज ३३० र रेकर्ज २५५ प्रो प्लस नेपाली बजारमा
काठमाडौं । इम्याजिन मार्केटिङ लिमिटेड, भारतको नम्बर १ वायरलेस हियरेबल ब्रान्डले(फ्ल्यागशिप ब्रान्ड ‘बुट’ अन्तर्गत सन् २०१९ देखि आर्थिक वर्ष २०२२ को दोस्रो त्रैमासिकको भोल्युमको हिसाबले) आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाँडै नेपाली बजारमा ल्याएको छ । कम्पनीले ल्याएको स्क्वायर डायल भएको वेभ प्रो ४७, १.६९ इन्चकलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ । यो डिस्प्लेमा गुणस्तर्य पिक्चर, ५०० निट्स ब्राईटनेस, र विशाल दृश्य अनुभव प्रदान गर्दछ । यसको नवीनतम बुट एसप चार्ज टेक्नोलोजीको सातदिन सम्मको पावर ब्याकअप मात्र ३० मिनेटमा ० देखि १०० प्रतिशत सम्मचार्ज गर्दछ । वेभ प्रो ४७ मा भएको आइपी६७ ले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ । जसले यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउँछ । नेपालमा उपलब्ध वेभ प्रो ४७ को मूल्य ६,४९९ रुपैयाँ रहेको छ । यस कम्पनीले बुटको सबैभन्दा नयाँ संस्करणको बुटएक्सटेन्ड स्पोर्ट स्मार्टवाच पनि लन्च गरेको छ । यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिश छन् । यसमा ७०० प्लस सक्रिय मोडहरू रहेका छन् । जसले तपाईंको निद्राको गतिबिधि देखि तपाईंको पोस्ट वर्कआउटको लागि क्यालोरी ट्र्याक गर्दछ । छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्दछ । यो स्मार्टवाच स्पोर्टी १.६९ इन्च एचडी डिस्प्लेको साथमा उपलब्ध रहेको छ । जसमा ब्राईट र रेस्पोनसिभ टच इन्टरफेस रहेको छ । यसमा १०० प्लस फेस अप्सन छन् जसले तपाइँको भाइबलाई तपाइँको घडीसँग हरेक दिन मिलाउन मद्दत गर्छ । एक्स्टेण्ड स्पोर्ट नेपालको सबै रिटेल आउटलेटमा ६,४९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ । यस कम्पनीको नयाँ लाइनअपमा बजारमा नेकब्यान्ड रकर ३३० र रकर २५५ प्रो प्लस पनि ल्याएको छ । यी उत्पादनहरू नवीनतम प्रविधि र उच्च गुणस्तरको साथै बुट सिग्नेचर साउन्ड र किफायती मूल्यमा उपलब्ध रहेको क्रम्पनीले जनाएको छ । बजारमा यसको मूल्य ३,३९९ देखि ३,४९९ रुपैयाँ रहेको छ ।
नेपाल टेलिकमबाट एक हजार रुपैयाँमा एकैपटक २ हजार एसमएमएस पठाउन सकिने
काठमाडौं । नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने सेवा मंगलबारबाट संचालनमा ल्याउने भएकाे छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएकाे छ । यस अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने छ । टेलिकमकाे अनुसार प्रति सन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० मात्र लाग्नेछ । त्यसैगरी, २५ सयमा ५ दिन भित्रमा ५ हजार एसएमएस, ५ हजारमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने छ । कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश नभएकाे कम्पनीले बताएकाे छ । ग्राहकले यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सक्नेछन् । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्टयाक्टमा भएका नम्बरहरु एक्सेल सिट मार्फत अपलोड गरी सन्देश पठाउन सक्नेछन् ।
पठाओमा फुड डेलिभरी गर्ने साइकल चालकले महिनाको ५०/६० हजार कमाउँछन् : सुरक्षा हमाल
२५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको पठाओले हालै चौथौं वार्षिकोत्सव मनायो । प्रविधिको विकासले दैनिक हजारौंलाई प्रत्यक्ष सेवा दिईरहेको पठाओले छोटो समयमा नै ब्राण्ड नै बन्न सफल भएको छ । उपत्यकामा लोकप्रिय बनेको पठाओले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । नेपाल प्रवेशदेखि लिएर कम्पनीको आगामी योजनाका विषयमा पठाओकी सिनियर मार्केटिङ म्यानेजर सुरक्षा हमालसँग विकासन्युजका लागि सन्तोष रोकाया र सीआर भण्डारीले कुराकानी गरेका छन् । पठाओले कसरी काम गरिरहेको छ ? हामीले पठाओ एप्स सञ्चालन गरेको छौं । त्यो एपबाट कुनै पनि मान्छेले बुक गरेर एक ठाउँबाट अर्को ठाउँ जान सक्छन् । हामीले मोटरबाइक राइड सेयरिङबाट सेवा सुरु गरेका हौं । त्यसपछि हामीले ट्याक्सीमा पनि यो सुरु गर्यौ । त्यसपछि फुड डेलिभरी सेवा थालेका छौं । राइड सेयरिङमा कुनै पनि सेवाग्राहीले आफूलाई जानुपर्ने ठाउँमा बुक गर्नुपर्छ । त्यो रिक्वेस्ट राइडरलाई जान्छ । राइडरले एसेप्ट गरेर पिकअप गर्छ । सेवाग्राहीलाई कहाँ जानुपर्ने हो त्यहि ठाउँमा पुर्याइदिनुहुन्छ । त्यो बापत सेवाग्राहीले एपमा देखाए वापतको फिक्स्ड रकम राइडरलाई पे गर्नुहुन्छ । राइडरले हामीलाई कमिसन पे गर्नु हुन्छ । बाइकमा २० प्रतिशत र ट्याक्सीमा ५० प्रतिशत कमिसन लाग्छ । छोटो समयमा नै पठाओ सेवा चर्चित भयो, कसरी ? यो अमेरिकन कम्पनी हो । विदेशबाट फण्डेड कम्पनी हो । यो एफडीआइ नै हो । नेपालमा यसको इतिहास छोटो भए पनि विदेशमा यो सेवा सञ्चालनमा आएको धेरै वर्ष भयो । पठाओको सेवा उत्कृष्ट छ । चौथौ वार्षिकोत्सवको अवसरमा पठाओ सेवा चितवनमा पनि विस्तार गरेका छौं । काठमाडौंमा हामीले बाइक, ट्याक्सी, फुड र बजार सुरु गरिसकेका छौं । चितवनमा बाइक र टुकटुकबाट पठाओ सेवा सुरु गरिएको छ । चितवनमा पनि राम्रो भइरहेको छ । सेवाग्राहीले खुसी व्यक्त गरेका छन् । चितवनमा टुकटुक ९तीन पांग्रे अटो० पहिलादेखि नै चल्दै आएको थियो ।सेवाग्राहीहरुले टुकटुकलाई एपबाट बोलाउन सक्नुहुन्छ । चालकले पनि एपबाट नै रिक्वेस्ट एसेप्ट गरेर एक ठाउँबाट अर्को ठाउँ पुर्याउनुहुन्छ । सुरु–सुरुमा राइड सेयरिङमा अपरिचित मान्छेको गाडीमा बस्न अफ्ठ्यारो लाग्छ । तर हामीले कुनै अफ्ठ्यारो नमानिकन सुरक्षित हुन्छ भनेर प्रमोट गरिरहेका छौं । सबै राइडरको पुरा विवरण हामीले सिस्टममा राखेको हुन्छौं । सबै राइडरलाई ट्रयाक गरिरहेका हुन्छौं । सबै जना राइडरले ट्रेनिङ लिएका हुन्छन् । उनीहरुलाई सबै कुराहरुको जाँच गरेर नै हामीले भेरिफाइड गरेका हुन्छौं । राइडको दौरानमा आफ्नो साथीभाईलाई आफू कहाँ छौ भने लाइभ गर्न पनि सकिन्छ । केही भएको खण्डमा सपोर्टका लागि २४ सै घण्टा कल सेन्टरको पनि व्यवस्था मिलाइएको छ । हामीले इन्स्योरेन्स पनि गरिदिएका छौं । राइड सेयरिङको लागि उच्च रकमको इन्स्योरेन्स कभर दिएका छौं । जसमा मेडिकल इन्स्योरेन्स १ लाख रुपैयाँको छ । मृत्यु भएको केसमा १० लाख रुपैयाँसम्मको छ । राइडरले १० लाख र सेवाग्राहीले १० लाख रुपैयाँ पाउँछन् । यी कुराहरुलाई हामी प्रचार पसार गर्नुपर्नेछ । अपरिचित ब्यक्तिसँग बाइकमा सवार गर्नु नेपाली समाजको लागि गाह्रो कुरा हो, यो किसिमको सचेतना कसरी गरिरहनु भएको छ ? पठाओ आउनु भन्दा अघि एक दुइटा राइड सेयरिङ सञ्चालनमा थिए । ४ वर्षअघि सुरु गर्दा लोकल एपहरु मात्रै थिए । सुरुमा अपरिचित व्यक्तिसँग बाइकमा बस्न गाह्रो नै हुन्छ । कुनै परिचित मान्छेको पछाडी बसेर आफ्नो गन्तव्य पुग्न सकिन्छ भन्ने अवस्था थिएन । तर, हामीले ग्राहकलाई त्यो किसिमको अनुभव दिएर कन्फिडेन्स लेभल बढायौं । उहाँहरुलाई एक किसिमको सहजता दियौं । अपरिचित व्यक्तिको पछाडी बस्दा कति सुरक्षित छ भनेर शिक्षा दियौं । अहिले राइड सेयर भनेपछि लाइफस्टाइल नै भएको छ । लाखौं ग्राहकले हाम्रो सेवालाई सहज र सुरक्षित मान्नु भएको छ । कतिपय मान्छेलाई गन्तव्यमा छिटो पुग्ने, एप थ्रु बुक गरेर एउटा ठाउँबाट अर्को ठाउँ जाँदा दिइने सुरक्षाका कारण अहिले सबैको मन मस्तिस्कमा पठाओ बसिसकेको छ । पठाओको राइडर र सेवाग्राही कति छन् ? पठाओ एप ३५ लाखभन्दा बढीले डाउनलोड गर्नु भएको छ । अहिले काठमाडौंमा मात्रै संचालन भएको हुनाले यो तथ्याङ्क काठमाडौंको मात्रै हो । राइडहरु मात्रै डेढ लाख बढी छन् । जसमा बाइक राइडर १ लाख ३० हजार हुनुहुन्छ । काठमाडौंमा भएका ५० प्रतिशत ट्याक्सी हामीसँग आवद्ध हुनु भएको छ । पठाओ आउनुभन्दा अघि टुटल आएको थियो तर टुटुलको भन्दा मार्केट बढी पठाओको छ, यो कसरी सम्भव भयो ? टुटल लोकल कम्पनी हो भने पठाओ अन्तर्राष्ट्रिय कम्पनी हो । तर लोकल कम्पनी र अन्तर्राष्ट्रिय कम्पनीले ग्राहकलाई खासै फरक पार्दैन । किनभने उहाँहरु चढ्ने बाइक र राइडर उही हो । जाने गन्तव्य पनि त्यहि नै हो । केही फरक छैन । उहाँको एक्सपेरियन्स फरक छ । हामीले एपको इन्टरन फेजदेखि लिएर राइडरलाई ट्रेन गरेका छौं । राइडरले यत्तिकै राइड गर्न पाउनु हुन्न । हामीले राइडरलाई एक घण्टाको ट्रेनिङ दिएका छौं । उहाँहरुलाई सपोर्टका लागि इन्स्योरेन्स लगायत अन्य सुविधाले ग्राहकको मन जित्न सफल भयौं । ग्राहकका लागि अन्य क्षेत्रमा लोकल कम्पनीसँग ठूलो प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यी सबै कुराले गर्दा हामीले मार्केट सेयर क्याप्चर गर्न सफल भएका हौं । यो फ्रेसर इण्डष्ट्रि पनि भयो । हाम्रो त कुनै गुड्स छैन । यहि सर्भिसलाई कसरी राम्रो बनाउन भन्ने मात्रै हो । सेवाग्राहीलाई एप चलाउन सजिलो बनाउने, टेक गर्न सजिलो बनाउने लगायतका काम गर्यौ । एपलाई जुनसुकै वर्गको मान्छेले पनि चलाउन सक्ने बनाएका छौं । एक्सपेरियन्स इन्टायर हुनुपर्यो । राइडरलाई सुरक्षाको कुराहरु पनि हुनुपर्छ । राइडरलाई ट्रेन गर्नेदेखि लिएर इन्स्योरेन्स सपोर्ट सबै कुराहरु भएकाले पनि हामी अगाडी आउन सफल भयौं । राइडरहरुलाई कस्तो खालको तालिम दिनुहुन्छ ? एप कसरी चलाउने, रोड सेफ्टिदेखि लिएर सेवाग्राहीसँग कस्तो व्यवहार गर्ने, उहाँमा भएका ह्यारेसमेन्टका कुराहरु सस्पेन्ड गरिन्छ । के कुरा गर्न हुन्छ के कुरा गर्न हुन्न रु भन्ने सबै सिकाउँछौं । पहिलामा फिजिकल कक्षा दिने गरेका थियौं । अफिसमा बोलाएर दिनमा ४ वटा सेसनमा कक्षा हुन्थ्यो । कोरोनापछि भने अनलाइन कक्षा दिइरहेका छौं । कुनै एउटा व्यक्ति पठाओको राइडर बन्न के गर्नु पर्छ ? राइडर बन्न धेरै असहज छैन । आफ्नो ब्लुबुक र लाइसेन्स लिएर आउने हो । ट्रेनिङ लिनुपर्छ । अहिले दुई हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । त्यसमा उहाँहरुले जति अमाउन्ट शुल्क दिनुहुन्छ त्यति रकमको रिक्वेस्ट दिइरहेका छौं । त्यो रिक्वेस्टबाट उहाँहरुले त्यो रकम फिर्ता लिनुहुन्छ । अहिले बजारमा इनड्राइभर कडा प्रतिस्पर्धीको रुपमा आएको छ, यसलाई तपाईंले कसरी लिनु भएको छ ? कुनै पनि इण्डष्ट्रिमा प्रतिस्पर्धी आउनु राम्रो हो । प्रतिस्पर्धी आयो भने इण्डष्ट्रि नै ग्रोथ हुन्छ । हामीलाई पनि कोही प्रतिस्पर्धी आयो भने अझै नयाँ नयाँ कुराहरु सोच्ने अवसर मिल्छ । केही नयाँ काम गर्ने सोच हुन्छ । एउटा कम्पनी भयो भने बजारमा मोनोपोली हुन्छ । आफ्नो मोनोपोली भयो भने मजा पनि आउँदैन । कुनै पनि इण्डष्ट्रिमा मुख्य २र३ वटा प्रतिस्पर्धी हुन्छन् । सबैको आआफ्नो मुख्य युनिक प्वाइन्ट हुन्छ । प्रतिस्पर्धी आउँदैमा खासै फरक पर्दैन । इण्डष्ट्रि अझै ग्रोथ हुन्छ । उहाँहरुले पनि आफ्नो मार्केटिङ गर्नुहुन्छ । राइड सेयरिङको बारेमा थाहा नभएको मान्छेले थाहा पाउनुहुन्छ । सबै जनासँगै मिलेर इण्डष्ट्रि ग्रोथ गर्ने हो । राइड सेयरिङदेखि लिएर फुड डेलिभरिमा अहिले पनि ३र४ वटा संचालनमा छन् । सबैको आआफ्नो मार्केट सेयर छ । सबैको आफ्नै युनिक प्वाइन्ट छ । सबै जना मिलेर एउटा फुड डेलिभरि इण्डष्ट्रिलाई ग्रोथ भएको छ । हामी प्रतिस्पर्धीलाई स्वागत नै गर्छौ । प्रतिस्पर्धी नै भन्ने हो भने पनि इनड्राइभरले इन्स्योरेन्स दिँदैन । उसको सपोट नै छैन । इनड्राइभरले राइडरलाई ट्रेनिङ नै दिँदैन । इनड्राइभरको अफिस पनि छैन । सडकमा हुने व्यापार हो । कुन बेला के हुन्छ भन्न सकिँदैन । मूल्य मात्रै सबै कुरा होइन । इनड्राइभरको हकमा धेरै एक्सिडेन्ट भएर रिप्लाइ नआएको, राइडर भागेको सूचनाहरु आएका छन् । पठाओ पनि त दुर्घटनामा परेका घट्ना होलान नि ? यस्ता केसहरु धेरै छन् । ३र४ वटा मात्रै मृत्यु भएका घटना छन् । उहाँहरुले फुल क्लेम पाउनु भएको छ । ६ महिनाअघि ५ लाखको मात्रै बीमा थियो । अहिले १० लाखको बीमा बनाएको छ । डेथ भएकाहरुले पुरा क्लेम पाउनु भएको छ । सानोतिना घटना घटेर क्लेम तिरेको धेरै छन् । अहिलेसम्म ५ सय जनाले फूल बीमा दावी पाइसक्नु भएको छ । चितवनपछि अन्य सहरहरुमा सञ्जाल विस्तार गर्ने कुनै योजना छ ? पक्कै पनि देशभरि नै विस्तार गर्ने योजना छ । अहिलेलाई चितवनमा विस्तार गरिएको छ । चितवनमा संचालनमा आएको एक महिना मात्रै भयो । हामी सुरुवाती चरणमा नै सन्तुष्ट छौं । ब्राण्डमा कुनै कमी छैन । सबैलाई पठाओ भन्ने कुरा के हो भनेर थाहा छ । अब एक्सपेरियन्स र सुरक्षालाई बढाउँदै लैजाने हो । चितवनमा पहिला टुकटुकलाई मान्छेहरुले बोलाएर आफ्नो गन्तव्यमा जाने गरेका थिए । त्यसलाई हामीले हाम्रो टेकमा लिएको मात्रै हो । टुकटुक चालकहरु टेक फ्रेन्ड्ली हुनुपर्ने छ । उहाँहरु टेक फ्रेन्ड्ली हुनुहुन्न । उहाँहरु कोसिस गरेर एप चलाउन सिकिरहनु भएको छ । उपत्यका पछि चितवनमा छौं । विस्तारै यसलाई अन्य सहरहरुमा लैजान्छौं । कतिपय राइडरको शुल्क बढी भयो भन्ने गुनासो छ नि ? हामीसँग प्राइस बढी भयो भनेर गुनासो आएको छैन । २० प्रतिशत मात्रै कमिसन हो । त्यो कमिसनबाट नै हामीले कम्पनी संचालन गर्नुपर्ने हुन्छ । कतिपय राइडरलाई त्यो २० प्रतिशत कमिसन फिर्ता पनि दिने गरको छौ । २० प्रतिशत कमसिनबाट कम्पनीलाई सस्टेन गर्नुपर्ने, मार्केटिङ गर्नुपर्ने, टेकमा खर्च गर्नुपर्ने हुन्छ । हामी टिक्ने भनेको नै त्यहि २० प्रतिशत कमिसनबाट नै हो । हाम्रो अन्य आम्दानी केही पनि छैन । फेरि कस्टमरलाई पनि डिस्काउण्ट दिनु पर्ने हुन्छ । यी सबै २० प्रतिशतमा नै जोडिन्छ । शुल्क बढी भएका कारण कतिपय राइडरले अफलाइन चलाएको भन्ने छ नि ? अफलाइनमा राइड नगर्नु भनेर पटकपटक भनिरहेका हुन्छौं । एकछिनको लागि अफलाइन टेक गर्दा राइडर आफै लुटिएको, बाइक लुटेको, राइडरलाई कुटेको केसहरु छन् । केही दिनअघि पनि यस्तै एउटा मृत्यु भएको केस आएको थियो । उहाँले अफलाइन राइड गर्नुभएको थियो । अचानक उहाँको एक्सिडेन्टमा मृत्यु भयो । परिवारले क्लेमको लागि भन्नुभएको थियो । तर सिस्टममा उहाँ हुनुहुन्थेन । यो एकदमै गर्दै नहुने चिज हो । २० प्रतिशतको प्रलोभनमा परेर अफलाइन लिँदा ठूलो घाटा हुन्छ । यसमा राइडर पनि घाटामा हुन्छ अनि कस्टमर पनि घाटामा हुनुहुन्छ । सडकको ब्यापार हो भोलिका दिनमा जे पनि हुन सक्छ । पठाओले सहरी यातायातमा कस्तो परिवर्तन ल्याएको छ ? एउटा टेक्नोलोजी ९एप० बाट बुक गरेर एउटा ठाउँबाट अर्को ठाउँ जाने गर्नु भएको छ । ट्याक्सीमा आउनुभन्दा अघि फिक्स्ड मिटरमा नचलाउने, आफू खुसी रेट तोक्ने गरेका थिए । ट्याक्सी ढोकामा आउँदैन थिए । ट्याक्सी चाहियो भने रोडमा जानुपथ्र्यो वा हिडेको बेलामा पायो भने मात्रै चड्ने अवस्था थियो । हामीले ट्याक्सीमा हाउ मच भन्ने कुरालाई मिनिमाइज गरेर फिक्स्ड गरेर फेयर गरेका छौं । अहिले ढोकामा नै ट्याक्सी आउने गरेका छन् । त्यस्तै, एउटा अफिसियल कर्मचारीलाई पार्किङको ठूलो समस्या छ । कहिलेकाँही पार्किङको कार्ड बिर्सिनु हुन्छ । उहाँलाई पार्किङ गर्न असहज हुन्छ । त्यो बेलामा उहाँहरुले राइड लिन सक्नु हुन्छ । त्यसपछि उहाँलाई पाकिङको चिन्ता हुँदैन । कतै जानु पर्यो भने पनि बाइकमा छिटो हुन्छ । जस्तै, दशैंको बेलामा एकदमै भिड हुन्छ । सपिङ जानुपर्ने हुन्छ पार्किङ गर्ने ठाउँ नै हुँदैन । राइड लिएर गयो आफ्नो सपिङ गर्यो राइड लिएर फर्कियो । पार्किङको समस्या भएन । ट्राफिक व्यवस्थापनमा सहज भएको छ । बोलाएको ठाउँमा जाने अलि पार्किङ नगरेर सिधैं बोकेर हिड्ने हो । ट्याक्सीमा आउनुभन्दा अघि फिक्स्ड मिटरमा नचलाउने, आफू खुसी रेट तोक्ने गरेका थिए । ट्याक्सी ढोकामा आउँदैन थिए । ट्याक्सी चाहियो भने रोडमा जानुपथ्र्याे वा हिडेको बेलामा पायो भने मात्रै चड्ने अवस्था थियो । हामीले ट्याक्सीमा हाउ मच भन्ने कुरालाई मिनिमाइज गरेर फिक्स्ड गरेर फेयर गरेका छौं । अहिले ढोकामा नै ट्याक्सी आउने गरेका छन् । हामीले अर्थतन्त्रलाई पनि चलायमान बनाएका छौं । प्रत्यक्ष रुपमा नदेखिएपनि अप्रत्यक्ष रुपमा अर्थतन्त्रमा ठूलो टेवा पुर्याएका छौं । जस्तो चितवनमा बेलुका भएपछि यातायात पाउँदैन । कुनै पसल नचाहेर पनि छिटो बन्दु गर्नपर्ने बाध्यता छ । यातायात नहुँदा स्टाफलाई छिटो घर जानु पर्थ्याे । जब हामी चितवनमा २४ घण्टा सर्भिस सुरु गर्यौ । उसले अर्काे २ घण्टा आफ्नो पसल चलाउन पाएको छ । त्यसबाट इकोनोमिकलाई पनि बुस्ट गर्न अप्रत्यक्ष सहयोग हो । हामीसँग विभिन्न किसिमका राइडरहरु पनि छन् । चार पाँग्रे, दुई पाँग्रे लगायत गाडीहरु चलाइ रहनु भएको छ । कोरोना महामारीको बेलामा जागिर गुमाउनु परेको साथीहरुले पनि यसबाट आम्दानी गरिरहेका छन् । कोरोनाको बेलामा यहिबाट नै सस्टेन हुनु भयो । कतिपय विदेशबाट फर्केर पठाओ चलाइरहनु भएको छ । धेरै जनाले यहिबाट कमाएर आफ्नो विजनेश सुरु गर्नु भएको छ । एउटा राइडरलाई सधैं यसमा घोटेर काम नगर्नुहोस् भन्छौं । यसलाई एउटा ट्रान्जेक्सन जबको रुपमा लिनुपर्छ भनिरहेका छौं । यसलाई एउटा सर्टेन टाइमको लागि मात्रै लिनुस् त्यसपछि आफ्नो काम गर्नुहोस । यसलाई पार्ट टाइम जबका रुपमा लिनुहोस भनिरहेका छौं । पैसा आम्दानी गरेपछि आफ्नो विजनेश सुरु गर्नुहोस भनेर राइडरलाई इनकरेज गरिरहेका हुन्छौं । फुड डेलिभरि गर्न साइकल चालकहरुलाई पनि अवसर दिएका छौं । जोसँग बाइक छैन उहाँहरुले महिनाको ५०/६० हजार कमाउनुुहुन्छ । कोही साइकल चलाएर नै बाइक किनेर बाइक सेयरिङ गरिहरनु भएको छ । पठाओ चलाएर कोही आत्मनिर्भर वा स्वरोजगार बन्नु भएको छ ? धेरै जना हुनुहुन्छ । एकजनाले पठाओ चलाएर पैसा कमाउनु भयो । पछि उहाँले साइकल पसल खोल्नु भएको थियो । उहाँले पहिला फुल टाइम गर्नुहुन्थ्यो । धेरै जना स्वरोजगार बन्नु भएको छ । कहिलेकाँही ट्याक्सी र पठाओबीच विवाद हुन्छ नि ? अहिले त केही समस्या छैन । उहाँहरुलाई पनि हाम्रो प्ल्याटफर्ममा स्वागत गरेका छौं । ६ हजार भन्दा बढी ट्याक्सी आवद्ध हुनु भएको छ । हामीसँग आवद्ध हुनु भएका ट्याक्सीले राम्रो कमाउनु भएको छ । उहाँहरुले महिनाको १ लाख माथि नै आम्दानी गरिरहनु भएको छ । उहाँहरुले अरु बेला जे गर्नुहुन्छ त्यो पनि गर्न सक्नुहुन्छ । बाटोमा पाउने ग्राहकलाई पनि उहाँले बोक्नुहुन्छ । त्यो बाहेक पठाओको मात्रै टेक हेर्ने हो भने महिनाको १ लाख माथि नै कमाउनु भएको छ । बाइकले महिनामा ४०/५० हजार कमाइरहनु भएको छ । त्यसैले पठाओ र ट्याक्सी चालकबीच कुनै समस्या छैन । फुड डेलिभरि गर्न साइकल चालकहरुलाई पनि अवसर दिएका छौं । जोसँग बाइक छैन उहाँहरुले महिनाको ५०/६० हजार कमाउनुुहुन्छ । कोही साइकल चलाएर नै बाइक किनेर बाइक सेयरिङ गरिहरनु भएको छ । हामीलाई करको दायरामा ल्याउनुहोस भनिरहेका छौ । हामीले कति ट्याक्स तिर्नुपर्छ तिर्न तयार छौं । केही सुविधा थप्ने योजनामा हुनुहुन्छ ? फिचरमा नयाँ भर्टिकलहरु आउन सक्छ । अहिलेलाई राइड, ट्याक्सी र फुड मात्रै हो । आगामी योजनामा के आउन सक्छ भनेर फिक्स भएको छैन । जे पनि आउन सक्छ । भविष्यामा कुरियर, पार्टसल आउन सक्छ । अहिले चितवनमा पुगेका छौं । अन्य ठाउँमा पनि जान सक्छौ । राइड सेयरलाई व्यवस्थित गर्न सरकारी निकायले के गर्नुपर्छ ? बाग्मती प्रदेशमा संचालन गर्न केही कठिनाइ छैन । सहज रुपमा संचालन गर्न दिनु भएको छ । अरु प्रदेशमा पनि हामीले कुरा गरिरहेका छौं । मुख्य कुरा राइड सेयरिङ भनेर नियम आएको छैन । छिट्टै नियम आउने अपेक्षा गरेका छौं । अहिलेसम्म कुनै पनि चुनौती छैन । संसारमा चलिरहेको कुरालाई हामीले पनि एसेप्ट त गर्नु पर्याे नि । हामीलाई करको दायरामा ल्याउनुहोस भनिरहेका छौं । हामीले कति ट्याक्स तिर्नुपर्छ तिर्न तयार छौं ।