पञ्चकन्या समूहद्धारा वागमती सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं, १४ असार । पञ्चकन्या समूहले कोपुण्डोल नजिक १६३औं सप्ताह वागमती सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त समूहले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत ५० जना सहितको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरेको बताएको छ । उक्त कार्यक्रममा समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ लगायत समूहमा आवद्ध कर्मचारीहरु सक्रिय सहभागी भएका थिए । साथै उक्त कार्यक्रममा वागमती सफाईको लागि आवश्यक पर्ने सरसफाईका सामग्रीहरु वागमती सभ्यता बचाउन अभियानका सदस्यलाई हस्तान्तरण समेत गरिएको समूहले जनाएको छ ।

मापदण्ड विपरितका घर असोज भित्र भत्काइ सक्नु पर्ने

८ जेठ । नक्सा पास नगरी बनाएका तथा स्वीकृत नक्सा र मापदण्डभन्दा बढी तल्ला बनाएका घरधनीले बढी बनाएको तल्ला आफैले भत्काउनु पर्ने भएको छ । सरकारले तयार पार्दै गरेको पुननिर्माण सम्बन्धि कार्य योजनामा घरधनी आफैले आगामी असोज मसान्तभित्रमा त्यस्ता घर भत्काउनु पर्ने ब्यवस्था गर्न लागिएको हो । प्रधानमन्त्री कार्यालयले तयार पारेको सो कार्ययोजनालाई मन्त्रिपरिषले आर्थिक तथा पूर्वाधार विकास समितिमा पठाउने निर्णय गरेको छ । सो समितिले पारित गरेपछि कार्ययोजना कार्यान्वयन हुने छ । कार्ययोजनामा आगामी असोज मसान्तभित्रमा मापदण्ड वाहिरका संरचना भत्काउन सम्बन्धित घर धनीलाई आग्रह गरिने उल्लेख गरिएको छ ।  समय भित्रमा घरधनी आफैले संरचना नभत्काएमा सम्बन्धित महानगरपालिका/नगरपालिका वा गाविसले भत्काउने र त्यसको खर्च सम्बन्धित घरधनीवाट असुल गरिने प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिए । ‘नक्सापास नगरी बनाएका तथा स्वीकृत नक्सा र मापदण्डभन्दा बढी तल्ला बनाएका घरको बढी बनाइका तल्ला घरधनी आफैले भत्काउन आग्रह गरिन्छ,’ सचिव सुवेदीले भने– आगामी असोजमसान्त भित्रमा घरधनीले नभत्काए सम्बन्धित स्थानीय निकायले भत्काउने र त्यसको खर्च घरधनीवाट असुल गर्ने कार्ययोजना बनाउदै छौं । यस्तो कार्ययोजना केहि दिन भित्रै सार्वजनिक गर्ने तयार भएको सचिव सुवेदीले जानकारी दिए । यस्तै ५ बर्षयता बनेका सरकारी र अन्य सार्वजनिक भवन भत्किनुको कारण खोजी गरिने भएको छ । यस्तो कारण खोजी गर्न अधिकार सम्पन्न आयोग बनाउने र कुनै सरकारी अधिकारीको कमजोरीको कारण यस्तो भएको पाइए कारवाही गर्ने सरकारको तयारी छ । सरकारले तयार पारेको कार्ययोजनामा स्वीकृत नक्सा, मापदण्ड, गुणस्तर र प्रक्रिया जस्ता कुरा पूरा गरेर ५ बर्षभित्र बनेका सरकारी भवन, ब्यापारिक मल, सिनेमा हल, अपार्टमेन्ट जस्ता सार्वजनिक भवन भत्किएको भएमा कसको कमजोरीवाट भएको हो सोको छानविन गरी प्रतिवेदन पेश गर्न अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठन गर्ने भनिएको छ । यस्तो आयोगले गरेको सिफारिसको आधारमा कुनै सरकारी कर्मचारी वा निर्माणकर्ताको कुनै कमजोरी पाइएमा हदैसम्मको कारवाही गरिने सचिव सुवेदीले जानकारी दिए ।

पीडावासीको पीडा पुछ्दै प्रगतिशील मञ्च

काठमाडौं, २५ बैशाख । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले भुकम्पपीडितलाई राहत वितरण गरेको छ । मञ्च नेकपा एमाले निकट व्यवसायीको संस्था हो । मञ्चका अध्यक्ष नरेश गेलालको नेतृत्वमा गएको टोलीले धादिङको पीडा गाविसका करिब ३ सय परिवारलाई वितरण गर्ने गरी १५ थान त्रिपाल, १४० बोरा चामल, १५ बोरा चिउरा, १०० केजी दाल, १०० केजी नुन र १०० केजी चिनी, १५० लिटर तेल, ५० कार्टुन चाउचाउ तथा चियापत्ती, औषधि, साबुन, लगायतका सामग्री स्थानीय समितिलाई हस्तान्तरण गरेको बताइएको छ । सो क्षेत्रमा त्रिपालको माग अत्यधिक भए पनि विक्रेताले उपलब्ध गराउन नसक्दा बिहीबार १५ वटा मात्रै वितरण गरिएको र १३५ वटा शुक्रबार वितरण गरिने मञ्चले जनाएको छ । अध्यक्ष गेलाल, महासचिव राजेन्द्र भण्डारी र व्यवसायीहरु सरोज पोखरेल, कमल सापकोटा बलबहादुर तामाङ, कुमार केसी, एलपी साँवा, हरि थापा, भीष्मराज शर्मा , तथा एससीएम मेनपावरका कर्मचारीहरु संलग्ने टोलीले भूकम्पका कारण ज्यान गुमाएका २ जनाको परिवारलाई नगद १० हजारसमेत प्रदान गरेको थियो । सो गाविसमा ९० प्रतिशत घरमा क्षति पुगेको, ३ सय जना घाइते भएको, १२० जना जति अभैm उपचाररत रहेको र ५ जनाले ज्यान गुमाएको सो गाविसका स्थानीय बासिन्दासमेत रहेका भण्डारीले बताए । यसअघि गत आइतबार मञ्चले सिन्धुपाल्चोकको मेलम्ची अध्यक्ष नरेश गेलालको नेतृत्वमा ११० बोरा चामल, १०० बोरा दाल, १०० लिटर खाने तेल, १०० किलो नुन, १२० थान त्रिपाल, १२० थान म्याट्रेस लगायतका सामग्री वितरण गरेको थियो ।