गैरकानुनी टिप्पणी लेख्ने दुई अधिकृत कारवाहीमा

विमानस्थलको जागिर चट

काठमाडौं । अध्यागमन विभागले युएई जाने भिजिट भिसामा नेपाली नागरिकको राहदानीमा गैरकानुनी टिप्पणी लेख्ने दुई अधिकृतलाई कारबाही गरेको छ ।

गैरकानुनी अभ्यास गर्ने दुई जना अध्यागमन अधिकृतहरुलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जिम्मेवारीबाट हटाइ सो सम्बन्धमा आवश्यक छानबिन भइरहेको अध्यागमन विभागले जनाएको छ ।  

संयुक्त अरब ईमिरेट्स प्रस्थान गर्न लागेका कुनै नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै इमप्लोइमेन्ट इज स्ट्रिकली प्रोहिबिटेड भिजिटेड टील १० / ६ / २०२६' लेखेको विषयमा छानबिन समिति गठन गरिएको थियो ।

Share News