कार्बन डाइअक्साइडबाट प्लास्टिक बनाउन सकिने, जलवायु परिवर्तनको असरलाई रोक्न सकिने

एजेन्सी । प्लास्टिक हाम्रो वातावरण को लागी एक प्रमुख समस्याको रुपमा विकास भएको छ । अहिलेको अवस्थामा झण्डै ७.२५ ट्रिलियन टन प्लास्टिक जमिन र समुद्र मा रहेको अनुमान गरिएको छ । प्लाष्टिकको अर्को पक्ष पनि रहेको छ । तर, यसको अर्को पक्ष पनि छ, २० औं शताब्दिमा प्लाष्टिको सहायताले मानवीय जीवनमा ठूलो परिवर्तन ल्याइदिएको थियो । प्लाष्टिकको बिना सिनेमा तथा संगितको रेकर्ड सम्भव छैन् । आधुनिक औषधिहरू पूर्णतया प्लास्टिकमा निर्भर छन्। ब्लड बैंक र सुईमा पनि यसको अधिकतम प्रयोग गरिन्छ । सवारीसाधनदेखि हवाइजहाजसम प्लाष्टिकको प्रयोगमार्फत निर्माण हुन्छ । यसका साथै कम्प्युटर, फोन र अन्य इन्टरनेट सम्बन्धी प्रविधिका लागि प्लास्टिकको व्यापक प्रयोग हुन्छ। अहिले प्लाष्टिक बनाउनको लागि इन्धनको प्रयोग गरिन्छ । जलाउने क्रममा ठूलो मात्रामा कार्बन डाइअक्साइडको उत्पादन हुन्छ । जुन हरितगृह ग्यासमा रुपान्तरण भएर जलबायु परिवर्तनमा भूमिका निर्वाह गर्छ । के कार्बन उत्सर्जन बिना प्लाष्टिक निर्माण गर्न सम्भव छ ? नयाँ प्रविधिबाट कार्बनडाइअक्साइडलाई प्लास्टिकमा रूपान्तरण गर्न सम्भव छ । नयाँ प्रविधिमार्फत कम कार्बन उत्सर्जन गरेर प्लाष्टिक उत्पादन गर्न सकिन्छ । सो सम्बन्धी बैज्ञानिक पाटोलाई बुझ्न जरुरी छ । प्लास्टिक सिंथेटिक पोलिमर हो । यसमा लामो अणुहरू पटक–पटक दोहोर्याएर एक आपसमा जोडिएका हुन्छन् । बेलायतको सेन्टर फर कार्बन डाइअक्साइड युटिलाइजेशनका अनुसन्धानकर्ताहरूले नाइलन बनाउने तरिका पत्ता लगाएका छन्। यी एक प्रकारका पोलीपर हुन्, जसलाई पोलिक्राइलामाई भनिन्छ र तिनीहरू कार्बन डाइअक्साइडबाट बनेका हुन्छन्। सेन्टर फर कार्बन डाइअक्साइड युटिलाइजेसनका डाइरेक्टर भन्छन्, ‘कार्बन डाइअक्साइडबाट नायलन बनाउन अनौठो लाग्छ, तर हामीले यो गरेका छौं ।’ उनी भन्छन्, ‘इन्धनलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्नुको सट्टा तपाईले कार्बनडाइअक्साइडमा केही रसायन थपेर प्रयोग गर्न सक्नुहुन्छ, यसले सम्पूर्ण पेट्रोकेमिकल क्षेत्रमा ठूलो फरक पार्छ ।’ धेरै जसो कार्बन डाइअक्साइड उत्सर्जनबाट मात्रै आउँदैन, रासायनिक प्रक्रियाहरूमार्फत पनि उत्पादन गर्ने गरिन्छ । तर अन्वेषकहरूले कारखानाबाट उत्सर्जित कार्बन डाइअक्साइड नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। ग्यासमा सुत्न सकिने विषय कार्बन डाइअक्साइडबाट प्लास्टिक बनाउन वैज्ञानिकहरूले धेरै उत्प्रेरकहरू प्रयोग गर्नुपर्छ, जसले रासायनिक प्रतिक्रियाहरूलाई गति दिने काम गर्छ । जर्मनीको कोभेस्ट्रो पेट्रोकेमिकल ग्रुपले २० प्रतिशत कार्बन भएको गद्दा बनाएको छ । बैज्ञानिकहरुले एक उत्प्रेरक सिर्जना गरेका छन् जसले कार्बन डाइअक्साइड र अन्य यौगिकहरू बीचको प्रतिक्रियालाई पोलीयुरेथेन भनिने समूह सिर्जना गर्दछ । यही सामग्री गद्दा बनाउन र फ्रिजको इन्सुलेसन बनाउन समेत प्रयोग हुन्छ । विश्वभर १५ मिलियन टन भन्दा बढी पलियुरेथेनको प्रयोग गरिन्छ। तसर्थ, कार्बन डाइअक्साइड प्रयोग गरी कच्चा पदार्थ बनाउन धेरै फाइदा हुन्छ । यो प्रविधिबाट कार्बन उत्सर्जन कम हुनसक्छ । सफा हावा विश्वभरका वैज्ञानिकहरूले कार्बन डाइअक्साइड प्रयोग गरेर विभिन्न प्रकारका प्लास्टिकहरू बनाउँदैछन्। बेलायतमा आधारित पोलियुरेथेन निर्माता आइकोनिकले आगामी दुई वर्षमा फोन उत्पादन गरेर बजारमा ल्याउने महत्वकांक्षा राखेको छ । नयाँ प्रविधिबाट बनाइएका यी नयाँ सामग्री गुणस्तरमा प्लास्टिकजस्तै रहेको कम्पनीको सेल्स लेट लिड टेलरले बताए । उनी भन्छन्, ‘यसमा आगो लाग्दैन, स्क्र्याच हुँदैन, हामीले पायका छौं की हामीले सामग्री कयौं विषयमा उत्तम छन् ।’ इकांनिटको अनुमान यो छ की कुल पोलियोल ३० प्रतिशत कार्बन अक्साइडबाट बनेको हुन्छ । यसो गर्दा ९० मिलियन टन कार्बन उत्सर्जन कम गर्न सकिन्छ । कार्बन डाइअक्साइडको लागत पनि प्रोपाइलिन अक्साइडको आधा कम हुने गर्छ । भविष्यका सम्भावनाहरू यसबाहेक वैज्ञानिकहरूले कार्बन डाइअक्साइडबाट यस्ता पोलिकार्बोनेटहरू बनाउँदैछन्, जसबाट कन्टेनर र बोतलहरू बनाउन सकिन्छ। यसमा कफीबाट निकालिएको जाइलोज मिसाइएको हुन्छ । यी चिनीमा आधारित उत्पादनहरूको लागि पहिलेका उत्पादनहरू भन्दा प्रयोग गर्न सुरक्षित रहेको मानिन्छ । यसबाहेक कार्बनडाइअक्साइडबाट इथाइलिन बनाउने प्रयास पनि भइरहेको छ । विश्वको आधा प्लास्टिक इथिलिनबाट बनेको छ र यो सबैभन्दा महत्त्वपूर्ण कच्चापदार्थ हो । बेलायतको सावनसी विश्वविद्यालयका प्रोफेसर एनरिको एन्ड्रिओलीले इथिलीनलाई उत्प्रेरक बनाउने प्रयास गरिरहेका छन्। कार्बनडाइअक्साइडसँगै पानी र बिजुली प्रयोग गरेर इथिलीन बनाइन्छ। कार्बनडाइअक्साइडबाट बनेको पोलिथीनलाई ठूलो मात्रामा प्रयोग गर्न गर्न २० वर्षभन्दा बढी समय लाग्न सक्छ। तर प्रोफेसर एनरिको एन्ड्रिओली यसका लागि पहल गर्नुपर्ने बताउँछन् । ‘३० देखि ४० वर्षपछि हामी इन्धनबाट इथाइलिन बनाउन सक्षम हुने छैनौं। त्यसैले हामीले अन्य तरिकाहरू खोज्नुपर्छ ।’ बायोप्लास्टिक समस्याको समाधान हो की समस्या ? प्लास्टिक योजनाका केही बेफाइदाहरू पनि छन् । पछिल्लो समय बायोप्लास्टिकको विषयमा धेरै समाचारहरु आएका छन् । प्रायः दावी गरेजस्तो चाँडो नष्ट नहुने बताइन्छ । कार्बन उत्सर्जनको हिसाबले पनि धेरै कार्बन वायुमण्डलमा जान्छ, किनभने बाली काट्नेदेखि कच्चा पदार्थ प्रशोधन गर्ने प्रक्रिया अहिले प्रयोग गरिएको प्लास्टिक भन्दा लामो छ। अर्थात्, कार्बनडाइअक्साइडको सहायताले बनेको प्लाष्टिकले धेरै समस्याको समाधान गर्न सक्छ, तर सबै समस्याको समाधान यही हो भन्नु गलत हुनेछ । बीबीसीबाट ।

२ लाख पुग्यो डिशहोम फाइबरनेटका प्रयोगकर्ता

काठमाडौं । डिशहोम फाइबरनेटका प्रयोगकर्ता दुई लाख पुगेको छ । सन् २०२० देखि इन्टरनेट सेवा सञ्चालन गरिरहेको कम्पनीको फाइबर नेट प्रयोगकर्ता दुई लाख पुगेको हो । देशभर उच्च गतिको इन्टरनेट सेवाको विस्तार सँगै ग्राहकहरु थपिन थालेको डिशहोम मिडिया प्रालिका प्रबन्ध निर्देशन सुदीप आचार्य बताउँछन् । ‘२ लाख भनेको एउटा नम्बर हो, हामी निरन्तर रुपमा ग्राहकलाई उच्च गतिको इन्टरनेट सेवा दिनेछौँ, ग्राहकलाई नै मध्यनजर गर्दै डिशहोम भन्ने ब्राण्डलाई अझै माथि लैजाने छौँ’, उनले भने । देशव्यापी रूपमा उच्च गतिको इन्टरनेट सेवा दिने योजनासहित कम्पनीले गत जेठदेखि सातै प्रदेशका मुख्य सहरमा फाइबरनेट विस्तार गरेको थियो । देशैभर सेवा विस्तारसँगै ग्राहकको संख्या थपिन थालेको कम्पनीले जनाएको छ । कम्पनीले ‘डिशहोम फाइबरनेट’ का साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित ग्राहकका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम ‘गो एप’ र ‘एक्स भीओडी’ जस्ता विभिन्न सुविधा समेत उपलब्ध गराउँदै आएको छ । कम्पनीले हाल डिशहोम फाइबरनेट प्रदेश नं १ को इनरुवा, इटहरी, धरान, विराटनगर, विर्तामोड, दमक, बाहुनडाँगी र काँकडभिट्टा, मधेश प्रदेशमा वीरगंज, कलैया, ढल्केबर, सर्लाही, बर्दिबास, जनकपुर र लाहानमा डिशहोम फाइबरनेट उपलब्ध छ भने बागमती प्रदेशको नारायणगढ, भरतपुर, हेटौंडा, ललितपुर, काठमाडौं,भक्तपुर, बनेपा र पनौतीमा उपलब्ध गराउँदै आएको छ । यस्तैगरी, गण्डकी प्रदेशमा हेम्जा, पोखरा, मझेरीपाटन, नवलपुर, गोरखा र गैँडाकोट, लुम्बिनी प्रदेशमा तुलसीपुर, नेपालगञ्ज, बाँके, दाङ, भैरहवा, बुटवल र तानसेनमा डिसहोमको फाइबरनेट उपलब्ध छ । यस्तै कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर, अत्तरीया र धनगढीमा पनि फाइबरनेट सेवा पुगिसकेको कम्पनीले बताएको छ ।

यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न

काठमाडौं । अवलोकनकर्ताको उत्साहनजक सहभागितासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न भएको छ । शनिबार अपराह्नन आयोजित समापन कार्यक्रममा फेस्ट सम्पन्न भएको घोषणा गरिएको हो । स्टार्टप एण्ड आईडिया फेस्टका संयोजक राजन लम्सालको अध्यक्षतामा सुरू भएको समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी २ जनाले आफ्नो अनुभव समेत शेयर गरेका थिए । मधेश प्रदेशबाट आफ्नो अनुभव शेयर गर्दै सञ्चित पन्तले स्टार्टअपको विकासका लागि स्टार्टअप एण्ड आईडिया फेस्ट एउटा राम्रो कदम भएको बताइन् । गण्डकी प्रदेशबाट आफ्नो अनुभव सेयर गर्दै एक्सडिजोका संस्थापक दिनेश थापाले सूचना प्रविधिको विकास र विस्तार गर्न फेस्टले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै यसअघि भएको ३ दिनको बुटक्याम्पले आफ्नो स्टार्टअपलाई अझै माथि लैजाने धेरै कुरा सिकाएको उनको भनाइ छ । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्रि ईभेन्ट क्याम्पियनको रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्ट १५ हजार बढीले अवलोकन गरेका छन् । समापन कार्यक्रममा बोल्दै नेपाल टेलिकमका घिमिरेले स्टार्टअप र इन्नोभेसनको विकासका लागि यस्ता कार्यक्रमलाई टेलिकमले सधैं सहयोग गर्ने जानकारी दिए । २ दिनसम्म चलेको फेस्टमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । फेस्टमा सातै प्रदेशबाट छनौट भएका स्टार्टअप र आईडियासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ सहित १०० बढी डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए । कार्यक्रममा आइसिटी अवार्डका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई भोटिङ गर्न सकिने व्यवस्था गरिएको थियो । रामलक्ष्मण इन्नोभेसनले मतदानका लागि उक्त विद्युतीय भोटिङ मेसिन राखेको छ । द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्यमा यसका अतिरिक्त स्टिम क्याम्प र एस्टोरोइड वर्कशप पनि आयोजना भएको थियो । फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई, भीआर लगायतका गतिविधि भएको आयोजकले जानकारी दिएको छ । यस कार्यक्रमलाई इन्फोडेभलपर्स, नेपाल टेलिकम, जेनेस, ह्वावे, स्मार्ट क्युआर, दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, आइएमइपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्युज मेसिन्स लगायतको सहयोग रहेको छ । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरण, एनआइटिसी, नाष्ट, एफएनसिसिआई लगायतको पनि सहयोग तथा सहकार्य रहेको छ । कार्यक्रमलाई इन्फोडेभलपर्स, नेपाल टेलिकम, जेनेस, ह्वावे, स्मार्ट क्युआर, दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, आइएमइपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्युज मेसिन्स लगायतको सहयोग रहेको छ । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरण, एनआइटिसी, नाष्ट, एफएनसिसिआई लगायतको पनि सहयोग तथा सहकार्य रहेको छ ।