मोबाइलमा गुगल जेनेरेटिभ एआईको उपयोग कसरी गर्ने ?

काठमाडौं । गुगलले एन्ड्रोइड एप तथा वेब युजर्सको लागि नयाँ एआई फिचर्स विकास गरेको छ । गुगलको नयाँ एआई सुविधा प्रयोग गर्न चाहनेले गुगलको नयाँ भर्सन डाउनलोड गर्नुपर्छ । एपको माथिल्लो बायाँ भागतर्फ नयाँ आइकन (सर्च लेब्स) देख्न सकिन्छ । यहाँबाट एसजीई अथवा सर्च जेनेरेटिभ एक्सपेरियन्स अन गर्न सकिन्छ । यसलाई अन गरेपछि एसजीई देखिन्छ । त्यसपछि गुगल एप रिफ्रेस भएर यो फिचर तपाईंको फोनमा एक्टिभ हुन्छ । त्यसपछि आफूलाई आवश्यक परेको विषय दिएपछि गुगलको एआइले सामग्री तयार गरिदिन्छ ।

सूचना प्रविधि : अब युट्युबमा गुनगुनाएर नै मन परेको गीत खोज्न सकिने

काठमाडौं । गुगले आफ्नो भिडियो प्लेफर्म युट्युबमा नयाँ सुविधा सहित अपडेट गरेकसो छ । नयाँ अपडेट पश्चात युट्युबमा गीत खोज्न सजिलो भएको छ । अब श्रोता तथा दर्शकहरुले आफूलाई मन परेको गीत गुनगुनाएर नै खोज्न सक्छन् । यसको साथै नयाँ अपडेटमा ‘स्टेबल भोलुम’ को पनि सुविधा थप गरिएको छ । केही सुविधा आइसकेका छन् भने केही सुविधा १/२ हप्तामा रोलआउट हुने युट्युवले जनाएको छ ।

महिनामै ३६ खर्बसम्म हुने आरटीजीएस कारोबार २१ खर्बमा सीमित, दशैंमा नोटको प्रभाव कि प्रविधिप्रतिको अविश्वास ?

काठमाडौं । भदौमा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत् हुने कारोबार घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौमा ६१ हजार ६० जनाले आरटीजीएसमार्फत् २१ खर्ब ८५ अर्ब ५७ करोड ७० लाख रुपैयाँको कारोबार गरेका छन् । गत आर्थिक वर्षको भदौको तुलनामा याे काराेबार ५९.६३ प्रतिशत कम हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको भदौमा आरटीजीएसमार्फत् ७२ हजार ५६० जनाले ३६ खर्ब २० अर्ब ७५ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेका थिए । चालु आर्थिक वर्षको भदौमा कारोबार रकम सँगै कारोबार गर्नेहरुको संख्या पनि घटेको हो । गत साउनमा ६९ हजार ५६८ जनाले २८ खर्ब ६८ अर्ब ७४ करोड ३० लाख रुपैयाँको कारोबार गरेका छन् । यस्तै, एटीएमबाट पैसा झिक्नेहरुको संख्या भने बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएकाे छ । तथ्यांकका अनुसार भदौमा १ करोड ११ लाख ६८ हजार ७२७ जनाले ८३ अर्ब ३८ करोड ४० लाख रुपैयाँ एटीएमबाट झिकेका छन् । गत साउनमा ८१ अर्ब ३८ करोड ३० लाख रुपैयाँ झिकिएको छ । प्रत्येक महिना पैसा झिक्नेसँगै रकम पनि बढेको देखिन्छ । यस्तै, साउनको तुलनामा भदौमा कनेक्ट आइपीएस गर्नेहरुको संख्या र कारोबार रकम पनि घटेको देखिन्छ । भदौमा १२ लाख २६ हजार ८५० जनाले १ खर्ब ५३ अर्ब ९२ करोड रुपैयाँको कारोबार कनेक्ट आइपीएस मार्फत् गरेका छन् भने गत साउनमा ६ लाख ८६ हजार ७९ जनाले १ खर्ब ३१ अर्ब ६करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको देखिन्छ । यस्तै, गत आर्थिक वर्षको भदौमा १० लाख १० हजार ३५० जनाले १ खर्ब ५८ अर्ब ११ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेका थिए । गत आर्थिक वर्षको भदौको तुलनामा यस वर्षको भदौमा कारोबार गर्ने संख्यासँगै कारोबार रकम पनि घट्दै गएको देखिन्छ । राष्ट्र बैंकका अधिकारीहरु भने दशैं लागेसँगै मान्छेहरु बढी नोटको कारोबार गर्ने भएकोले विद्युतीय कारोबार केही घटेको बताउँछन् । के हाे आरटीजीएस ?  यो ठूलो मूल्यको भुक्तानीको लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट खासगरी ठूलो मूल्य र अति जरुरी भुक्तानीको कारोबार हुन्छ । बिना चेक, बिना झण्झट केही मिनेटमै विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रक्रियालाई नै आरटीजीएस हो । भुक्तानी प्रणालीमा एक व्यक्तिले अर्को व्यक्तिलाई भुक्तानी गर्दा चेक नकाटिकन नै भुक्तानी गर्न सकिन्छ । कुनै पनि वस्तु तथा सेवा खरिद बिक्री भएपछि त्यसको भुक्तानी गर्नुपर्ने हुन्छ । यस प्रणालीमार्फत अहिले भुक्तानी गरेको रम अर्को व्यक्तिले लगत्तै पाउँछ । यो प्रणालीअन्तर्गत बैंकले एकै पटक एउटा बैंकबाट अर्को बैंकको खातामा रकम पठाउन सक्छन् ।