भिभो भी२९ फाइभजी नेपालमा सार्वजनिक, मूल्य कति ?
काठमाडौं । विश्वव्यापी प्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोले आज भी सिरिजको नयाँ स्मार्टफोन भी२९ई फाइभजी सार्वजनिक गरेको छ । यो स्मार्टफोन मात्र ४२ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ भने कात्तिक १६ देखि कार्तिक १९ सम्म भी२९ई फाइभजीको प्रि–बुकिङ खुल्ला गरिएको छ । यो शानदार भी२९ई फाइभजीको प्रि–बुकिङ गरी ग्राहकहरुले ३ हजार ९ सय ९९ मूल्य बराबरको रिभरसङ्ग इयरबड प्राप्त गर्न सक्नेछन् । साथै, कार्तिक २० देखि यो स्मार्टफोन बिक्रीका लागि उपलब्ध हुनेछ । भिभो भी२९ई फाइभजीले स्टुडियो जस्तो दृश्य अनुभव प्रदान गर्दछ । भी२९ई फाइभजीमा स्मार्ट औरा लाइट पोट्र्रेटको साथै १ सय २० हर्ज एमोलेड डिस्प्ले र स्लिम फ्ल्याट फ्रेम रहेको छ । यो स्मार्टफोन टेक्नोलोजिकल पावरहाउस हुनुका साथै एउटा फेसन स्टेटमेन्ट पनि हो । यो दुई उत्कृष्ट कलर भेरियन्ट – रोज गोल्डमा नानो–स्केल फोटोएचिङ टेक्निक र फरेस्ट ब्ल्याक लिभरेजिङ फ्लोराइट एजी ग्लासमा उपलब्ध छ । स्लिम फ्ल्याट फ्रेम र ६.६७ इन्चको स्क्रिन साइजका साथ, हालै लन्च गरिएको भिभो भी२९ई फाइभजीमा ६४एमपी ओआइएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, स्मार्ट औरा लाइट पोट्र्रेटको साथ स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, १२० हर्जको एमोलेड डिस्प्ले लगायतका आकर्षक विशेषता छन् । २४०० × १०८० रिजोलुसन र १२० हर्ज रिफ्रेस रेटको साथ आकर्षक तस्वीर र भिडियो प्रदान गर्दछ । यसमा क्वालकम स्न्यापड्रेगन ६ सय ९५ प्रोसेसर रहेको छ । ४ हजार ८०० एमएएच ब्याट्री रहेको छ जुन लामो समयसम्म चार्ज टिक्छ साथै यसमा ४४ वाटको फ्ल्यास चार्ज पनि रहेको छ । ८जीवी र्याम + २५६जीवी रोम तथा ८जीवी र्याम + ८जीवी एक्सटेन्डेड र्याम पनि रहेको छ । यो स्मार्टफोन ग्राहकहरुले नजिकैको रिटेल स्टोर र इकमर्स साइटबाट कात्तिक २० देखि खरिद गर्न सक्नेछन् ।
अब ट्राफिक प्रहरीलाई नागरिक एपको लाइसेन्स देखाए हुने
काठमाडौं । सवारी साधन चलाउनेहरुले ट्राफिक प्रहरीलाई नागरिक एपमा देखिने आफ्नो लाइसेन्स देखाए हुने भएको छ । ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा प्रहरीलाई नागरिक एपको लाइसेन्स देखाए मान्यता दिने व्यवस्था देशव्यापी लागू भएको नागरिक एपले जनाएको छ । सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै नागरिक एपले भनेको छ, ‘नेपाली नागरिकले सवारी चालक अनुमति पत्रको सक्कल प्रति नदेखाएको बाहेक अन्य ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौं । pic.twitter.com/Fkbm43q15m — NagarikApp (@nagarikapp) October 30, 2023
‘एआई’ मार्फत् सम्भव छ मानिसको सर्जरी ?
काठमाडौं । पछिल्लो समयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को चर्चा विश्वभर निकै भइरहेको छ । के एआईको सहायताले मेडिकल जगतमा क्रान्ति आउन सम्भव छ ? के एआईले चिकित्सकको स्थान लिन सक्छ ? अहिले यी सबालहरुको जवाफ खोज्ने कोसिस वैज्ञानिकहरुले गरिरहेका छन् । युनिभर्सिटी कलेज अफ लन्डन जहाँ एआईको मद्दतले मानिसको मस्तिस्कको सर्जरी ट्रायल भइरहेको छ । ब्रिटेन सरकारले सो ट्रायल सफल भएमा मेडिकल क्षेत्रमा क्रान्ति हुने बताएको छ । निकोला प्रशिक्षक सर्जन हुन्, उनले पहिलोपटक एआईको मद्दतद्वारा मस्तिस्कको सर्जरी गर्न सिकिरहेकी छन् । अहिले उनले एक नक्कली अपरेसन थियटरमा नक्कली मानिसमाथि सर्जनको अभ्यास गरिरहेकी छन् । यो पिट्युटरीको अप्रेसन हो, पिट्युटरीको बीच भागमा ट्युमर रहेको छ । ‘यसले निकै मद्दत मिलेको छ, यसको अप्रेसनको दौरानमा थाहा हुन्छ की अगाडि के हुनेवाला छ र मैले के गर्नुपर्छ’, निकोलाले भन्छिन् । एकातर्फ एआई निकोलालाई प्रशिक्षण दिने काम गरिरहेको छ भने अर्कोतर्फ दोस्रोतर्फ स्वयं आर्टिफिसियल इन्टेलिजेन्सले पनि सिक्ने काम गरिरहेको छ की वास्तविकतामा यो कसरी गर्न सकिन्छ भन्ने बारेमा । ‘हामीलाई विश्वास छ की आगामी एक–दुई वर्षमा यो तरिकाको आर्टिफिसियल इन्टेलिजेन्सलाई अपेरसन थिएटरमा प्रयोग गरिन्छ, ताकि एआईको मद्दतबाट सर्जनलाई सहि निर्णय गर्न सजिलो हुन्छ’, न्युरो सर्जन हेनी मार्कसले बताए । अप्रेसन गरेका दुई सय भन्दा धेरै भिडियो हेरेर आर्टिफिसियल इन्टेलिजेन्सले सिक्ने काम गरेको छ । सामान्य चिकित्सकलाई यो अनुभव हासिल गर्न १० वर्ष लाग्छ, जबकी आर्टिफिसियल इन्टेलिजेन्सले १० महिनामा गरेको छ । प्रविधिको विकास भइरहेको छ । आर्टिफिसियल इन्टेलिजेन्स बढाउने र मानिसको सुरक्षा गर्न अत्यन्त महत्वपूर्ण भइरहेको छ । ‘जुन खालको एआईसँग हामीले काम गरिरहेका छौं, यो सबै प्रविधि आधारित हुन्छ, म र मेरो टिममा रहेका वैज्ञानिकहरु सयौं घण्टा लगाएर यो तय गरिरहेका छौं, जुन जानकारी हामीले एआइमा फिट गरिरेहका छौं, त्यो सही हुन्छ’, स्पेशियलिटी रजिष्ट्रार दानियल खानले भने । यो प्रविधिले चिकित्सकको स्थान अहिले नै लिन त सक्दैन, तर उपचारको सन्दर्भमा भने भविष्यमा यसको प्रयोगको सम्भावना निकै नै रहेको छ । ‘आउने केही दिनमा एआइले सर्जनलाई सहयोग गर्नेछ’, न्युरो सर्जन हेनी मार्कसले बताए । बिबिसी मार्फत् ।