दुई करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ
काठमाडौं । प्रहरीले पछिल्लो दुई सातामा दुई करोड ३३ लाख रुपैयाँ बढी अवैध बजार मूल्य रहेको लागुऔषधसहित विदेशी र नेपाली गरी १० जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ देखि आजसम्म गरेको आठवटा लागुऔषधविरुद्धको अपरेशनमा उनीहरूलाई पक्राउ गरी ठूलो परिमाणको लागुऔषध बरामद गरेको हो । ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा पाँच जना विदेशी छन् भने पाँच जना नेपाली रहेका छन् । उनीहरूको साथबाट कोकिन तीन दशमलव सात ग्राम, खैरो हेरोइन एक सय ग्राम, एम्फेटामाइन ४० दशमलव ५० ग्राम, चरेस सात किलो, गाँजा झन्डै पाँच किलो, कोडिन १६ बोतल र एलएसडी स्टिकर १० हजार बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त लागुऔषधसहित विभिन्न स्थानबाट पक्राउ गरिएकामा राज गौतम, मुखिया गुरुङ, दावा तामाङ, नरबहादुर तामाङ, सुगम मैनाली, भारतीय नागरिक सञ्जीव कुमार र हेमन्तकुमार भगत तथा विभिन्न देशका नागरिक डेभिड मिनाडो, मार्टिन शेर्ना, पवल वेष्र्ट रहेका छन् । उनीहरूमाथि अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । रासस
कविता : धन कमाउँछु, घर जमाउँछु
आमा र बुबाको हाँसोका लागि मेरो खाँचो बन्न, रहर छ, करोडौं सपना सजाएको कोठाको साँचो बन्न । धन कमाउँछु, घर जमाउँछु, साथ बसाउँछु, छुट्ने छैन हाम्रो नाता, देऊ हात कसिलोसँग समाउँछु । नसुनाऊ कसले के गर्यो, कहाँ पुग्यो, के सफल भयो, लाग्छ आजसम्म मैले गरेको सबै प्रयास विफल भयो । देखेको र सोचेको त कैयौं कुरा हुन्छन्, केही गरेर देखाउन सकेको नि होइन, कुनै दिन त होला नि, अहिले पो मुखमा च्याप्ने एक खिल्ली खुसी पनि छैन । न त बन्न सके राम्रो नै न त छ मनमा चैँ-न भाग्य भए, भोलि त होला नि आज पो छैन । पैसा नै सबै थोक त हैन, तर पैसाको बिटो हातमा गन्नेछु, भाग्य भए, एक दिन सफल म पनि त बन्नेछु । छन् ! सपना सजाएर फाट्न लागेका झोला, के मैले देखेको, सोचेको, आँटेको र साँचेको रहर पूरा होला ?
सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दबाब
काठमाडौं । आइसीसी विश्वकप छनोट-२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भोलि नेदरल्यान्ड्ससँग खेल्दैछ । जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे हुनेछ । प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई नेदरल्यान्ड्सविरुद्धको खेल जित्नैपर्ने हुन्छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र नेदरल्यान्ड्स हालसम्म दुई पटक भिडे्का छन् । दुवै टोलीले समान एक/एक जीत हासिल गरेका छन् ।जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । अमेरिका लगातार तीन खेलमा पराजित हुँदै सुपरसिक्सको सम्भावनाबाट बाहिरिएको छ । त्यसैगरी जिम्बावे र वेस्ट इन्डिज प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै सुपर सिक्समा स्थान करिब सुनिश्चित गरिसकेका छन् । अब समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो । दरल्यान्ड्स पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । यससँगै तीन खेलपछि नेपालको दुई अंक छ भने दुई खेलेको नेदरल्यान्ड्सको पनि समान दुई अंक नै छ । नेपाल अङ्क तालिकाको चौथो स्थान र नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । रासस